Skip to main content

नयाँ तृष्णा

‘क्लास वर्क’ नगरेको भन्दै पाइपले पिट्दा बिद्यार्थी अस्पताल भर्ना

[adsforwp id="2511"]

झापा,  शिवसताक्षी १० को बाल निकुञ्ज माध्यमिक विद्यालयका शिक्षकले एक छात्रमाथि निर्मम कुटपिट गरेका छन्। कक्षा ६ मा अध्ययनरत छात्रा अन्जलि गुरुङलाई क्लास वर्क गर्न अटेर गरेको भन्दै नेपाली विषयका शिक्षक हेतिराज निरौलाले पाइपले पिटेका हुन् । छात्राको कम्मर माथिको भागमा ‘डढेँल्नु’ तीनवटा डाम ‘सुम्ला’ छन् । उनको विर्तासिटी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ ।

छात्रालाई पिट्ने शिक्षक निरौला कानुन व्यवसायी हुन् । उनले आफूबाट गम्भीर त्रुटि भएको बताए। उनले विद्यार्थीको उपचार भइरहेको अस्पताल बिर्ता सिटीतर्फ गइरहेको बताए ।

कक्षा कोठामा नेपाली विषयको पढाइ भइरहेको थियो। विषय शिक्षक निरौलाले ‘क्लास वर्क’ का लागि सबै विद्यार्थीलाई अनुरोध गरे । अन्जलि त्यत्तिकै बसेकी थिइन् । शिक्षक निरौलाले अन्जलिलाई सोधे, ’तिमी क्लास वर्क गर्दैनौ ।’ उनले शिक्षक निरौलालाई जस्ताको त्यस्तै जवाफ फर्काइन्,’ आउँदैन सर।’ शिक्षक निरौलाले हातमा विद्यार्थी तर्साउनका लागि बोकेको पाइपको छडीले ड्याम कि ड्याम हिर्काए । समाचार स्रोतका अनुसार अन्जलिको डडेल्लमा तीनवटा सुम्ला बसेका छन्।

घाइते अवस्थाकी अन्जलिलाई विद्यालय हाताबाटै एम्बुलेन्सले उपचारका लागि बिर्तामोड स्थित बिर्ता सिटी अस्पतालमा पुर्‍याएको थियो। उनको उपचार भइरहेको छ ।

विद्यालयका प्रधानाध्यापक भवानी थापाका अनुसार शिक्षक हेतिराज निरौलाले गम्भीर त्रुटि गरेको बताए । उनले भने अहिले हामी विद्यार्थीसँगै अस्पतालमा छौँ । घाइते को अवस्था सामान्य भएपनि उनी हामीसँग पनि बोलिरहेकी छैनन्।’ यो घटनाले विद्यालय प्रशासनलाई दुखित बनाएको छ।
घाइतेको उपचारका विषयमा विषयगत शिक्षक हेतिराज निरौलाको आर्थिक व्ययभार हुनेछ ।

शिक्षक निरौलाको गल्तीको विषयमा विद्यालय प्रशासन र विद्यालय व्यवस्थापन समितिको छलफलपछि मात्र निर्णय गर्न सकिने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

यूएईलाई हराउँदै नेपाल प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट

यूएईलाई हराउँदै नेपाल प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट

काठमाडौं । नेपाल एसीसी प्रिमियर कपको विजेता बन्दै एसिया कपका लागि छनोट भएको छ । शनिबार भएको फाइनलमा यूएईलाई पराजित गर्दै नेपाल एस...
भोटेकोशी बाढी : १ हजार ३८४ शव फेला, ४ हजार ८९ बेपत्ता

भोटेकोशी बाढी : १ हजार ३८४ शव फेला, ४ हजार ८९ बेपत्ता

काठमाडौं । भोटेकोशी बाढीपछि शुक्रबार १७ः०० बजेसम्म १ हजार ३ सय ८४ जनाको शव फेला परेको छ । रसुवा, नुवाकोट, धादिङ, चितवन, गोरखा,...
प्रेस युनियन खोटाङको अध्यक्षमा चिसाङ शेर्पा सर्वसम्मत

प्रेस युनियन खोटाङको अध्यक्षमा चिसाङ शेर्पा सर्वसम्मत

खोटाङ।   नेपाल प्रेस युनियन खोटाङको अध्यक्षमा चिसाङ शेर्पा सर्वसम्मत चयन हुनुभएको छ । प्रेस युनियन खोटाङको शुक्रबार ...
प्रधानमन्त्री वालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत

प्रधानमन्त्री वालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत

काठमाडौँ — प्रधानमन्त्री वालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत गरिएको छ ।  बिहीबारको मन्त्रिपरिषद् बैठकले असोज ६ देखि १० सम्म संय...