काँकरभिट्टा । झापाको मेचीनगर काँकरभिट्टामा मानव बेचबिखन तथा लैङ्गिक हिंसा अन्त्यका लागि स्थानीय सरोकारवालासँग समन्वयात्मक बैठक सम्पन्न भएको छ। ‘मानव बेचबिखन र लैङ्गिक हिंसा अन्त्यको अभियान’ अन्तर्गत आफन्त नेपाल, काँकरभिट्टा झापाको आयोजनामा तथा स्ट्यान्डर्ड चार्टर्ड बैंक, नयाँ बानेश्वर काठमाडौंको सौजन्यमा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रम मेचीनगर–६ स्थित घारी रेस्टुरेन्टको सभाहलमा भएको थियो। कार्यक्रमको सञ्चालन कञ्चना मगरले गरेकी थिइन्। आफन्त नेपालका शाखा प्रमुख तथा अध्यक्ष मात्रिका गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथिका रूपमा मेचीनगर–६ का कार्यवाहक अध्यक्ष ध्रुवकुमार राई सहभागी थिए। कार्यक्रममा प्रहरी निरीक्षक कमल विष्ट, माइती नेपालका प्रदेश प्रमुख गोविन्द घिमिरेलगायतले मानव बेचबिखन, लैङ्गिक हिंसा न्यूनीकरण तथा पीडितको संरक्षणका…
काठमाडौँ। नेपालका वरिष्ठ पत्रकार तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठको गिरफ्तारीप्रति विश्वका प्रेस काउन्सिलहरूको संस्था (वर्ल्ड एसोसिएसन अफ प्रेस काउन्सिल्स–डब्लुएपीसी) ले कडा आपत्ति जनाउँदै उनको तत्काल र निःशर्त रिहाइको माग गरेको छ। डब्लुएपीसीका अध्यक्ष डेभिड ओम्वोयोले आज केन्याको राजधानी नैरोबीबाट जारी गरेको विज्ञप्तिमा श्रेष्ठको गिरफ्तारी र हिरासतप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् । जनआस्था साप्ताहिकका सम्पादक तथा आस्था मिडियाका अध्यक्ष एवम् प्रकाशक उनी डब्लुएपीसीका दोस्रो उपाध्यक्षसमेत हुन्। डब्लुएपीसीले आफ्नो एक पदाधिकारी तथा स्वतन्त्र पत्रकारलाई पक्राउ गरिएको घटनाले नेपालको पत्रकारिता क्षेत्रमा मात्र नभई प्रेस स्वतन्त्रता र सम्पादकीय स्वतन्त्रताका विषयमा समेत गम्भीर प्रश्न उठाएको जनाएको छ। विज्ञप्तिमा कथित वैयक्तिक गोपनीयतासम्बन्धी हक…
काँकरभिट्टा । भारतका विभिन्न संरक्षण गृहमा रहेका चार जना नेपाली बालबालिकालाई सुरक्षित रूपमा स्वदेश फिर्ता ल्याई परिवारसँग पुनर्मिलन गराइएको छ। भारतको पश्चिम बंगाल सरकार, कोलकातास्थित नेपालको महावाणिज्यदूतावास र नव अभियान नेपालबीचको निरन्तर समन्वय तथा सहकार्यपछि उनीहरूको स्वदेश फिर्ती प्रक्रिया सफलतापूर्वक सम्पन्न भएको हो। पुनर्मिलन गराइएका बालबालिकामा १५ वर्षीया अनुषा परियार तथा १७ वर्षीय कृष्ण ऋषिदेव, राम ऋषिदेव र श्याम ऋषिदेव रहेका छन्। कृष्ण, राम र श्याम एकै परिवारका तीन दाजुभाइ हुन्। (उनीहरू एउटै परिवारका दाजुभाइका छोराहरु हुन) । ( बालबालिकाको गोपनीयता र सुरक्षालाई ध्यानमा राखी समाचारमा प्रयोग गरिएका नाम परिवर्तन गरिएको हो। ) सुनसरीको धरान क्षेत्रकी अनुषा करिब तीन…
बिशेष लेख , - हाेमराज राई, पूर्वी नेपालको एउटा गाउँ। त्यहाँ बस्ने १६ वर्षीया सृष्टि चञ्चले, मिलनसार तर मोबाइल र सामाजिक सञ्जालको लतमा फसेकी किशोरी हो। उसका बुवा हरि बिहानदेखि साँझसम्म खेतमा पसिना बगाउँछन्। आमा माया छोरीले राम्रो पढोस्, ठूलो मान्छे बनोस् भन्ने सपना देख्छिन्। तर सृष्टिलाई भने आमा–बुवाको हरेक सम्झाइ नियन्त्रण जस्तो लाग्छ। "मोबाइल धेरै नचलाऊ।" "पढाइमा ध्यान दे।" "अपरिचितसँग धेरै कुरा नगर।" यी शब्दहरू सृष्टिलाई मायाका होइन, बन्देजका आवाज जस्ता लाग्छन्। ऊ विस्तारै परिवारभन्दा मोबाइल र फेसबुकको संसारमा रमाउन थाल्छे। एक दिन फेसबुकमा "रिना गुरुङ" नामकी युवतीको फ्रेन्ड रिक्वेस्ट आउँछ। आकर्षक प्रोफाइल, मीठो बोली र माया भरिएका सन्देशहरूले…
काँकरभिट्टा। बालबालिकामाथि हुने यौनजन्य हिंसाको रोकथाम, बाल संरक्षण तथा सरोकारवाला निकायबीचको समन्वय सुदृढ गर्ने उद्देश्यले "बालबालिकामाथि हुने यौनजन्य हिंसाविरुद्ध सरोकारवालासँग अन्तरक्रिया तथा छलफल कार्यक्रम" शुक्रबार काँकरभिट्टा बहुमुखी क्याम्पसको सभाकक्षमा सम्पन्न भएको छ। अन्तरक्रिया कार्यक्रममा मेचीनगर नगरपालिकाले बालबालिकासम्बन्धी ऐन, नीति तथा कार्यविधि शीघ्र जारी गर्नुपर्ने विषयमा सहभागीहरूले विशेष जोड दिएका थिए। बाल संरक्षणजस्तो संवेदनशील विषयमा स्थानीय सरकार अभिभावकीय भूमिकामा रहेर प्रभावकारी नेतृत्व, आवश्यक सहयोग तथा सरोकारवाला निकायहरूसँग समन्वय र सहकार्यलाई थप सुदृढ बनाउनुपर्ने धारणा वक्ताहरूले व्यक्त गरेका थिए। कार्यक्रममा सिडिएफका अध्यक्ष सोमराज ढकाल, अनुसन्धानकर्ता गोविन्द न्यौपाने, एमजेकेकी अध्यक्ष सीता गुरुङ, भुवन सुब्बा, नव अभियान नेपालका डिल्लीराम थापा मगर, साहसी महिला…
काँकरभिट्टा। विश्व मानव बेचबिखन विरुद्ध दिवसको अवसरमा नव अभियान नेपालले मेचीनगर नगरपालिका–७ स्थित सतीघट्टा चिया बगान क्षेत्रमा घरदैलो सचेतनामूलक अभियान सञ्चालन गरेको छ। "Trapped Behind the Scam" (ठगीको जालमा नफसौँ) भन्ने मूल सन्देशसहित आयोजित घरदैलो कार्यक्रममा स्थानीय समुदाय, चिया बगानका श्रमिक, महिला, युवा तथा सर्वसाधारणलाई मानव बेचबिखनका जोखिम, झुटा प्रलोभन, सुरक्षित वैदेशिक रोजगार तथा सुरक्षित आप्रवासनसम्बन्धी जानकारी प्रदान गरिएको थियो। अभियानका क्रममा नव अभियान नेपालका प्रतिनिधिहरूले घरदैलो गर्दै मानव बेचबिखन रोकथामसम्बन्धी पर्चा, पुस्तिका (ब्रोसर), जानकारीमूलक सामग्री (लिफलेट) तथा पोस्टर वितरण गरेका थिए। साथै, झुटा रोजगारीका प्रस्ताव, अनलाइन ठगी, सामाजिक सञ्जालमार्फत हुन सक्ने शोषण तथा शंकास्पद गतिविधिको जानकारी समयमै सम्बन्धित…
घोराही, दाङ । साउन ६, २०८३, दाङको घोराही उप–महानगरपालिका–१३, दुम्रगाउँस्थित बेथेल मण्डली दाङको ७ औं वार्षिकोत्सव समारोह विविध कार्यक्रमसहित भव्यताका साथ सम्पन्न भएको छ। “जीवन परमप्रभुले हामीहरूलाई यहाँसम्म डोर्याउँदै ल्याउनुभयो“ (१ शमूएल ७ः१२) भन्ने मूल वचनलाई आधार मानेर आयोजित यस वार्षिकोत्सव कार्यक्रममा स्थानीय विश्वासी, अगुवा तथा विभिन्न मण्डलीका पास्टरहरूको उत्साहजनक उपस्थिति रहेको थियो। बेथेल चर्च दाङका पास्टर लाल घर्ती मगर (अर्पण) ले सञ्चालन गर्नुभएको सो कार्यक्रममा मण्डलीका क्वाएर भाइ–बहिनीहरूले स्वागत गीत प्रस्तुत गर्नुका साथै ख्रीष्टिय भजनमा नृत्य र विशेष नाटक (ड्रामा) समेत प्रस्तुत गरेका थिए, जसले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो। मत्ती १६ः१८ को वचन “म मेरो मण्डली यस…
मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रमप्रति नगरवासीले असन्तुष्टि जनाएका छन्। नगरपालिकाले सामुदायिक विकास मञ्चलाई सार्वजनिक सुनुवाइ सञ्चालनको जिम्मा दिएको भए पनि कार्यक्रममा नगरवासीको सहभागिता अत्यन्त न्यून देखिएको थियो। सार्वजनिक सुनुवाइमा अधिकांश सहभागी कर्मचारी, सञ्चारकर्मी तथा केही सीमित व्यक्तिमात्र उपस्थित भएपछि कार्यक्रमको प्रभावकारितामाथि प्रश्न उठेको छ। सहभागीहरूले सार्वजनिक सुनुवाइ केवल औपचारिकता (कर्मकाण्ड) मा सीमित भएको टिप्पणी गरेका छन्। कार्यक्रमका क्रममा शिक्षा, स्वास्थ्य तथा प्रशासनिक सेवासँग सम्बन्धित विभिन्न समस्याहरू गम्भीर रूपमा उठाइएका थिए। विशेषगरी शिक्षा क्षेत्रका कमजोरीबारे सहभागीहरूले तीखा प्रश्न उठाए पनि नगर शिक्षा प्रमुख होमनाथ भण्डारीले चित्तबुझ्दो जवाफ दिन नसकेको सहभागीहरूको भनाइ थियो। भण्डारीले भने नगरपालिकाले शिक्षा क्षेत्रको सुधार…
मेचीनगर, असार २४। झापाको मेचीनगर–७ स्थित जागृत बाल उद्धार केन्द्र नेपाल को १३औँ वार्षिक उत्सव शनिबार विविध कार्यक्रमका साथ सम्पन्न भएको छ। मेचीनगर–७ का वडा अध्यक्ष प्रलादमणि ओली प्रमुख अतिथि रहनुभएको कार्यक्रममा मेचीनगर–६ का वडा अध्यक्ष ललितबहादुर तामाङ वरिष्ठ अतिथि रहनुभएको थियो। कार्यक्रममा संस्थाकी पूर्व अध्यक्ष बिना तामाङ तथा सबिना तामाङ ले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। संस्थाका सचिव छत्रबहादुर राई (होमराज) ले सञ्चालन गर्नुभएको कार्यक्रममा उपाध्यक्ष भीमबहादुर खड्काले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रलादमणि ओली ले "कुनै पनि ढुङ्गामा दान वा भेटी चढाउनुभन्दा असहाय तथा अनाथ बालबालिकाको शिक्षा, पालनपोषण र उज्ज्वल भविष्यका लागि सहयोग…
सबै ६६६ नम्बर खतरनाक हुन्छन् ? धेरै इसाईहरूले ६६६ अंक देख्नेबित्तिकै त्यसलाई अशुभ वा ख्रीष्ट-विरोधीको चिन्ह ठान्ने गर्छन्। तर बाइबलले वास्तवमा के सिकाउँछ ? आज मेरो व्यक्तिगत बाइबल अध्ययनको क्रममा एज्रा २ अध्याय पढ्दै गर्दा एउटा रोचक कुरा भेट्टाएँ। बाबेलको कैदबाट फर्किएका इस्राएलीहरूको नामावलीमा अदोनीकामका सन्तान ६६६ जना थिए (एज्रा २:१३)। यहाँ ६६६ केवल जनगणनाको संख्या हो। यस पदमा यसलाई अशुभ, श्रापित वा दुष्टताको प्रतीक भनिएको छैन। त्यसपछि मलाई प्रकाश १३:१८ सम्झना आयो, जहाँ ६६६ "पशुको संख्या" भनेर उल्लेख गरिएको छ। तर त्यसको सन्दर्भ भविष्यवाणीको हो। त्यहाँ ६६६ परमेश्वरको विरोध गर्ने शक्तिको प्रतीकका रूपमा प्रयोग गरिएको छ, कुनै पनि…