१८ माघ, मेचीनगर । ग्राभिण भेगका युवाहरुको एक समूहले धार्मिक तथा पर्यटन क्षेत्रको प्रर्वद्धन र विकास गर्ने उदेश्यले पहिलो पटक महोत्सव आयोजना गर्न लागेको बताएका छन् । मेचीनगर–१ स्थित मेचीडाँगीमा ग्लोबल मेची युथ क्लबले यही माघ २१ गतेदेखि आगामी फागुन ५ गतेसम्म ‘ग्लोबल मेचीडाँगी सांस्कृतिक तथा पर्यटन महोत्सव’ आयोजना गर्न लागिएको बताएका हुन् । ग्लोबल मेची युथ क्लबका अध्यक्ष खेमराज पुरीले आज आयोजित पत्रकार सम्मेलनमा कुलतमा फसेका युवाहरुलाई सचेतना, पिछडिएका युवाहरुलाई शिक्षा, धार्मिक पर्यटन क्षेत्रको विकास, स्वास्थ्य शिविर, स्थानीय उत्पादनका वस्तुहरुको बजारीकरण लगायत विषयमा पन्ध्रदिने महोत्सव आयोजना गर्न लागिएको जानकारी गराए । महोत्सवमा स्थानीय उत्पादनहरु च्याउ, कोला, दुधजन्य पदार्थका परिकारहरुको…
३ माघ, झापा । आमूल परिवर्तन नागरिक पार्टीको धार्मिक तथा अल्पसंख्यकहरुकाे राजनीतिमा सहभागिता तथा देशकाे वर्तमान अवस्था विषयक अन्तरक्रिया र १.न. प्रदेश स्तरीय कार्यकर्ता भेला धरानको स्टार पूर्वी होटेलमा सम्पन्न भएको छ। कार्यक्रममा पार्टीका वरिष्ठ नेता कमला हेम्चुरीले धार्मिक अल्पसंख्यक तथा सीमान्तकृतहरुको वर्तमान अवस्था र राजनैतिक पहुँच बारे कार्य पत्र प्रस्तुत गर्नु भएको थियो भने कार्यक्रममा स्वागत मन्तब्य पार्टी उपमहासचिव नरेश क्षितिजले राख्नु भएको थियो। कार्यक्रममा आफ्नो मन्तब्य राख्दै जेन्टल लावतीले हामी निरन्तर रूपमा आन्दोलित छौं र वृहत एकता गरेर पार्टी निर्माणमा लागेको छौं ।अब तोडेर,फोडेर आन्दोलन गरेर मात्र हुँदैन रहेछ त्येसैले हामी तल्लो स्टार सम्म पार्टी निर्माणमा लागेको छौं।तपाईहरु…
काठमाडौं । गायिका मेलिना राईले लगनगाँठो कस्ने भएकी छन् । लमजुङका डा. ध्रुव गुरुङसँग उनको विवाह हुन लागेको निकटस्थ स्रोतले बतायो । गुरुङ पेसाले चिकित्सक हुन् । स्रोतका अनुसार उनीहरूले छोटो प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका हुन् । हालै उनीहरूको इन्गेजमेन्ट भएको छ । उनीहरूले जातीय पहिरनमा इन्गेजमेन्ट गरेको तस्बिर र भिडिओहरू सार्वजनिक भएका छन् । भोलि पारिवारिक जमघटका बीच विवाह हुने स्रोतले बतायो । केही समयअघि राईले एक गिटारिस्टसँगको इन्गेजमेन्ट तोडेकी थिइन् ।
बिर्तामोड । रिया शर्मा नेपाली अन्डर–१९ टिमकी बलर हुन् । १६ वर्षीया रियाले दायाँहाते लेग ब्रेक बलिङ गर्ने गर्छिन् । झापा धुलाबारीमा जन्मिएकी रियाले १२ वर्षको उमेरदेखि क्रिकेट खेल्न थालेकी हुन् । स्कुलमा क्रिकेट खेल्दै गर्दा एकेडेमीमा पनि खेल्न थालेको र त्यसपछि उनको क्रिकेट यात्रा सुरू भएको थियो । उनले पिएम कपमा कोशी प्रदेशको टिमबाट खेलेकी छन् । त्यसपछि अन्डर–१९ टिममा परेकी थिइन् । विश्वकप छनोटका बेलादेखि नेपालको अन्डर–१९ टिममा रहेकी रियाले अन्डर–१९ एसिया कप पनि खेलिन् । पहिलोपटक विश्वकप खेल्न लाग्दा नर्भस पनि भएको र उत्साहित पनि उत्तिकै रहेको उनको भनाइ छ । धेरैभन्दा धेरै विकेट लिएर राम्रो प्रदर्शन…
१ माघ, काठमाडौं । अमेरिकाको लस एन्जलस र क्यालिफोर्नियामा विनासकारी आगलागीमा परी ज्यान गुमाउने तथा घाइते भएकाहरुको सम्झनामा आज काठमाडौँको सिनामङ्गलमा दीप प्रज्वलन गरिएको छ । समाजसेवी एवं आरएस वास एण्ड सर्भिस सेन्टरका प्रबन्ध निर्देशक राजेशप्रशाद लामिछानेको नेतृत्वमा यहाँका स्थानीयवासी, समाजसेवी, महिला तथा युवाहरुले उक्त दीप प्रज्वलन गर्नु भएको हो । बिनासकारी आगलागिमा परि ज्यान गुमाएका प्रति श्रद्धाञ्जली तथा घाईतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै आफुसहित सिनामङ्गलका युवा युवती, महिलाहरुले आज करिव पाँच सय वटा दीप प्रज्वलन गरेको प्रबन्ध निर्देशक लामिछानेले बताउनुभयो । उहाँले भन्नुभयो, “आगलागिबाट धेरैले ज्यान गुमाए, कयौँ घाइते भएका छन्, कतिपय अझै बेपत्ता भएकाले ज्यान गुमाएका प्रति…
Share झापा । झापामा आठौं राष्ट्रिय भाक्का (भाका) दिवस सोमबार हर्सोल्लासका साथ मनाइएको छ। जिल्लाको बिर्तामोड, भद्रपुर, बाह्रदशीसहित विभिन्न स्थानमा भक्का दिवस हर्सोउल्लासका साथ मनाइएको हो। झापाको बिर्तामोडमा रहेको डोमालाल राजवंशी रंगशालामा भब्यताको साथ भाक्का दिवस मनाइएको छ । राजवंशी समाज झापाको आयोजनामा विभिन्न नगरपालिकाहरु मिलेर एकसाथ भाक्का दिवस मनाएको हो । कार्याक्रममा विभिन्न पालिका ब्यवसायकर्मीहरुले आर्थिक सहयोग गरेका थिए । कार्यक्रमको उद्देश्य भनेको भाक्कालाई ब्यबसाय र सांकृतिक पहिचानकोरुपमा खाजालाई प्रयोगमा जोड दिएको छ । कार्यक्रममा विभिन्न नेता समाजसेवीले शुभकामना दिएका थिए । कार्यक्रमको अध्यक्षता राजवंशी बिकास समाजका अभय राजवंशीले गरेका थिए । प्रमुख अतिथि खानेपानी, सिंचाई तथा ऊर्जा मन्त्रि…
मेचीनगर । कृपा फ्रि मेथोडिस्ट चर्च काँकरभिट्टाले ११ औं बार्षिक साधारण सभा सम्पन्न गरेको छ । शनिबार काँकरभिट्टाको आफ्नै चर्च भवनमा ११ औं बार्षिक साधारण सभाले रेभ शमूएल तामाङको अध्यक्षतामा २ पदेन सदस्यसहित १६ सदस्यीय परिषद गठन भएको हो । कृपा फ्रि मेथोडिस्ट चर्च परिषदको सचिवमा डिकन होमराज राई, कोषाध्यक्ष डिकन डि वी राना चयन भएका छन् । त्यसैगरि सदस्यहरुमा डिकन रेखा पुन, गुरुआमा लिली तामाङ, रुथ सुब्बा, कला राई, सन बहादुर थापा, रन्जना सुजी, शुसिला तामाङ, दिना तामाङ, उमेश लामा, अर्जुन मुखिया र बिकास गुरुङ गठन भएका छन् भने पदेन सदस्यमा आमा दिदीबहिनी संगतीका अध्यक्ष दिलु मुखिया र जवान…
२४ पुस, मेचीनगर । काँकरभिट्टा स्थित हिमालय गेस्ट हाउसबाट गैँडाको खाग जस्तो देखिने वस्तु र खैरो हिरोइनसहित एकजना भारतीय नागरिक पक्राउ परेका छन् । आज दिउँसो साढे ३ वजे इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रमुख एवम् डीएसपी मिमबहादुर लामाको कमाण्डमा खटिएको टोलीले हिमालय गेस्ट हाउसको १०२ नं.कोठामा बसेका भारत वेष्ट बंगाल उत्तर मेन्दाबारी बस्ने नारायण रामधामबाट गैँडाको खाग जस्तो देखिने वस्तु बरामद गरेको हो । प्रहरीका अनुसार इनटेक्स लेखिएको कार्टुनभित्र १८.६ इन्च सतह गोलाइ, ८.६ इन्च उचाइ, १ केजी ७०० ग्राम तौल भएको गैँडाको खाग जस्तो देखिने वस्तु रहेको छ । त्यस्तै प्रहरीले रामधामबाट प्लाष्टिकसहित ३ ग्राम ७६० मिलिग्राम लागुऔषध (खैरो…
२४ पुष, बुधबार, काठमाडौं । चीनसहित नेपाल, भुटान, भारत र बंगलादेशका विभिन्न स्थानमा धक्का महसुस गरिएको शक्तिशाली भूकम्पका कारण स्वशासित क्षेत्र तिब्बतमा कम्तीमा पनि एक सय जनाको मृत्यु भएको छ भने ५ सयभन्दा बढी मानिस घाइते भएका छन् । केही दिनदेखि तिब्बतको विभिन्न भागमा भूकम्पका धक्काहरू महसुस गरिएको भए पनि मंगलवार बिहान भने शक्तिशाली भूकम्प गएको थियो । मंगलबार बिहान नेपाली समयअनुसार ६ बजेर ५० मिनेटमा चीनको सिजाङ प्रान्तको सिगात्सेस्थित दिङ्गी गाउँलाई केन्द्रबिन्दु बनाएर ७ रिक्टरस्केलको शक्तिशाली भूकम्प गएको थियो । भूकम्पका कारण सिगात्से सहर नराम्रोसँग प्रभावित भएको चिनियाँ समाचार संस्था साउथ चाइना मर्निड पोस्टले जनाएको छ । भूकम्पका कारण…
२२ पुष २०८१, सोमबार मेचीनगर । झापाको मेचीनगरमा रहेको जागृत बाल उद्धार केन्द्र नेपाललाई कृपा फ्रि मेथोडिस्ट चर्चद्धारा खाद्यन्न सामग्री वितरण गरेको छ । केन्द्रमा कुल १३ जना बालबालिका आश्रित छन् । चर्चले प्रदान गरेको राहत सामाग्री चामल ९० केजी,तेल १० लिटर,दाल ५ केजी, चिनी ५ केजी,चिया रंग १ केजी, र मिठाइ २० पकेट गरि १५ हजार ९६० बराबरको राहत केन्द्रका सञ्चालक समितिका अध्यक्ष अम्बर बिष्टले ग्रहण गरेका थिए । अध्यक्ष बिष्टले बालबालिकाप्रति वास्तागरी देखाउनु भएकोे प्रेमकोे कदर गर्दै सहयोगी हातहरुलाई धन्यवाद दिइएका थिए । चर्चका रेभ पास्टर शमूएल तामाङले भन्नुभयो, बाइबल धर्मशास्त्रले अनाथ र बिधुवालाई हेर्नु भनेर लेखिएको बचन…