Skip to main content

नयाँ तृष्णा

अपांगता समावेशीकरण सम्बन्धि अभिमुखीकरण कार्यक्रम

Advertisement
झापा । परिवर्तनको लागि युवा नामक समूहको आयोजना र एक्का नेपालको सहकार्यमा झापाको मेचीनगर–६, बर्मेलीटोल गैरीगाउँमा अपांगता समावेशीकरणसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा परिवर्तनको लागि युवाका सहजकर्ता बिष्णु प्रसाईंले अपांगता के हो, अपांगताको प्रकार तथा वर्गीकरण सम्बन्धि जनचेतनामूलक प्रशिक्षण प्रदान गरे। उनले सहभागीहरूलाई अपांगता सम्बन्धी आधारभूत जानकारी दिँदै सामाजिक समावेशीताको महत्वप्रति सचेत गराए।
कार्यक्रममा समूहकी संयोजक प्रियंका दनुवारले नेपाल सरकारले प्रदान गर्ने अपांगता परिचयपत्रका चारवटा प्रकारहरू र तिनले दिने सुविधाहरूका बारेमा स्पष्ट विवरण दिइन्। कृपा फ्रि मेथोस्टि चर्च भवनमा सम्पन्न भएको कार्यक्रमको सञ्चालन चाँदनी अन्सारीले गरेकी थिइन् भने एक्का नेपाल पूर्वाञ्चल क्षेत्रीय संयोजक तरुण राईसहित समूहका अन्य सदस्यहरूको उपस्थिति रहेको थियो।
https://www.youtube.com/watch?v=zziXCl56-ms
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

भोलिदेखि ग्यास भरी सिलिण्डर पाइने, मूल्य पनि तोकियो

भोलिदेखि ग्यास भरी सिलिण्डर पाइने, मूल्य पनि तोकियो

  काठमाडौँ। बुधबारदेखि भरी सिलिण्डर ग्यास पाइने भएको छ । नेपाल आयल निगमले मङ्गलबार प्रेस विज्ञप्ति जारी गर्दै बुधबारदेखि भर...
नक्कली शरणार्थी प्रकरण : टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद, ४० हजार जरिवाना

नक्कली शरणार्थी प्रकरण : टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद, ४० हजार जरिवाना

  काठमाडौँ। नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई जिल्ला अदालत काठमाडौँले...
असहाय बालबालिकाको सेवाभन्दा ठूलो धर्म छैन : प्रमुख अतिथि ओली

असहाय बालबालिकाको सेवाभन्दा ठूलो धर्म छैन : प्रमुख अतिथि ओली

मेचीनगर, असार २४। झापाको मेचीनगर–७ स्थित जागृत बाल उद्धार केन्द्र नेपाल को १३औँ वार्षिक उत्सव शनिबार विविध कार्यक्रमका साथ ...
के सबै ६६६ नम्बर खतरनाक हुन्छन् ? बाइबलले वास्तवमा के भन्छ ?

के सबै ६६६ नम्बर खतरनाक हुन्छन् ? बाइबलले वास्तवमा के भन्छ ?

  सबै ६६६ नम्बर खतरनाक हुन्छन् ? धेरै इसाईहरूले ६६६ अंक देख्नेबित्तिकै त्यसलाई अशुभ वा ख्रीष्ट-विरोधीको चिन्ह ठान्ने गर्छन...