Skip to main content

नयाँ तृष्णा

शैक्षिक सामग्री वितरण कार्यक्रम सम्पन्न

[adsforwp id="2511"]

तरुण राई,

२८ भदौ,

मेचीनगर । एक्का नेपालको सहयोगमा मेचीनगर इसाई समाजको सहकार्यमा विपन्न वर्गका विद्यार्थी बाल-बालिकाहरुलाई शैक्षिक सामग्रीहरु वितरण गरेको छ ।

मेचीनगर नगरपालिका-१५, ज्यामिरगढी र घोडामारामा अवस्थित अनुग्रह शान्ति चर्चका ४० विद्यार्थी बाल-बालिकाहरुलाई शैक्षिक सामग्रीहरु वितरण गरिएको हो ।

मेचीनगर इसाई समाजको अध्यक्ष पास्टर राजु खड्काले एक्का नेपालले इसाई समाजसँग मिलेर गर्नुभएको कामको उच्च सर्हाना गर्नुको साथै एक्का नेपाललाई धन्यवाद दिनु भयो ।

अनुग्रह शान्ति चर्चका अगुवा तथा समाज सेवक वोगदा टुढुले यसरी कुनै पनि गैर सरकारी संस्थाद्धारा अनुग्रह शान्ति चर्चका विद्यार्थी बाल-बालिकाहरुलाई शैक्षिक सामग्रीहरु वितरण गरेको पहिलो पटक रहेको र आउने दिनमा यस्ता प्रकारको कार्यक्रमलाई निरन्तरण गरिदिनुहुन भनी एक्का नेपाललाई अनुरोध गर्नु भयो।

सो शैक्षिक सामग्री वितरण कार्यक्रममा समाजका उपाध्यक्ष भीम खड्का, कोषध्यक्ष मुना खड्का, सदस्य सुभाष राई र सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सङ्घीय लिम्बुवानका नगर अध्यक्ष सुकबिर कन्दङ्वाको उपस्थिति थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

यूएईलाई हराउँदै नेपाल प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट

यूएईलाई हराउँदै नेपाल प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट

काठमाडौं । नेपाल एसीसी प्रिमियर कपको विजेता बन्दै एसिया कपका लागि छनोट भएको छ । शनिबार भएको फाइनलमा यूएईलाई पराजित गर्दै नेपाल एस...
भोटेकोशी बाढी : १ हजार ३८४ शव फेला, ४ हजार ८९ बेपत्ता

भोटेकोशी बाढी : १ हजार ३८४ शव फेला, ४ हजार ८९ बेपत्ता

काठमाडौं । भोटेकोशी बाढीपछि शुक्रबार १७ः०० बजेसम्म १ हजार ३ सय ८४ जनाको शव फेला परेको छ । रसुवा, नुवाकोट, धादिङ, चितवन, गोरखा,...
प्रेस युनियन खोटाङको अध्यक्षमा चिसाङ शेर्पा सर्वसम्मत

प्रेस युनियन खोटाङको अध्यक्षमा चिसाङ शेर्पा सर्वसम्मत

खोटाङ।   नेपाल प्रेस युनियन खोटाङको अध्यक्षमा चिसाङ शेर्पा सर्वसम्मत चयन हुनुभएको छ । प्रेस युनियन खोटाङको शुक्रबार ...
प्रधानमन्त्री वालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत

प्रधानमन्त्री वालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत

काठमाडौँ — प्रधानमन्त्री वालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत गरिएको छ ।  बिहीबारको मन्त्रिपरिषद् बैठकले असोज ६ देखि १० सम्म संय...