Skip to main content

नयाँ तृष्णा

अलपत्रबाट आशातर्फ : मेचीनगरको ‘बहुआयामिक सांस्कृतिक संग्रहालय’ अब सञ्चालनको तयारीमा

Advertisement

 

२८ कार्तिक २०८२, शुक्रबार,

वर्षौंसम्म अलपत्र पर्दै आएको ‘पूर्वको पहिलो बहुआयामिक सांस्कृतिक संग्रहालय’ सञ्चालनमा ल्याउने अन्तिम तयारीमा मेचीनगर नगरपालिका जुटेको छ। झापा क्षेत्रका २२ जातजातिको कला, पहिचान र संस्कृतिलाई संरक्षण गर्ने लक्ष्यसहित २०७५ सालमा जमिन व्यवस्थापनबाट सुरू भएको यो परियोजना कानुनी तथा प्राविधिक जटिलताका कारण बीचैमा रोकिएको थियो।

२०७८ सालमै आंशिक संरचना तयार गरिए पनि विद्यालय व्यवस्थापन समिति र नगरपालिकाबीच कागजी सहमति नहुँदा निर्माण अघि बढ्न नसकेको नगरप्रमुख मनोजकुमार बुढाथोकी बताउँछन्। उनका अनुसार, ‘सम्भावित मुद्दा र अस्पष्ट सम्झौताका कारण राज्यको लाखौं बजेट उपयोगविहीन हुन लागेको थियो। अब सम्पूर्ण कानूनी प्रक्रिया पूरा गरी निर्माणको वास्तविक स्थिति मूल्यांकन गरेर सञ्चालनमा लैजाने तयारी गरेका छौँ।’

बलभद्र जनता माध्यमिक विद्यालयको जग्गामा निर्माण सुरू भएपछि स्वामित्व र सहमतिका विषयमा उत्पन्न विवादले काम रोकिएको थियो। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शान्तिराम चिमरियाका अनुसार, मौखिक सहमतिमा आधारित गरिएको निर्माण प्रक्रिया पछि विवादको कारण बन्यो। ‘वार्षिक १ लाख दिने, रोजगारी प्राथमिकता दिने जस्ता शर्तहरू मौखिक रुपमा राखिएको थियो। तर त्यसलाई आधिकारिक रूपमा सम्झौतामा नलेइदा दुवै पक्षले बेवास्ता गरेजस्तै भयो,’ उनले भने।

समस्याहरू समाधान गरिएपछि हाल संग्रहालय सञ्चालन नियमावली तयार भई नगरपालिकाको बोर्डबाट अनुमोदन समेत भइसकेको सामाजिक विकास संयोजक हृदय राजवंशी बताउँछन्। उनका अनुसार, ‘अब संरचना अपूर्ण छ कि छैन, गुणस्तर कस्तो छ—सबै मूल्याङ्कन गरेर ढिलै भए पनि दिगो रूपमा सञ्चालनमा ल्याउने क्रममा छौँ।’

संग्रहालयको निर्माण तीन चरणमा १ करोड ४७ लाख ३५ हजार ५५७ रुपैयाँमा गरिएको हो। खनाल निर्माण सेवा मेचीनगर र ब्लूस्टार कन्स्ट्रक्सन प्रालिले लागत अनुमानभन्दा कम रकममा काम लिए पनि कतिपय संरचना—शौचालय, स्वागतद्वार, टिकट काउन्टर र अन्य भौतिक काम अधुरै छन्। प्रयोगमा नआउँदा पहुँचमार्गमा बिछ्याइएका ब्लकहरू झाडीले छोपिएका छन् भने शौचालय र टिकट काउन्टरको भवनसमेत जंगलमा परिणत भएको छ।

यद्यपि, स्थानीयवासीहरू भने बनेका संरचना तत्काल प्रयोगमा ल्याउन सकिने पक्षमा छन्। मेचे, राजवंशी, धिमाल, किसान, मुण्डा, सन्थाललगायत आदिवासी समुदायको कला, पहिरन, संस्कृति र बाजा संरक्षणका लागि यो संग्रहालय महत्वपूर्ण थलो बन्न सक्ने उनीहरूको धारणा छ।

अब कानुनी मार्ग स्पष्ट भएसँगै वर्षौंदेखिको प्रतीक्षामा रहेको संग्रहालय छिट्टै सञ्चालनमा आउने नगरपालिकाको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

भारतबाट उद्धार भएका चार नेपाली बालबालिका परिवारसँग पुनर्मिलन

भारतबाट उद्धार भएका चार नेपाली बालबालिका परिवारसँग पुनर्मिलन

  काँकरभिट्टा । भारतका विभिन्न संरक्षण गृहमा रहेका चार जना नेपाली बालबालिकालाई सुरक्षित रूपमा स्वदेश फिर्ता ल्याई परिवारसँ...
महोत्तरीमा विद्यालय बस दुर्घटना, ५ बालबालिकासहित ६ जना घाइते

महोत्तरीमा विद्यालय बस दुर्घटना, ५ बालबालिकासहित ६ जना घाइते

  महोत्तरीको गौशाला नगरपालिका– ९, डुमरवानास्थित भित्री सडकखण्डमा मंगलबार बिहान स्कुलबस दुर्घटना हुँदा चालकसहित ६ जना घाइते...
विराटनगरमा शेरधनले बोलाए मुख्यमन्त्रीसहित प्रदेश सांसदहरूलाई छलफलमा

विराटनगरमा शेरधनले बोलाए मुख्यमन्त्रीसहित प्रदेश सांसदहरूलाई छलफलमा

विराटनगर । नेकपा एमालेका कोशी प्रदेश इन्चार्ज शेरधन राईले प्रदेशका सांसदहरुलाई छलफलमा बोलाएका छन्। ...
सिन्धुली कार दुर्घटना : चालकसहित ३ जना सुनकोशी नदीमा बेपत्ता

सिन्धुली कार दुर्घटना : चालकसहित ३ जना सुनकोशी नदीमा बेपत्ता

  काठमाडौं । सिन्धुलीस्थित मध्यपहाडी राजमार्गबाट सुकोशी नदीमा कार खस्दा तीन जना बेपत्ता भएका छन् । बेपत्ता हुनेहरूमा नाम नख...