Skip to main content

नयाँ तृष्णा

समाचार

मानव बेचबिखन नियन्त्रणमा पुरुषको सक्रियता बढाउँदै आफन्त नेपाल, काँकरभिट्टामा ‘ एक जिम्मेवार पुरुष समूह’ गठन

मानव बेचबिखन नियन्त्रणमा पुरुषको सक्रियता बढाउँदै आफन्त नेपाल, काँकरभिट्टामा ‘ एक जिम्मेवार पुरुष समूह’ गठन

काँकरभिट्टा, झापा । मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण, लैङ्गिक हिंसा न्यूनीकरण तथा समाजमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यले आफन्त नेपालले झापाको काँकरभिट्टामा ‘म एक जिम्मेवार पुरुष हुँ’ अभियानअन्तर्गत जिम्मेवार पुरुष समूह गठन गरेको छ। विभिन्न जिल्लामा गरी संस्थाले गठन गरेको यो १६ `म एक जिम्मेवार पुरुष समूह ´हो। आफन्त नेपालका जिल्ला प्रमुख मात्रिका गुरुङको अध्यक्षतामा सम्पन्न भेलामा संस्थाको केन्द्रबाट केशर विश्वकर्माको उपस्थिति रहेको थियो। भेलाले स्थानीय स्तरमा राजु खड्काको अध्यक्षतामा जिम्मेवार पुरुष समूह गठन गरेको हो। समूहमा स्थानीयस्तरबाट मनोज गुरुङ, अमन विश्वकर्मा, शिवकुमार पाठक, होमराज राई र खड्गराज कार्कीलगायत विभिन्न क्षेत्रका व्यक्तिहरू सहभागी छन्। समूहमा आबद्ध सदस्यहरूले मानव बेचबिखन, लैङ्गिक हिंसा…
Read More
पशुपतिनाथ मन्दिरमा गैरहिन्दु प्रवेशको विषयमा मठ-मन्दिर, अर्चक, पुरोहित बिभागको आपत्ति

पशुपतिनाथ मन्दिरमा गैरहिन्दु प्रवेशको विषयमा मठ-मन्दिर, अर्चक, पुरोहित बिभागको आपत्ति

काठमाडौं । पशुपतिनाथ मन्दिरको धार्मिक परम्परा तथा प्रवेश व्यवस्थाको उल्लङ्घन भएको भन्दै विश्व हिन्दु परिषद् नेपालअन्तर्गत रहेको मठ–मन्दिर, अर्चक, पुरोहित विभागले आपत्ति जनाएको छ। विभागका राष्ट्रिय प्रमुख दीपक आचार्यले प्रेस विज्ञप्ति जारी गर्दै पशुपतिनाथ मन्दिरको धार्मिक मर्यादा, परम्परा तथा प्रवेश व्यवस्थाको संरक्षणमा सम्बन्धित निकाय गम्भीर हुनुपर्ने बताएका छन्। सामाजिक सञ्जालमा सार्वजनिक भएको एक भिडियोमा मुस्लिम समुदायका केही व्यक्तिहरू पशुपतिनाथ मन्दिरमा प्रवेश गरेको देखिएको उल्लेख गर्दै विभागले उक्त घटनालाई गम्भीर विषयका रूपमा लिएको जनाएको छ। धार्मिक आस्था र परम्परासँग जोडिएको संवेदनशील स्थलमा प्रचलित नियमलाई चुनौती दिने गरी प्रवेश गर्नु तथा त्यससम्बन्धी भिडियो सार्वजनिक गर्नु उचित नभएको विज्ञप्तिमा उल्लेख छ। विश्व हिन्दु…
Read More
पृथ्वीकै सबैभन्दा दुर्लभ, अनौठो प्राणी — साओला (Saola)

पृथ्वीकै सबैभन्दा दुर्लभ, अनौठो प्राणी — साओला (Saola)

साओला (Saola), जसलाई "एशियन युनिकोर्न" (Asian Unicorn) पनि भनिन्छ, पृथ्वीकै सबैभन्दा दुर्लभ, अनौठो र रहस्यमयी स्तनधारी प्राणीहरूमध्ये एक हो। यो जीव वैज्ञानिक जगत्मा यति ढिलो पत्ता लाग्यो कि सन् १९९२ मा मात्रै भियतनामको भूभागमा पहिलोपटक यसको अस्तित्व फेला परेको थियो। पछिल्लो ५० वर्षमा पत्ता लागेको यो सबैभन्दा ठूलो र नयाँ स्तनधारी जीव हो। यस अनौठो प्राणीका मुख्य विशेषता र रोचक तथ्यहरू यस प्रकार छन्: १. शारीरिक बनावट र स्वरूप सिङ: साओलाको टाउकोमा सीधा, लामा र आपसमा समानान्तर परेका दुईवटा सिङहरू हुन्छन्, जुन झन्डै ५० सेन्टिमिटर (२० इन्च) सम्म लामा हुन सक्छन्。 यही सिङका कारण यसलाई 'युनिकोर्न' उपनाम दिइएको हो。 तौल…
Read More
विश्वकप लिग २ को लागि सन्दीपको कप्तानीमा १५ सदस्ययीय टोली घोषणा

विश्वकप लिग २ को लागि सन्दीपको कप्तानीमा १५ सदस्ययीय टोली घोषणा

 काठमाडौँ ।  नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ को लागि राष्ट्रिय टोली घोषणा गरेको छ।  क्यानले सन्दीप लामिछानेको कप्तानीमा १५ सदस्ययीय टोली घोषणा गरेको छ।  जसमा सन्दीपसहित आसिफ शेख, दीपेन्द्र सिंह ऐरी, देव खनाल, ईशान पाण्डे, रोहित पौडेल, अर्जुन कुमाल, सन्दीप जोरा, गुल्सन झा, बसिर अहमद, करण केसी, नन्दन यादव, ललित राजवंशी, साहब आलम र शेर मल्ल छन्।  कुशल भुर्तेल भने यस टोलीमा छैनन्। यही अक्टोबर ७ देखि ओमानमा हुनलागेको लिग २ को यो अन्तिम शृंखला हो। नेपालले २५ गते आइतबार क्यानडासँग खेल्दै लिग–२ शृंखलाको सुरुवात गर्नेछ। २७ गते मंगलबार घरेलु टोली ओमानसँग खेल्नेछ। ३१ गते शनिबार पुनः…
Read More
आरेन राईको प्रश्न- भ्रष्टाचारीका फाइल खोल्न के कुराले रोक्यो ?

आरेन राईको प्रश्न- भ्रष्टाचारीका फाइल खोल्न के कुराले रोक्यो ?

काठमाडौँ / श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आरेन राईले सरकारको कार्यसम्पादनप्रति असन्तुष्टि जनाएका छन्। उनले जनताका जल्दाबल्दा मुद्दामा परिणाममुखी काम गर्न ध्यानाकर्षण गराएका छन्।  बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै राईले रेमिट्यान्सले धानेको अर्थतन्त्र, युवा पलायन, बढ्दो महँगी र भ्रष्टाचार जस्ता विषयमा सरकारले बेवास्ता गरेको भन्दै आलोचना गरे। सरकारको सुशासनको प्रतिबद्धता केवल नारामा मात्र सिमित रहेको आरोप लगाए।  राईले निर्वाचन क्षेत्रका विकास निर्माणका काम अलपत्र परेको र सरकारी विद्यालयको गुणस्तर खस्किएको भन्दै शिक्षा क्षेत्रको बेथितिप्रति ध्यानाकर्षण गराए। भ्रष्टाचारका पुराना फाइल खोल्ने सरकारको दाबीबारे उनले प्रश्न गरे।  ‘गिरिबन्धु टी-स्टेट होस् वा ह्वाइट बडी काण्ड, तपाईंहरूले ठूलो छाती भएको दाबी गर्नुहुन्थ्यो, के कुराले…
Read More
दुर्गा प्रसाईलाई थुनामा राख्न पर्ने कारण ४८ घण्टाभित्र पेस गर्न आदेश

दुर्गा प्रसाईलाई थुनामा राख्न पर्ने कारण ४८ घण्टाभित्र पेस गर्न आदेश

काठमाडौँ सर्वोच्च अदालतले दुर्गा प्रसाईंलाई पक्राउ गरेर थुनामा राख्न पर्ने कारण पेश गर्न प्रहरीलाई आदेश दिएको छ। प्रसाईंका तर्फबाट दायर भएको बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश हरिप्रसाद फुयालको इजलासले ४८ घण्टाभित्रमा लिखित जवाफ बुझाउन भनेको हो।
Read More
बालेनको राष्ट्रसंघ सम्बोधनप्रति जेनजी नेताहरूको सकारात्मक प्रतिक्रिया : ‘अब कुरा होइन, परिणाम चाहिन्छ’

बालेनको राष्ट्रसंघ सम्बोधनप्रति जेनजी नेताहरूको सकारात्मक प्रतिक्रिया : ‘अब कुरा होइन, परिणाम चाहिन्छ’

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको महासभामा गरेको सम्बोधनप्रति जेनजी नेतृत्व तहका युवाहरूले सकारात्मक प्रतिक्रिया जनाएका छन्। उनीहरूले नेपालको राष्ट्रिय हित, जलवायु न्याय, विपद् तथा विश्वव्यापी शासन प्रणालीका विरोधाभासलाई अन्तर्राष्ट्रिय मञ्चमा स्पष्ट रूपमा उठाइएको भन्दै अब त्यसलाई व्यवहारमा रूपान्तरण गर्नुपर्ने बताएका छन्। जेनजी नेता रवि किरण हमालले प्रधानमन्त्रीका रूपमा संयुक्त राष्ट्रसंघको महासभामा उठाउनुपर्ने विषयवस्तुहरू सम्बोधनमा समेटिएको भन्दै प्रधानमन्त्रीलाई धन्यवाद दिएका छन्। “विश्वको सबैभन्दा कान्छो सरकार प्रमुखको रूपमा नेपालको प्रतिनिधित्व गर्नु युवाहरूका लागि सुखद र आनन्ददायक कुरा हो,” हमालले भनेका छन्। उनले नेपालले विश्वमञ्चमा उठाएका मुद्दालाई अब ठोस कूटनीति, संस्थागत सुधार, आर्थिक विकास र राष्ट्रिय क्षमतामा रूपान्तरण गर्नुपर्नेमा जोड दिएका छन्। “कुरा राखियो, सकियो भन्ने होइन। अब बल्ल काम सुरु भएको छ। यो सुरुवात मात्रै हो। हामी परिणाम पर्खिरहेका छौँ,” हमालले भनेका छन्। त्यस्तै, जेनजी नेता मिराज ढुङ्गानाले प्रधानमन्त्री विदेश जाँदा देशको प्रतिनिधित्व गर्ने भएकाले विदेशमा रहँदा आफूहरूको शुभकामना रहने बताएका छन्। उनले भाषणको शैलीभन्दा त्यसमा उठाइएका विषयवस्तु महत्वपूर्ण रहेको उल्लेख गरेका छन्। ढुङ्गानाका अनुसार प्रधानमन्त्रीले नेपालको विपद्को मर्म र देशको वर्तमान अवस्थालाई गहिराइका साथ अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रस्तुत गरेका छन्। “घरमा आलोचना गरौँला, प्रश्न पनि गरौँला, तर घरमा मात्र गरौँला, बाहिर नगरौँला। हाम्रो देशको प्रतिनिधित्व गर्दै प्रधानमन्त्री विदेश जानुहुँदा हृदयदेखि नै शुभकामना रहन्छ,” ढुङ्गानाले भनेका छन्। जेनजी नेतृ तनुजा पाण्डेले प्रधानमन्त्री शाहले राष्ट्रिय हित र राष्ट्रिय स्वाभिमानलाई प्राथमिकतामा राख्दै नेपालको वास्तविक भावना र आवाज अन्तर्राष्ट्रिय मञ्चमा जोडदार रूपमा प्रस्तुत गरेको बताएकी छन्। उनले जलवायु न्यायको साझा यात्रालाई निष्कर्षमा पुर्‍याउन निरन्तर अन्तर्राष्ट्रिय संवाद आवश्यक रहेको उल्लेख गर्दै नेपालले आफ्ना आन्तरिक नीति, योजना र कार्यहरूलाई समेत सोहीअनुरूप सशक्त बनाउनुपर्ने बताएकी छन्। यसैबीच, अर्का जेनजी नेता माजिद अन्सारीलेशाहको सम्बोधन स्पष्ट, संयमित र सन्तुलित रहेको टिप्पणी गरेका छन्। उनका अनुसार प्रधानमन्त्रीले विश्वव्यापी शासन प्रणालीमा रहेको विरोधाभासलाई निकै विनम्र भाषामा सूक्ष्म ढंगले उजागर गरेका थिए। विशेषगरी जलवायु सुरक्षाको विषयलाई बेवास्ता गरेर गरिने विश्वव्यापी सुरक्षाको दाबीमा रहेको दोहोरोपनलाई प्रधानमन्त्रीले प्रभावकारी रूपमा प्रस्तुत गरेको उनको भनाइ छ। “जलवायु सुरक्षाको विषयमा छलफल नगरी गरिने विश्वव्यापी सुरक्षाको दाबीमा रहेको दोहोरोपनलाई मिठो शैलीमा उदांगो पार्नुभयो। उत्कृष्ट कार्य, सम्माननीय प्रधानमन्त्रीज्यू,” उनले भनेका छन्। जेनजी नेताहरूका प्रतिक्रियामा समग्रमा प्रधानमन्त्रीको अन्तर्राष्ट्रिय सम्बोधनलाई सकारात्मक रूपमा लिँदै अब सम्बोधनमा उठाइएका विषयलाई कूटनीतिक पहल, राष्ट्रिय नीति, संस्थागत सुधार र ठोस परिणाममा रूपान्तरण गर्नुपर्ने साझा धारणा देखिएको छ। उनीहरूले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको आवाज प्रस्तुत हुनु महत्वपूर्ण भए पनि त्यसको वास्तविक मूल्यांकन अब त्यसपछि सरकारले गर्ने काम र प्राप्त हुने परिणामबाट हुने बताएका छन्।
Read More
क्रिकेटमा नेपालले अफगानिस्तानमाथि ५ विकेटको शानदार जित

क्रिकेटमा नेपालले अफगानिस्तानमाथि ५ विकेटको शानदार जित

काठमाडौँ / एसियाली खेलकुदअन्तर्गत क्रिकेटमा आज अफगानिस्तानविरुद्ध नेपालले ५ विकेटको जित हात पारेको छ।  टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले दिएको १०३ रनको लक्ष्य नेपालले १६ बल बाँकी हुँदै पूरा गरेको हो।  नेपाललाई जित दिलाउन सन्दिप जोराले ३४ र रोहित पौडेलले ३३ रनको योगदान गरे।  कुशल भुर्तेल शून्य रनमै आउट भए भने आसिफ शेख पनि २ रन बनाएर पेभेलियन फर्किए। त्यसपछि आएका जोराले ३५ बलमा ३४ रन बनाएर रनआउट हुनपुगे।  कुशल मल्ल पनि ९ रनमा रनआउट भए। रोहितले ३२ बलमा ३३ रन हाने। दीपेन्द्र सिंह ऐरीले १८ बलमा १५ रन जोडे भने गुल्सन झाले १ बलमा १ रन लिँदै नेपाललाई…
Read More
साइप्रस नेपाली सङ्गतिद्वारा बाढीपीडितका लागि प्रधानमन्त्री राहत कोषमा रु. २ लाख ५६ हजार सहयोग

साइप्रस नेपाली सङ्गतिद्वारा बाढीपीडितका लागि प्रधानमन्त्री राहत कोषमा रु. २ लाख ५६ हजार सहयोग

निसोसिया, साइप्रस । वैदेशिक रोजगारीका क्रममा साइप्रसमा रहेका नेपाली इसाई विश्वासीहरूको संस्था 'साइप्रस नेपाली सङ्गति'ले नेपालका बाढीपीडितहरूको उद्धार तथा राहतका लागि रु. २ लाख ५६ हजार आर्थिक सहयोग उपलब्ध गराएको छ। सङ्गतिमा आबद्ध सदस्यहरूबाट सङ्कलित उक्त रकम नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गरिएको हो।सङ्गतिकी कोषाध्यक्ष उमा केसीका अनुसार, प्रवासमा रहेका नेपाली सदस्यहरूको सामूहिक प्रयास र ऐक्यबद्धताबाट यो रकम सङ्कलन गरी प्रक्रियागत रूपमा पठाइएको हो। त्यस्तै, सङ्गतिकी अगुवा माला श्रेष्ठले देशमा आइपर्ने हरेक विपत्ति र कठिन परिस्थितिमा नेपाली इसाईहरू सदैव अग्रपङ्क्तिमा उभिने बताउनुभयो। "देशका लागि निरन्तर प्रार्थनासँगै आफ्नै सानो प्रयासबाट सहयोग रकम पठाउन पाउँदा सम्पूर्ण सङ्गति परिवार भावुक…
Read More
राजनीतिक दलका गतिविधिमा संलग्न शिक्षकलाई कारबाही गर्न शिक्षामन्त्रीको निर्देशन

राजनीतिक दलका गतिविधिमा संलग्न शिक्षकलाई कारबाही गर्न शिक्षामन्त्रीको निर्देशन

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले राजनीतिक गतिविधिमा संलग्न शिक्षकलाइ कारवाही गर्ने भएको छ । शिक्षक राजनीतिक गतिविधिमा लागेके विषय सामाजिक सन्जालबाट हाहिरिएपछि शिक्षामन्त्री सस्मित पोखरेलले कुनैपनि राजनीतिक गतिविधिमा संलग्न हुने शिक्षकलाई कारवाही गर्न निर्देशन दिनुभएको हो । साथै उहॉले देशभरका विद्यालयमा शिक्षकको राजनीतिक गतिविधिलाइ निगरानी गर्न पनि निर्देशन दिनुभयो । यसैबिच शिक्षा विकास तथा समन्वय एकाइ, बैतडीले जिल्लाका विद्यालयमा कार्यरत शिक्षकहरूको राजनीतिक दलका कार्यक्रममा सहभागिताबारे निगरानी गर्न स्थानीय तहहरूलाई निर्देशन दिएको छ। एकाइले जिल्लाका १० वटै स्थानीय तहलाई पत्राचार गर्दै सामाजिक सञ्जालमा सार्वजनिक भएका समाचार तथा सूचनाअनुसार केही विद्यालयका शिक्षकहरू विभिन्न राजनीतिक दलका कार्यक्रममा सहभागी भएको पाइएको जनाएको छ।पत्रमार्फत…
Read More