तरुण राई, २० मंसिर, इट्टाभट्टा । अपाङ्गता भएका व्यक्तिहरुको ३३औँ अन्तर्राष्ट्रिय दिवसको अवसरमा एक्का नेपालका झापा काउन्सेलरको आयोजनामा अपाङ्गता समावेशीकरण विषयक अन्तरक्रिया कार्यक्रम मेचीनगर नगरपालिका -०८, इट्टाभट्टा अवस्थित किरात याक्थुम चुम्लुङ्ग भवनको सभाहलमा सम्पन्न भएको छ । अपाङ्गता समावेशीकरण विषयक अन्तरक्रिया कार्यक्रममा एक्का नेपालका कार्यक्रम अधिकृत अस्मिता राईले एक्का नेपालद्वारा अपाङ्गता समावेशीकरणका लागि गरिएका पहलहरुको बारेमा प्रस्तुतिकरण गर्नुको र एक्का नेपालले ‘अपाङ्गमैत्री विद्यालय’ को अवधारणलाई एक्का सम्बन्धीत विद्यालयहरुमा कार्यान्वयन गर्न पहल गर्नु भएको जानकारी दिनुभयो । करुणा फाउन्डेसनका मेचीनगर संयोजक पदम बराइलीले शिक्षामा अपाङ्गता समावेशीकरण विषयमा प्रारम्भिक बालविकास तथा अपाङ्गता समावेशीकरण, बौद्धिक अपाङ्गता शिक्षण सिकाइ, अपाङ्गताको वर्गीकरण, अपाङ्गता ‘कार्ड’ र…
१० मंसिर , मेचीनगर । लैङ्गिक हिंसा विरूद्धकाे १६ दिने अभियानकाे पहिलाे दिन आज झापाकाे मेचीनगरमा प्रभात फेरि सहितको र्याली निकालेको छ । हरेक वर्षकाे २५ नाेभेम्बरदेखि १० डिसेम्बर वा (२०८१ मंसिर १० देखि २५ गते) सम्म याे अभियान सञ्चालन हुने गर्दछ । ‘हामी सबैको प्रतिवद्वताः लैङ्गिक हिंसा अन्त्यको लागि ऐक्यबद्वता’ नारासहित नगरपालिकाकाे आयोजनामा प्रभातफेरि गरेर आजदेखि १६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियान सुरु गरेको छ । ईलाका प्रहरी कार्यालय परपसरबाट शुरू भएको र्यालीले “घर शान्ति नै विश्व शान्तिको आधार, दिगो विकाशका लागि लैङ्गिक हिंसा रहित समाज”, “हिंसामुक्त समाज हाम्रो प्रतिवद्धता, “बालबालिकालाई शिक्षामा जोड दिऊँ”, “हाम्रो आधार सुरक्षित, हाम्रो…
मेचीनगर । झापाको मेचीनगर नगरपालिकाले “लैंगिक हिँसा विरूद्धकाे १६ दिने अभियान” विविध कार्यक्रम गरि भव्यरूपमा सफल बनाउन सम्बन्धि सरोकारवाला निकायहरूसंग छलफल अगाडि बढाएको छ । नगरपालिकाले आज नगरपालिकाको बैठक कक्षामा बिशेष छलफलको आयोजना गरि नगरक्षेत्र भित्र रहेका महिला, बालबालिका तथा मानव अधिकारका क्षेत्रमा क्रियाशील विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्था, विभिन्न राजनीतिक दलका नेतृत्वदायी भूमिकामा रहेका महिला प्रमुख प्रतिनिधिहरूलाई एक ठाउँमा उपस्थित गराएर मेचीनगरको अगुवाइमा सबैलाई एकताबद्ध बनाइ अभियानलाई साझा रूपमा सफल बनाउन के कस्ता उपायहरू अपनाउनु पर्छ भन्ने बिषयमा बृहत् छलफल गरिएको थियो । छलफलमा बोल्दै मेचीनगर उपप्रमुख मीना पोख्रेल उप्रेतीले अहिलेको समयमा पनि विभिन्न बहानामा मानिसको मानवीय अधिकारी…
बिर्तामोड, २४ कात्तिक । कनकाई र बिर्तामोड नगरका पाँच वटा मन्टेश्वरीका शिक्षकहरुलाई दुई दिवसिय क्षमता अभिवृद्धि तालिम प्रदान गरिएको छ । बिर्तामोड स्थित लिंकन मन्टेश्वरी स्कुलको आयोजनामा शुक्रबार र शनिबार मन्टेश्वरीका शिक्षकहरुलाई दुई दिने सो तालिम दिइएको हो । तालिममा बिर्तामोडको लिंकन मन्टेश्वरी, ब्राइट फ्युचर, शिक्षा शिकोप, निदी र कनकाई नगरपालिकाको फक्तालुङ विद्यालयका मन्टेश्वरी शिक्षिकाहरुको सहभागिता रहेको थियो । मन्टेश्वरीका शिक्षिक–शिक्षिकाहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले तालिम आयोजना गरिएको लिंकन मन्टेश्वरीका सञ्चालक सरोज पौडेलले बताए । तालिममा सहभागी शिक्षिकाहरुलाई प्रशिक्षक जनक पराजुली र मिश्रा अधिकारीले प्रशिक्षण दिएका थिए । पाटन शिक्षण तालिम केन्द्र ललितपुर, नेपाल सरकार शिक्षा मन्त्रालय सिटीईभिटी रोष्टर, बाल…
तरुण राई, २८ भदौ, मेचीनगर । एक्का नेपालको सहयोगमा मेचीनगर इसाई समाजको सहकार्यमा विपन्न वर्गका विद्यार्थी बाल-बालिकाहरुलाई शैक्षिक सामग्रीहरु वितरण गरेको छ । मेचीनगर नगरपालिका-१५, ज्यामिरगढी र घोडामारामा अवस्थित अनुग्रह शान्ति चर्चका ४० विद्यार्थी बाल-बालिकाहरुलाई शैक्षिक सामग्रीहरु वितरण गरिएको हो । मेचीनगर इसाई समाजको अध्यक्ष पास्टर राजु खड्काले एक्का नेपालले इसाई समाजसँग मिलेर गर्नुभएको कामको उच्च सर्हाना गर्नुको साथै एक्का नेपाललाई धन्यवाद दिनु भयो । अनुग्रह शान्ति चर्चका अगुवा तथा समाज सेवक वोगदा टुढुले यसरी कुनै पनि गैर सरकारी संस्थाद्धारा अनुग्रह शान्ति चर्चका विद्यार्थी बाल-बालिकाहरुलाई शैक्षिक सामग्रीहरु वितरण गरेको पहिलो पटक रहेको र आउने दिनमा यस्ता प्रकारको कार्यक्रमलाई निरन्तरण गरिदिनुहुन…
- होमराज राई, १८ भाद्र , मेचीनगर । मानव बेचबिखन विरुद्धको १८ औं राष्ट्रिय दिवस विभिन्न चेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । यो वर्ष ‘तीनै तहको सरकारको प्रतिवद्वता : मानव बेचविखन बिरुद्ध सबैको एक्यवद्वता´ भन्ने मूल नाराका साथ मानव बेचबिखन विरुद्धको राष्ट्रिय दिवस भाद्र २० गते बिहिबारका दिन हुने भएको छ । “मानव बेचबिखन तथ ओसारपसार बिरुद्धको १८ औं राष्ट्रिय दिवस २०८१ को सन्दर्भमा आयोजित अन्तरक्रियामा हामी,” नामक बिषयमा कार्यक्रम हुने भएको हाे । यसै अवसरमा झापामा मेचीनगर स्थित काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको सभाहलमा भब्य र सभ्यताकासाथ हुने यो कार्यक्रम अति रोचक र बैज्ञानिकपरिप्रेक्ष्यढङ्गबाट हुने भएकाले समाज रुपान्तरणको…
५ भाद्र, झापा, शिवसताक्षी १० को बाल निकुञ्ज माध्यमिक विद्यालयका शिक्षकले एक छात्रमाथि निर्मम कुटपिट गरेका छन्। कक्षा ६ मा अध्ययनरत छात्रा अन्जलि गुरुङलाई क्लास वर्क गर्न अटेर गरेको भन्दै नेपाली विषयका शिक्षक हेतिराज निरौलाले पाइपले पिटेका हुन् । छात्राको कम्मर माथिको भागमा ‘डढेँल्नु’ तीनवटा डाम ‘सुम्ला’ छन् । उनको विर्तासिटी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ । छात्रालाई पिट्ने शिक्षक निरौला कानुन व्यवसायी हुन् । उनले आफूबाट गम्भीर त्रुटि भएको बताए। उनले विद्यार्थीको उपचार भइरहेको अस्पताल बिर्ता सिटीतर्फ गइरहेको बताए । कक्षा कोठामा नेपाली विषयको पढाइ भइरहेको थियो। विषय शिक्षक निरौलाले ‘क्लास वर्क’ का लागि सबै विद्यार्थीलाई अनुरोध गरे ।…
रासस, असार १८ , धरान। शिक्षण पेसा छाडेर बाख्रापालन गर्दै आएका धरान उपमहानगरपालिका-२० विष्णुपादुकाका राजकुमार राईले त्यसबाट राम्रो आम्दानी गरिरहेका छन् । उनले व्यावसायिक बाख्रापालनबाट वार्षिक रु पाँच लाखदेखि रु छ लाखसम्म आम्दानी गर्दै आएका हुन् । १७ वर्षभन्दा बढी समय शिक्षण पेसा गरेका राईले विगत चार वर्षदेखि व्यावसायिक रुपमा बाख्रापालन गर्दै आएका छन् । उनले चार वर्षकै अवधिमा तामाखाम गाउँमै सफल व्यवसायीको परिचय बनाए । शिक्षण पेसाबाट सोचेजस्तो कमाइ नभएपछि बाख्रापालन रोजेको बताउने राईले अहिले आम्दानीका साथै आत्मसन्तुष्टि पनि प्राप्त भइरहेको बताए । ‘आफ्नो पेसा व्यवसाय भनेको फरकै हुँदो रहेछ, त्यसैमा कृषि पेसाको आनन्द बेग्लै छ, कसैको करकापमा बस्नु…
असार १८, काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले माध्यमिक शिक्षा परीक्षा (एसईई)को पूरक परीक्षा तालिका सार्वजनिक गरेको छ । परीक्षा साउन २३ गतेदेखि ३१ गतेसम्म हुने जानकारी बोर्डले गराएको हो । परीक्षा बिहानको ११ बजेदेखि २ बजेसम्म सञ्चालन हुने बोर्डले जनाएको छ । सरकारले यो वर्ष २ वा सोभन्दा बढी विषयमा ननग्रेड (एनजी) अर्थात् ११ कक्षा पढ्न असफल भएका विद्यार्थीका लागि पनि पूरक परीक्षामा सहभागी हुने व्यवस्था गरेको छ । तर परीक्षाफल रद्द भएकाहरुले भने पुरक परीक्षामा सहभागी हुन पाउने छैनन् । पूरक परीक्षाका लागि यो वर्षदेखि बोर्डले अनलाइनबाटै आवेदन दिन सकिने व्यवस्था गरेको छ । त्यसका लागि…
असार १३, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रक कार्यालय (कक्षा १०) ले यस वर्षदेखि माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजामा चित्त नबुझे अनलाइनबाटै पुनर्योग निवेदन दिन सकिने व्यवस्था गरेको छ । बोर्डका अध्यक्ष महाश्रम शर्माले कार्यालयमा विद्यार्थीको चाप घटाउन अनलाइनबाटै पुनर्योग (रिटोटलिङ) गर्न पाउने व्यवस्था ल्याइएको जानकारी दिए । ‘हामीले अनलाइनबाटै पुनर्योग गर्ने व्यवस्था यसपटकदेखि गरेका छौं । यसपटकबाट पुनर्योग गर्न विद्यार्थीहरु लाइन लाग्नुपर्ने अवस्था हटाएका छौं’, उनले भने । पुनर्योगका लागि नतिजा प्रकाशन भएको १५ दिनभित्र निवेदन दिइसक्नुपर्ने शर्माले जानकारी दिए । त्यस्तै नतिजा नखुलेमा, अनुपस्थित देखाएमा वा प्रयोगात्मक नम्बर नदेखाएमा प्रवेशपत्र प्रतिलिपिसहित शिक्षा विकास तथा समन्वय इकाइ…