Skip to main content

नयाँ तृष्णा

कक्षा १२ को परीक्षा भोलिदेखि, ४ लाख १८ हजार ८ जना विद्यार्थी सहभागी हुँदै

[adsforwp id="2511"]

काठमाडौँ ।

योवर्षको कक्षा १२ को परीक्षा भोली सोमबारबाट सुरु हुँदैछ । परीक्षामा ४ लाख १८ हजार ८ जना विद्यार्थी सहभागी हुँदैछन् । गतवर्षको तुलनामा योवर्ष करिब ९० हजार विद्यार्थी घटेका छन् । गत वर्षसम्म पुरानोकोर्षका विद्यार्थी सहभागी  थिए । त्यसले गर्दा  विद्यार्थी संख्या बढेको पनिकाको भनाई छ ।

परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले पुरानो कोर्ष अध्ययनगर्ने विद्यार्थीले ३ वषसम्म परीक्षा दिने अवसर पाएका कारण गत वर्षसम्म विद्यार्थी संख्या बढेको जानकारी दिनुभयो । तीनवर्षसम्मको अवसर सकिएकाले यो वर्ष विद्यार्थी संख्या घटेको हो । यतिका धेरै विद्यार्थी घट्नुको कारण खोजी गर्नुपर्ने देखिएको छ ।

एसईईमा करिब साढे ४ लाख विद्यार्थी उत्तीर्ण हुन्छन् । भर्ना भने ३ लाख ५० हजारको हाराहारीमा मात्र छ यस विषयमा खोजी गर्नुपर्छ–अभिभावक महासंघका पूर्व अध्यक्ष सुप्रभात भण्डारीले भन्नुभयो ।

योवर्षको परीक्षामा ५ हजार ३३९ विद्यालयका नियमिततर्फ ३ लाख ३२  हजार १७८ विद्यार्थीले परीक्षा दिँदैछन् । जसमध्ये १ लाख ७२,०१२ छात्र र १ लाख ६० हजार १३७ छात्रा र  अन्य २९० परीक्षार्थीले  सहभागी हुदैछन् । आंशिकतर्फ ५ हजार ८३० परीक्षार्थीहरू सहभागी हुनेछन् ।  यो वर्ष सबैभन्दा कम मनाङमा ३१ र सबैभन्दा बढी काठमाडौँ जिल्लाबाट ६४ हजार ३३ परीक्षार्थी सहभागी हुदैछन्।

यो वर्ष देशभर १ हजार ४२० र जापानमा १ समेत गरी कूल १ हजार ४२१ परीक्षा केन्द्र कायम गरिएको छ ।  सबैभन्दा बढी काठमाडौँ मा १६१ र सबैभन्दा कम मनाङ र मुस्ताङ जिल्लामा १ –१ केन्द्र निर्धारण गरिएको बोर्डले परीक्षालाई मर्यादित व्यवस्थित बनाउन सबै सरोकारवालालाई आग्रह गरेको छ ।

प्रदेशगत रुपमा कोशी ६७ हजार ४९७, मधेस ६२ हजार ११४, बागमती १ लाख २० हजार ४७७, गण्डकीमा ३० हजार ५४६,लुम्बिनी ६९ हजार ४११, कर्णाली ३० हजार ४७९ र सुदूरपश्चिम प्रदेशमा  ३७ हजार ४४५ र जापानमा ३९ जनाले परीक्षा दिँदै छन् । परीक्षालाई व्यवस्थित बनाउन सबै सरोकारवाला निकायलाई बोर्डले अपिल गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काँकरभिट्टामा कात्तिक १७ गते श्रम संस्कृति पार्टीको जनसभा, अध्यक्ष हर्क साम्पाङ सहभागी हुने

काँकरभिट्टामा कात्तिक १७ गते श्रम संस्कृति पार्टीको जनसभा, अध्यक्ष हर्क साम्पाङ सहभागी हुने

झापा, काँकरभिट्टा। श्रम संस्कृति पार्टीले आगामी कात्तिक १७ गते झापाको पूर्वी प्रवेशद्वार काँकरभिट्टामा जनसभा तथा विशेष कार्यक...
लुला चौथो कार्यकालका लागि ब्राजिलको राष्ट्रपतिमा निर्वाचित

लुला चौथो कार्यकालका लागि ब्राजिलको राष्ट्रपतिमा निर्वाचित

काठमाडौँ। ब्राजिलका वामपन्थी नेता लुइज इनासियो लुला डा सिल्भा चौथो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित भएका छन्। दोस्रो चरण...
फिलिपिन्समा दुई ट्रेनिङ विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु

फिलिपिन्समा दुई ट्रेनिङ विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु

काठमाडौं । फिलिपिन्समा शुक्रबार तालिमका क्रममा वायुसेनाका दुईवटा विमान एक-आपसमा ठोक्किएका छन्। यस दुर्घटनामा दुवै विमानमा सवार चा...
पाकिस्तानमा २०० वर्ष पुरानो रामलीला मन्दिर भत्काउने प्रयासप्रति विश्व हिन्दु परिषद् नेपालको कडा आपत्ति

पाकिस्तानमा २०० वर्ष पुरानो रामलीला मन्दिर भत्काउने प्रयासप्रति विश्व हिन्दु परिषद् नेपालको कडा आपत्ति

काठमाडौँ, । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तस्थित डेरा इस्माइल खान जिल्लामा रहेको करिब २०० वर्ष पुरानो ऐतिहासिक रामलीला मन्दिर...