२३ बैशाख २०८३, बुधबार, गर्मी बढेसँगै छालामा रुखोपन, कालोपन, चाउरी पर्ने जस्ता समस्या देखिन सक्छन्। यस्तो अवस्थामा बाह्य स्याहार मात्र होइन, सही खानपान पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ। छालालाई स्वस्थ, चम्किलो र सुरक्षित राख्न यी खानेकुरा आफ्नो दैनिक आहारमा समावेश गर्न नबिर्सनुहोस् तरबुजा र खरबुजा ९०% भन्दा बढी पानीयुक्त यी फलहरूले शरीरलाई हाइड्रेट राख्नुका साथै गर्मीमा छालालाई भित्रैदेखि चिसो, ताजा र स्वस्थ राख्न मद्दत गर्छन्। कागती र पुदिना पानी डिटक्सका लागि उपयोगी यो पेयले शरीरमा पानीको सन्तुलन कायम राख्दै विषाक्त पदार्थ बाहिर निकाल्न मद्दत गर्छ र छालालाई ताजा, सफा तथा चम्किलो बनाउँछ। दही प्रोबायोटिक्सयुक्त दहीले पाचन प्रणाली सन्तुलित राख्न मद्दत गर्छ,…
२२ बैशाख २०८३, मंगलवार, मेचीनगर । असल मित्र नेपाल झापा शाखाले मंगलबार मेचीनगर–६ स्थित घारी रेष्टुरेन्टमा सहकार्य बैठक सम्पन्न गरेको छ। झापा शाखा अध्यक्ष दल बहादुर गुरुङ (रमेश)को अध्यक्षतामा सम्पन्न कार्यक्रममा मेचीनगर नगरपालिकाकी उपमेयर मिना पोखरेल उप्रेती प्रमुख अतिथिको रूपमा सहभागी हुनुहुन्थ्यो भने संस्थाका केन्द्रीय अध्यक्ष ज्ञान बहादुर सुनुवार विशिष्ट अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। बैठकमा वडा प्रतिनिधि, सुरक्षा निकाय तथा महिला र बालबालिका क्षेत्रमा क्रियाशील विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। कार्यक्रममा सहभागीहरूले सामाजिक समस्या न्यूनीकरण, मानव बेचबिखन नियन्त्रण तथा महिला–बालबालिका संरक्षणका लागि आपसी सहकार्य अपरिहार्य रहेकोमा जोड दिएका थिए। कार्यक्रममा बोल्दै असल मित्र नेपालका केन्द्रीय अध्यक्षले संस्थाले समाजमा सकारात्मक परिवर्तन…
काँकरभिट्टा । नव अभियान नेपाल शाखा कार्यालय काँकरभिट्टाको आयोजनामा नेपाल–भारत क्रस बोर्डर कोर्डिनेशन मिटिङ सम्पन्न भएको छ। कार्यक्रममा संस्थाका कार्यकारी निर्देशक सबिना श्रेष्ठको अध्यक्षता रहेको थियो। कार्यक्रमका प्रमुख अतिथि इलाका प्रहरी कार्यालय काँकरभिट्टाका डीएसपी निशेष चापागाई रहेका थिए भने विशिष्ट अतिथिका रूपमा मेचीनगर वडा नं. ६ का अध्यक्ष ललित बहादुर तामाङ तथा कञ्चनजंघा उद्धार केन्द्र, सिलगुरीका प्रभात पाठकको उपस्थिति रहेको थियो। त्यस्तै अतिथिहरूमा सशस्त्र प्रहरी बल नेपालका प्रहरी नायव निरीक्षक भरत धमला, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रका प्रहरी नायव निरीक्षक मिलन कुमारी राई, कञ्चनजंघा उद्धार केन्द्रका रंगु शौरिया, राजु नेपाली तथा तेजकुमार थापाले आफ्ना धारणा राखेका थिए। कार्यक्रममा…
१३ बैशाख २०८३, आईतवार, काठमाडौँ । योवर्षको कक्षा १२ को परीक्षा भोली सोमबारबाट सुरु हुँदैछ । परीक्षामा ४ लाख १८ हजार ८ जना विद्यार्थी सहभागी हुँदैछन् । गतवर्षको तुलनामा योवर्ष करिब ९० हजार विद्यार्थी घटेका छन् । गत वर्षसम्म पुरानोकोर्षका विद्यार्थी सहभागी थिए । त्यसले गर्दा विद्यार्थी संख्या बढेको पनिकाको भनाई छ । परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले पुरानो कोर्ष अध्ययनगर्ने विद्यार्थीले ३ वषसम्म परीक्षा दिने अवसर पाएका कारण गत वर्षसम्म विद्यार्थी संख्या बढेको जानकारी दिनुभयो । तीनवर्षसम्मको अवसर सकिएकाले यो वर्ष विद्यार्थी संख्या घटेको हो । यतिका धेरै विद्यार्थी घट्नुको कारण खोजी गर्नुपर्ने देखिएको छ । एसईईमा करिब साढे ४…
१७ चैत २०८२ मंगलबार, काँकरभिट्टा । मानव बेचबिखन तथा लैङ्गिक हिंसा अन्त्य गर्ने उद्देश्यले काँकरभिट्टामा स्थानीय निकाय र सरोकारवालाबीच समन्वयात्मक बैठक सम्पन्न भएको छ। कार्यक्रम आफन्त नेपाल, शाखा कार्यालय काँकरभिट्टाको आयोजनामा सम्पन्न भएको हो। “मानव बेचबिखन र लैङ्गिक हिंसा अन्त्यको अभियान” भन्ने मूल नारासहित आयोजित कार्यक्रममा जिल्ला संयोजक मात्रिका गुरुङको अध्यक्षता रहेको थियो। प्रमुख अतिथिका रूपमा मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना पोख्रेल उप्रेती सहभागी रहनुभएको थियो। साथै वडा नं. ६ का सदस्य ध्रुवकुमार राई, इलाका प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल, विभिन्न संघसंस्था तथा सरोकारवालाको उपस्थिति रहेको थियो। कार्यक्रममा आफन्त नेपालका गतिविधिबारे विस्तृत प्रस्तुति संस्थाकी मेनुका नेपालले दिनुभयो। उहाँले संस्थाको परिचय, उद्देश्य, कार्यक्षेत्र,…
११ चैत्र २०८२, बुधबार, झापा, काँकरभिट्टा । मानव बेचबिखन तथा लैङ्गिक हिंसा अन्त्य गर्ने उद्देश्यले स्थानीय निकायहरूसँग समन्वयात्मक बैठक सम्पन्न भएको छ। उक्त कार्यक्रम आफन्त नेपाल, शाखा कार्यालय काँकरभिट्टाको आयोजनामा सम्पन्न भएको हो। कार्यक्रमको सभाअध्यक्षता जिल्ला संयोजक मात्रिका गुरुङले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा मेचीनगर नगरपालिका वडा नं. ६ का प्रतिनिधि भविन्द्र सुव्बाको उपस्थिति रहेको थियो। कार्यक्रममा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो, जसमा माइती नेपालका क्षेत्रीय संयोजक गोविन्द घिमिरे, सशस्त्र प्रहरी बलका गंगा कटुवाल, नेपाल प्रहरी काकरभिट्टाका नायक निरीक्षक मिलन कुमारी राई, नेपाल प्रहरीका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाकी अम्बिका तामाङ, नव अभियान नेपालकी अनिता खनाल गुरागाईं,…
नेपालको समकालीन राजनीतिमा जब सादगी, स्पष्टता र कर्ममुखी नेतृत्वको कुरा उठ्छ, तब हर्क साम्पाङ्गको नाम स्वतः अगाडि आउँछ। उनी केवल एउटा पदमा निर्वाचित व्यक्ति मात्र होइनन्, बरु एउटा सोच, एउटा आन्दोलन र एउटा जनभावनाको प्रतिनिधि पात्र हुन्। देशले चाहेको इमान्दार, निडर र देशप्रेमी नेताको प्रतिरूपका रूपमा उनी स्थापित भएका छन्। सिधा बोल्ने, नडराउने स्वभाव हर्क साम्पाङ्गको सबैभन्दा ठूलो विशेषता भनेको उनको सिधा र स्पष्ट बोली हो। उनी कूटनीतिक घुमाउरो भाषाभन्दा पनि तथ्य र सत्यलाई प्राथमिकता दिन्छन्। गलत देखेपछि चुप लागेर बस्ने स्वभाव उनको छैन। चाहे त्यो सरकारी संयन्त्रको ढिलासुस्ती होस् वा राजनीतिक विकृति—उनी खुलेर आलोचना गर्छन्। यसले उनलाई कहिलेकाहीँ विवादमा…
रेभ. शमूएल तामाङ, प्रारम्भिक चर्चहरुमा पहिलो शताब्दी देखि तेस्रो शताबदीसम्म पनि धूप बाल्ने प्रचलन थिएन, किनकी त्यसबेला धूप बाल्ने कुरा रोमीहरुको मूर्तिपुजासंग जोडिएको थियो । त्यसपछि चौथो शताब्दीपछि राजा Constantine चर्चमा प्रवेश गरेपछि इसाईमतलाई सार्वजनिक मान्यता पाए, त्यसपछि चर्चमा लिटर्जीको प्रचलन र चर्चमा रोमी संस्कृतिको प्रभावमा र यहोदी धर्मको प्रभावले धूप बाल्ने चलन चर्चमा पसेको हो । पछि अर्थोडक्स चर्च, रोमन क्याथोलिक चर्चले अधिकरुपमा धूप बाल्ने प्रचलन प्रयोगमा ल्याएको देखिन्छ । हाल नेपालमा बिलिभर्स इस्ट्रन चर्चले पनि यो धूप बाल्ने प्रचलनलाई सुरुवात गरेको र यसले व्यापक्ता पाएको देखिन्छ । हुनत उनीहरुले यो प्रचलन प्रेरितहरुको समय देखि कै हो भनेर दाबी…
तरुण राई, १२ माघ २०८२ सोमबार, मेचीनगर । परिवर्तनको लागि युवा समूहको आयोजना तथा एक्का नेपाल र ग्लोबल गिविङ्गको सहयोगमा मेचीनगर –१५, अवस्थित ग्वाला बस्ती (मेची पारी)मा रहेको श्री मेची प्राथमिक विद्यालयलाई “विद्यालय कक्षा सुधार कार्यक्रम“ अन्तर्गत विद्यालय कक्षा सुधारको निम्ति सहयोग प्रधान गरिएको छ। विद्यालय प्रधान अध्यापक लोकेन्द्र थपलियाले मेची पारीको नेपाल भनेर चिनिने क्षेत्रमा रहेको मेची प्राथमिक विद्यालय मेची नदीको कारण पुग्नको निम्ति भौगालिक कठिनाई रहेता पनि विद्यालयलाई विद्यालय कक्षा सुधारको निम्ति सहयोग प्रधान गर्नु भएकोमा आयोजक तथा सहयोगी संस्थालाई धन्यवाद दिनु भयो। एक्का नेपालको कार्यकारी निर्देशक योगेन्द्र चित्रकारद्धारा विद्यालयलाई विद्यालय कक्षा सुधारको निम्ति प्रदान गरिएका सामग्रीले विद्यालय…
आत्मिक बोलाहट, मण्डलीको एकता र नेपाली ख्रीष्टियन समाजको जिम्मेवारी – होमराज राई, ७ माघ २०८२, बुधबार, नेपाल ख्रीष्टियन समुदायका लागि अहिलेको समय आत्मिक मात्र होइन, गम्भीर आत्म–मूल्याङ्कनको समय पनि बनेको छ। प्रतिनिधिसभाको प्रत्यक्ष निर्वाचन नजिकिँदै गर्दा केही पास्टर तथा आत्मिक अगुवाहरू प्रत्यक्ष राजनीतिमा उम्मेदवार बनेको देखिनु, र त्यसले मण्डलीभित्र विभिन्न प्रश्न, बहस र विवाद जन्माउनु स्वाभाविक हो। ख्रीष्टियन विश्वासको मूल उद्देश्य मानिसलाई एक परमेश्वरसँग आत्मिक रूपमा डोर्याउनु, पवित्रता, प्रेम र मेलमिलापमा हुर्काउनु हो। चर्च कुनै राजनीतिक संस्था होइन; यो आत्मिक परिवार हो। त्यस परिवारका अगुवा—पास्टर, बिशप र सेवकहरू—मण्डलीका गोठालो हुन्, पार्टीका नेता होइनन्। बाइबल अनुसार पास्टरको भूमिका सत्ता प्राप्त गर्ने…