नयाँ तृष्णा

सरकारको नयाँ निर्देशन: कर्मचारीलाई ३ महिनासम्म विदेश जान रोक

Advertisement

काठमाडौँ,

सरकारले आगामी तीन महिना कुनै पनि कर्मचारीलाई वैदेशिक भ्रमणमा मनोनयन नगर्न निर्देशन दिएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मन्त्रालय, आयोग र निकाय (सबै)लाई पत्राचार गर्दै उक्त व्यवस्था गर्न निर्देशन दिएको हो।

सरकारको गत चैत १३ गतेको निर्णयअनुसार स्वीकृत शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीको उच्च प्राथमिकतका साथ कार्यान्वयन भइरहेको सन्दर्भमा प्रधानमन्त्री कार्यालयले उक्त निर्देशन दिएको हो।

‘कर्मचारी वैदेशिक भ्रमणमा जाँदा उक्त एक सय कार्यसूचीको कार्यान्वयनमा बाधा उत्पन्न हुनसक्ने भएकाले वैदेशिक भ्रमणमा कुनै पनि कर्मचारीलाई मनोनयन नगर्न अनुरोध छ’, प्रधानमन्त्री कार्यालयद्वारा जारी निर्देशनमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

ईजलास दैनिकको १०औँ वार्षिकोत्सव तथा स्मारिका विमोचन सम्पन्न

ईजलास दैनिकको १०औँ वार्षिकोत्सव तथा स्मारिका विमोचन सम्पन्न

  झापा । बिर्तामोडबाट प्रकाशित ईजलास दैनिकको १०औँ वार्षिकोत्सव तथा स्मारिका (म्यागजिन) विमोचन कार्यक्रम भव्य रूपमा सम्पन्न...
इरानद्वारा इजरायलमाथि भीषण क्षेप्यास्त्र प्रहार, ‘एक हप्तासम्म निरन्तर आक्रमण’को चेतावन

इरानद्वारा इजरायलमाथि भीषण क्षेप्यास्त्र प्रहार, ‘एक हप्तासम्म निरन्तर आक्रमण’को चेतावन

जेरुसेलम/तेहरान । अमेरिकाको मध्यस्थतामा भएको युद्धविरामपछि केही समय शान्त देखिएको मध्यपूर्व पुनः तनावग्रस्त बनेको छ। इजरायलले लेबन...
कम्बोडियामा अवैध बसोबास गरिरहेका ६६ नेपालीलाई तत्काल स्वदेश फर्किन दूतावासको आग्रह

कम्बोडियामा अवैध बसोबास गरिरहेका ६६ नेपालीलाई तत्काल स्वदेश फर्किन दूतावासको आग्रह

  काठमाडौं । थाइल्याण्डस्थित नेपाली दूतावासले कम्बोडियामा भिसा अवधि समाप्त भएपछि पनि अवैध रूपमा बसोबास गरिरहेका ६६ जना नेपा...
ईश्वरी भुजेल मृत्यु प्रकरण : ‘नेपाली ब्रो’सहित चार जना पक्राउ

ईश्वरी भुजेल मृत्यु प्रकरण : ‘नेपाली ब्रो’सहित चार जना पक्राउ

  काठमाडौं । ४२ वर्षीया ईश्वरी भुजेलको मृत्यु घटनामा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा...