काठमाडौं । जेनजीहरूको प्रदर्शनका क्रममा अहिलेसम्म ९ जनाको मृत्यु भएको छ । विभिन्न अस्तताल स्रोतकाबाट प्राप्त जानकारी अनुसार, दिउँसो साढे ३ बजेसम्म ९ जनाको मृत्यु भइसकेको छ ।

ट्रमा सेन्टरमा ६, सिभिल अस्पतालमा १, केएमसी अस्पतालमा १ र त्रिवि शिक्षण अस्पतालमा १ जनाको मृत्यु भएको छ ।

यो घटनाले विरोध प्रदर्शन शान्तिपूर्ण हुने अपेक्षाको विपरीत हिंसात्मक रुप लिएको देखाएको छ।

प्रदर्शनका क्रममा सयौँ घाइते भएका छन् र घाइतेहरूको उपचार विभिन्न अस्पतालहरूमा भइरहेको छ।