Skip to main content

नयाँ तृष्णा

३४औँ १६ दिने अभियान धुलाबारीबाट सुरु, नारा— “प्रविधिको सही प्रयोग गरौं, लैङ्गिक हिंसा अन्त्य गरौं”

Advertisement

धुलाबारी, ९ मङ्सिर । लैङ्गिक हिंसाविरुद्धको ३४औँ ‘१६ दिने अभियान’ आजदेखि देशभर शुरु भएको छ । मेचीनगर नगरपालिका–११ धुलाबारीमा यस अभियानको सुरुआत प्रभातफेरिद्वारा गरिएको हो ।

“प्रविधिको सही प्रयोग गरौं, लैङ्गिक हिंसा अन्त्य गरौं” भन्ने मूल नारासहित धुलाबारी चोकबाट दक्षिणतर्फ खयरडाँगी हुँदै गरिएको प्रभातफेरिमा नगरप्रमुख गोपालचन्द बुढाथोकी, उपप्रमुख मिना उप्रेती, कार्यकारी प्रमुख अग्निप्रसाद अधिकारी, पुरुष सञ्जालका अध्यक्ष मोहन काजी लगायत जनप्रतिनिधि, विद्यार्थी, शिक्षक, विभिन्न संघसंस्था तथा सुरक्षाकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

सहभागीहरूले “हिंसा–मुक्त घर, सुरक्षित समाज”, “लैङ्गिक हिंसाविरुद्ध बोल्नु नागरिकको कर्तव्य”, “मनौं तड्कौं, हरेक हिंसाको विरुद्ध खड्कौं” जस्ता संदेशसहितका प्लेकार्ड लिएर र्यालीमा सहभागिता जनाएका थिए।

र्यालीपछि आयोजित कोणसभामा नगरप्रमुख बुढाथोकी, उपप्रमुख उप्रेती, पुरुष सञ्जालका अध्यक्ष काजी र समाजसेवी रमेश गुरुङलगायत वक्ताहरूले लैङ्गिक समानता र हिंसामुक्त समाजको निर्माण अबको अनिवार्य आवश्यकता भएको उल्लेख गरे। कोणसभा महिला विकास अधिकृत जयन्ती खरेलले सञ्चालन गरेकी थिइन्।

अभियानभर हुने विशेष कार्यक्रमहरू

१६ दिने अभियान अन्तर्गत मेचीनगरले विविध कार्यक्रम सार्वजनिक गरेको छ—

  • मंसिर १० : कक्षा १२ का विद्यार्थीका लागि साइबर क्राइमसम्बन्धी प्रशिक्षण
  • मंसिर १४ : मुस्लिम तथा दनुवार समुदायका महिलालाई लैङ्गिक हिंसा सम्बन्धी प्रशिक्षण
  • मंसिर १५ : कलेज विद्यार्थीलाई लैङ्गिक हिंसा तथा एड्सबारे सचेतना कार्यक्रम
  • मंसिर १७ : विश्व अपाङ्गता दिवसको अवसरमा १५ वडाका मिलीजुली समूहबीच खेलकुद प्रतिस्पर्धा
  • मंसिर १९ : सामुदायिक विद्यालयका कक्षा ९–१० का विद्यार्थीबीच युवा पुस्ता विषयक वक्तृत्वकला प्रतियोगिता
  • मंसिर २२ : मर्यादित महिनावारी दिवसका दिन वैदेशिक रोजगारीबाट फर्किएका महिलासँग अन्तरक्रिया
  • साथै १० वटा सामुदायिक विद्यालयमा विद्यार्थी तथा शिक्षकसँग छलफल कार्यक्रम संचालन हुने शाखाले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

मेचीनगरको सार्वजनिक सुनुवाइमा जनआक्रोश, न्यून सहभागिताले कार्यक्रममाथि प्रश्न

मेचीनगरको सार्वजनिक सुनुवाइमा जनआक्रोश, न्यून सहभागिताले कार्यक्रममाथि प्रश्न

  मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रमप्रति नगरवासीले असन्तुष्टि जनाएका छन्। नगरपालिकाले सामुदायिक विका...
टिकटकले नेपालमा एआई साक्षरता हब सञ्चालनमा ल्याउने

टिकटकले नेपालमा एआई साक्षरता हब सञ्चालनमा ल्याउने

  काठमाडौं । टिकटकले आफ्नो प्लेटफर्ममा एआईमार्फत सिर्जना गरिएको कन्टेन्टलाई सहज रूपमा चिन्ने र बुझ्ने क्षमता विकास गर्न प्...
भोलिदेखि ग्यास भरी सिलिण्डर पाइने, मूल्य पनि तोकियो

भोलिदेखि ग्यास भरी सिलिण्डर पाइने, मूल्य पनि तोकियो

  काठमाडौँ। बुधबारदेखि भरी सिलिण्डर ग्यास पाइने भएको छ । नेपाल आयल निगमले मङ्गलबार प्रेस विज्ञप्ति जारी गर्दै बुधबारदेखि भर...
नक्कली शरणार्थी प्रकरण : टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद, ४० हजार जरिवाना

नक्कली शरणार्थी प्रकरण : टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद, ४० हजार जरिवाना

  काठमाडौँ। नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई जिल्ला अदालत काठमाडौँले...