१८ मंसिर २०८२, बिहीबार, झापा । पूर्वी नाका काँकरभिट्टालगायतका क्षेत्रमा लागूऔषध तथा मानव बेचबिखनका घटनाहरू बढ्दै गएपछि सरोकारवालामा चिन्ता बढेको छ। नेपाल प्रहरी प्रदेश कार्यालय धरानले लागूऔषध तथा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानअन्तर्गत बिहीबार एकदिने अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ। इलाका प्रहरी कार्यालय काँकरभिट्टाको सभाहलमा सम्पन्न कार्यक्रममा वरिष्ठ उपरीक्षक ज्ञानेन्द्र प्रसाद फुयाँलले लागूऔषध र अन्य अपराधिक गतिविधि बढ्दै गएको प्रति गम्भीर चिन्ता व्यक्त गर्नुभएको थियो। उहाँले भने, “लागूऔषध र मानव बेचबिखन विरुद्धको अभियान प्रारम्भ त भएको छ, तर यसलाई पूर्ण रूपमा नियन्त्रण गर्न अझै धेरै काम गर्न बाँकी छ।” कार्यक्रममा प्रहरी निरीक्षक जस बहादुर लिम्बु तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरू…
झापा, बिर्तामोड — N.E.B.C चर्च, बिर्तामोडद्वारा आयोजित एकदिने पत्रकारिता तालिम सम्पन्न भएपछि आज चर्च परिसरमै रक्तदान कार्यक्रम सम्पन्न भएको छ। बिर्तामोड रेडक्रसका इन्चार्ज पवन थापाको नेतृत्वमा खटिएको टोलीले चर्च परिसरमा २७ जना रक्तदाताबाट रगत संकलन गरेको थियो। संकलित रगत बिर्तामोड रेडक्रसमै सुरक्षित राखिने भएको छ। कार्यक्रमको प्रमुख भूमिकामा एल्डर मन खुदाङ रहेका थिए। साथै पास्टर रन कुमार सेवा तथा सम्पूर्ण N.E.B.C चर्चका पास्टर तथा अगुवाहरूको सहयोग तथा सहभागिता उल्लेखनीय रहेको थियो। एकदिने पत्रकारिता तालिममा ५० जनाको सहभागिता पास्टर **गिदोन लामिछाने (तारा)**को प्रमुख प्रशिक्षणमा सम्पन्न एकदिने पत्रकारिता तालिममा पाँचथर, ताप्लेजुङ, इलाम, झापा, मोरङ र सुनसरी गरी कुल ५० जनाको उपस्थिति रहेको…
ईलाम । ईलामको माई नगरपालिका–२ चेप्टीमा बाढीपीडित परिवारलाई राहात सामग्री वितरण गरिएको छ। ईलाम क्षेत्र नं. २ का उपनिर्वाचनबाट विजयी सांसद सुहाङ नेम्बाङको पहलमा केन्द्र सरकारको सहयोगमा प्राप्त सिरक र ढसना वितरण गरिएको हो। स्थानीय सरकार र जनप्रतिनिधिहरूको उपस्थितिमा पहिलो चरणमा ४५ घरधुरीलाई एक/एक थान सिरक र ढसना वितरण गरिएको समाजसेवीले नयाँ तृष्णा अनलाइनसँग जानकारी दिनुभयो। हालैको भीषण बाढीले चेप्टी बस्ती पूर्ण रूपमा डुबानमा परेपछि स्थानीय बासिन्दाको अवस्था अत्यन्त नाजुक बनेको बताइन्छ। स्थानीय सरकारका प्रतिनिधिहरूले थप राहत कसरी उपलब्ध गराउने भन्ने विषयमा गम्भीरतापूर्वक छलफल भइरहेको जानकारी दिनुभयो। बाढीका कारण धेरै ठाउँमा सडक अवरुद्ध भएकाले अझै पूर्ण विवरण संकलन हुन…
झापा । परिवर्तनको लागि युवा नामक समूहको आयोजना र एक्का नेपालको सहकार्यमा झापाको मेचीनगर–६, बर्मेलीटोल गैरीगाउँमा अपांगता समावेशीकरणसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा परिवर्तनको लागि युवाका सहजकर्ता बिष्णु प्रसाईंले अपांगता के हो, अपांगताको प्रकार तथा वर्गीकरण सम्बन्धि जनचेतनामूलक प्रशिक्षण प्रदान गरे। उनले सहभागीहरूलाई अपांगता सम्बन्धी आधारभूत जानकारी दिँदै सामाजिक समावेशीताको महत्वप्रति सचेत गराए। कार्यक्रममा समूहकी संयोजक प्रियंका दनुवारले नेपाल सरकारले प्रदान गर्ने अपांगता परिचयपत्रका चारवटा प्रकारहरू र तिनले दिने सुविधाहरूका बारेमा स्पष्ट विवरण दिइन्। कृपा फ्रि मेथोस्टि चर्च भवनमा सम्पन्न भएको कार्यक्रमको सञ्चालन चाँदनी अन्सारीले गरेकी थिइन् भने एक्का नेपाल पूर्वाञ्चल क्षेत्रीय संयोजक तरुण राईसहित समूहका अन्य सदस्यहरूको…
मानिसलाई निन्द्रा लाग्दा "हाइ आउनु" (yawning) एकदम सामान्य जैविक प्रक्रिया हो। यसको स्पष्ट र एक मात्र कारण अझै वैज्ञानिक रूपमा पूर्णरूपमा पुष्टि भइसकेको छैन, तर केही सम्भावित कारणहरू यस्ता छन्: १. तापक्रम नियन्त्रण (Brain cooling hypothesis) कसैकसैले भन्छन् कि हाइ आउनु मस्तिष्कको तापक्रम घटाउने तरिका हो। जब तपाईं थकित हुनुहुन्छ वा निदाउँदै हुनुहुन्छ, मस्तिष्क अलिकति तातो हुन सक्छ। हाइ गर्दा चिसो हावा नाक र मुख हुँदै शरीरमा प्रवेश गर्छ र त्यसले मस्तिष्कलाई चिस्याउने काम गर्न सक्छ। २.मस्तिष्कलाई अक्सिजन पुर्याउने प्रयास हाइ आउँदा हामी गहिरो सास फेर्छौं, जसले गर्दा बढी अक्सिजन फोक्सोमा जान्छ र त्यसले रगतमार्फत मस्तिष्कसम्म अक्सिजन पुर्याउँछ। थकाइ लाग्दा…
१८ जेष्ठ २०८२, आईतवार, मेचीनगर । करुणा फाउन्डेसन, कोशी प्रदेश र मेचीनगर नगरपालिकाको सहकार्यमा, शुभबिहानी मिलीजुली समूहको आयोजनामा अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम अन्तर्गत अपाङ्गता भएका व्यक्तिहरूको सामाजिक सहभागिता अभिवृद्धिका लागि एक दिने टोलस्तरीय जनचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको छ। कार्यक्रम मेचीनगर नगरपालिका–०६ स्थित मेची सामुदायिक सभा हलमा आयोजना गरिएको थियो। कार्यक्रमका प्रमुख अतिथि वडा नं ६ का अध्यक्ष ललित बहादुर तामाङ हुनुहुन्थ्यो। कार्यक्रममा रोनिशा तिम्सिनाले सहभागीबीच प्रशिक्षण दिएकी थिइन् । शुभबिहानी मिलीजुली समूहका अध्यक्ष बिष्णु प्रसाई, पूर्व क्षितिज अपाङ्ग संघ (ओपिडी ) का वरिष्ठ उपाध्यक्ष गंगा संग्रौला, वडाका अन्य जनप्रतिनिधि तथा नगरस्तरका त्यसैगरी नगरपालिका सहजकर्ता सी बी आर का कर्मचारी…
मेचीनगर । प्रेस क्लब मेचीनगरको आयोजना तथा मेचीनगर नगरपालिकाको आर्थिक सहयोगमा तीन दिवसीय एआईसम्बन्धी तालिम सम्पन्न भएको छ। काँकरभिट्टा स्थित होटल नमस्ते बर्मेली टोलमा शुक्रबारदेखि सञ्चालन भएको तालिम आइतबार समापन गरिएको हो। तालिमको पहिलो दिन सञ्चार क्षेत्रका विज्ञ भानुभक्त आचार्यले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) विषयमा प्रशिक्षण दिएका थिए। दोस्रो र तेस्रो दिन भिडियो इडिटिङ सम्बन्धी विषयमा शितल प्रसाद मण्डलले प्रशिक्षण दिए भने डिजिटल पत्रकारितामा कानूनी जटिलताबारे तारामणि सापकोटाले प्रशिक्षण प्रदान गरे। तालिमको समापन कार्यक्रममा प्रमुख अतिथि मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले यस्ता तालिमहरुले नगरका पत्रकार तथा सञ्चारकर्मीहरुको क्षमता अभिवृद्धिमा सघाउ पुर्याउने विश्वास व्यक्त गरे। उनले तालिममा प्राप्त ज्ञान लेखनी तथा व्यवहारमा…
९ वैशाख, काठमाडौं । कक्षा १२ को परीक्षा आगामी वैशाख २१ गतेबाट हुने भएको छ । पर्सि (बिहीबार) देखि सञ्चालन हुने परीक्षा आगामी वैशाख २१ गतेबाट गर्ने निर्णय भएको परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए । यद्यपि बोर्डले परीक्षाको तालिका भने भोलि मात्रै सार्वजनिक गर्नेछ । बोर्डको बैठक बसेर परीक्षाको तालिका तय गर्ने निर्णय भएको स्रोतले बताएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पर्सि ११ गतेबाट सुरु हुने परीक्षा केही दिन सार्न निर्देशन दिएका थिए । सोही अनुसार परीक्षा बोर्डले केहीबेरमा परीक्षा सर्ने जानकारी गराउँदै सूचना निकाल्दैछ । शिक्षकहरूको आन्दोलनका कारण कक्षा १२ को परीक्षा स्थगित गरिएको हो ।
झापा । नेपाल राष्ट्रिय शिक्षक संगठन झापा अध्यक्षमा लम्बोदर पौडेल सर्वसम्मत चयन भएका छन् । गत फागुन २४ गते बिर्तामोडमा सम्पन्न १४ औं अधिवेशनमार्फत नयाँ कार्यसमिति चयनका लागि प्रक्रिया सुरु भएको थियो । अधिवेशनका दिन अध्यक्षलगायत कोषाध्यक्षबाहेकका पदमा सहमति जुट्न नसकेपछि निर्वाचन प्रक्रिया सुरु भएको थियो । जसमा अध्यक्ष पदका लागि निवर्तमान उपाध्यक्ष पुण्य सुवेदी तथा निवर्तमान सचिव पौडेलको उम्मेदवार परेको थियो । एकभन्दा बढीको उम्मेदवारी परेपछि सर्वसम्मत नेतृत्व चयनका लागि संगठन नेतृत्वले पहल गरेको थियो । जसका लागि राष्ट्रिय समिति सदस्य बुद्धिमान कार्कीको संयोजकत्वमा ५ सदस्यीय अध्यक्ष मण्डल निर्माण गरिएको थियो । मण्डलमा पूर्व राष्ट्रिय समिति सदस्य नारायणप्रसाद गौतम, प्रदेश उपाध्यक्ष…
७ चैत्र , काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) आजबाट शुरू हुँदै छ । आजबाट १९ गतेसम्म सञ्चालन हुने एसइई परीक्षामा ११ हजार २ सय १६ विद्यालयबाट ५ लाख १४ हजार ७१ जनाले परीक्षा दिँदैछन् । गत वर्ष ४ लाख ६४ हजार ७ सय ८५ परीक्षार्थी सहभागी भएकोमा यस वर्ष परीक्षार्थीको संख्यामा ४९ हजार २ सय ८६ ले वृद्धि भएको हो । त्यसमा प्राविधिक धारतर्फका १६ हजार ९ सय ४७ विद्यार्थी छन् । सबैभन्दा बढी काठमाडौंमा ३९ हजार ६ सय र कम मनाङमा ४३ जना परीक्षार्थीले परीक्षा दिँदैछन् । तथ्याङ्कअनुसार परीक्षामा २ लाख ५७ हजार ७ सय ३०…