मेचीनगर, झापा । मेचीनगर प्रेस क्लबद्वारा आयोजना गरिएको इन्डो–नेपाल मेचीनगर मिडिया फुटबल कप–२०८२ को उपाधि तराई प्रेस क्लब दार्जिलिङले जितेको छ । सोमबार सम्पन्न फाइनलमा दार्जिलिङले भद्रपुर प्रेस क्लबलाई २–० को अन्तरले पराजित गर्दै च्याम्पियन बनेको हो। पहिलो हाफ गोलरहित रहे पनि दोस्रो हाफ सुरु भएको दुई मिनेटमै दार्जिलिङका प्रवेश भुजेलले पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाए । त्यसपछि ४४ औँ मिनेटमा दावा लामाले दोस्रो गोल थपेपछि विजय दार्जिलिङतर्फ उन्मुख बन्यो। विजेता दार्जिलिङले उपाधिसहित ५० हजार रुपैयाँ नगद र सिल्ड प्राप्त गर्यो भने उपविजेता भद्रपुरले २५ हजार रुपैयाँ र ट्रफि हात पारेको छ । अन्तिम गोलकर्ता दावा लामा फाइनल खेलको…
४ कार्तिक २०८२, मंगलवार, टोकियो। साने ताकाइची जापानकी पहिलो महिला प्रधानमन्त्री बनेकी छिन्। जापानी संसदका दुवै सदनमा भएको मतदानमा उनले बहुमत हासिल गर्दै ऐतिहासिक जित हासिल गरेकी हुन्। ६४ वर्षीया ताकाइचीलाई जापानको “आइरन लेडी” भनेर चिनिन्छ। उनी दक्षिणपन्थी नेतृ हुन् र सत्तारूढ लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) की सदस्य हुन्। यो ताकाइचीको प्रधानमन्त्री बन्ने तेस्रो प्रयास हो। पछिल्लो पाँच वर्षमा एलडीपीले नयाँ प्रधानमन्त्री चयन गरेको यो चौथो पटक हो। ताकाइची एलडीपीको कट्टरपन्थी गुटसँग सम्बन्धित छिन् र पूर्व प्रधानमन्त्री शिन्जो आबेकी नजिककी मानिन्छिन्। उनी पहिले सरकारी मन्त्री, टेलिभिजन होस्ट, र हेभी मेटल ड्रमर समेत रहिसकेकी छिन् — जसले उनलाई जापानमा बहुआयामिक व्यक्तित्वको…
३१ आश्विन २०८२, शुक्रबार, काठमाडौँ। नेपालले आईसीसी टी–२० विश्वकप एसिया–ईस्ट एसिया प्यासिफिक छनोटको उपाधि जितेको छ । ओमनमा भएको छनोटको अन्तिम खेलमा सामोआलाई १२४ रनले पराजित गर्दै नेपालले उपाधि जितेको हो । नेपालले दिएको २१२ रनको लक्ष्य पछ्याएको सामोआले २० ओभरमा ७ विकेट गुमाएर मात्र ८७ रन बनाउन सक्यो । सामोआका लागि सेन सोलियाले सर्वाधिक ४० रन बनाए । बलिङमा नेपालका ललित राजवंशीले सर्वाधिक ३ विकेट लिए । करण केसी, सन्दीप लामिछाने र कप्तान रोहित पौडेलले एकएक विकेट लिए । त्यसअघि टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २११ रन बनाएको थियो । नेपालका…
३१ आश्विन २०८२, शुक्रबार, बाङ्ग्लादेशमा विद्यार्थीहरूको नेतृत्वमा भएको आन्दोलन दमन गर्न घातक बल प्रयोग गरेको भन्दै अभियोजनकर्ताहरूले तात्कालिक प्रधानमन्त्री शेख हसिनाविरुद्ध मृत्युदण्ड माग गरेका छन्। आन्दोलन उत्कर्षमा पुगेपछि शेख हसिना सत्ता त्याग्न बाध्य भइन्। त्यसपछि उनले भारतमा शरण लिएकी छन्। मानवताविरुद्ध अपराध गरेको अभियोगमा उनको अनुपस्थितिमै हसिनाविरुद्ध मुद्दा चलेको छ। सार्वजनिक भएको एउटा अडिओ क्लिपमा शेख हसिनाले आन्दोलनकारीहरूविरुद्ध "घातक हतियारहरू" प्रयोग गर्न निर्देशन दिएको सुनिन्छ। यद्यपि उनले आफूमाथि लागेका अभियोगको खण्डन गरेकी छन्। बीबीसीबाट
२२ भाद्र २०८२, काठमाडौँ। नेपाल सरकारले भदौ १९ गतेदेखि सूचीकरणमा नपरेका फेसबुक, इन्स्टाग्राम, युट्युब, ह्वाट्सएप, लिङ्क्डइनसहित दर्जनौँ सामाजिक सञ्जाल बन्द गर्ने निर्णयप्रति संयुक्त विद्यार्थी संगठनहरूले आपत्ति जनाएका छन्। संयुक्त विज्ञप्तिमा उनीहरूले सामाजिक सञ्जाल बन्द हुँदा सहज सञ्चारमा अवरोध भएको र यसले अभिव्यक्ति स्वतन्त्रता, सूचनाको पहुँच, विद्यार्थीको अध्ययन–अनुसन्धान र अन्वेषणमा गम्भीर असर पारेको उल्लेख गरेका छन्। विद्यार्थी संगठनहरूले हाल करिब ७० प्रतिशत साना तथा मझौला व्यवसायहरू सामाजिक सञ्जालमा आधारित रहेर बजार विस्तार र ग्राहक सम्पर्क गर्दै आएको तथ्याङ्क प्रस्तुत गर्दै प्रतिबन्धका कारण रोजगारी गुम्ने र व्यवसाय धराशायी हुने खतरा रहेको बताएका छन्। विज्ञप्तिमा भनिएको छ, “नेपाल सरकारलाई सामाजिक सञ्जाल बन्द गर्ने…
१६ भाद्र २०८२, सोमबार, थियानजिन (चीन) साङ्घाई सहयोग सङ्गठन (एससिओ) को शिखर सम्मेलनका लागि चीनको थियानजिनमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र रुसी महासङ्घका राष्ट्रपति भ्लादिमीर पुटिनबीच आज भेटवार्ता भएको छ । उनीहरुबीच दुई देशको आपसी सम्बन्धका विविध आयामबारे कुराकानी भएको छ । उच्चस्तरीय भ्रमणको आदानप्रदान र आर्थिक, शैक्षिक, सांस्कृतिक, सूचना प्रविधि, लगानीलगायतका क्षेत्रमा सहकार्य अभिवृद्धि गर्ने सम्बन्धमा पनि छलफल भएको जनाइएको छ । न्युज अफ नेपाल
२६ श्रावण २०८२, सोमबार, काठमाडौँ । गाजा सिटीको अल–शिफा अस्पताल नजिक इजरायली आक्रमणमा अल जजिराका चार पत्रकारको मृत्यु भएको छ। निधन हुनेमा संवाददाता अनस अल–शरीफ, मोहम्मद कुरैकेह, क्यामेरा सहायक इब्राहिम जाहेर र मोहम्मद नुफाल रहेका छन्। अल जजिराका अनुसार उनीहरू अस्पतालको मुख्य गेटमा पत्रकारका लागि बनाइएको टेन्टमा रहेका बेला आक्रमण भएको हो। आक्रमणपछि इजरायली सेनाले अनस अल–शरीफलाई हमासको आतङ्कवादी सेलको प्रमुख रहेको दाबी गरे पनि अल जजिराले यसलाई असत्य र पत्रकारमाथिको ‘उत्तेजना अभियान’को हिस्सा भएको बताएको छ। ‘कमिटी टु प्रोटेक्ट जर्नलिस्ट्स’का अनुसार अक्टोबर २०२३ देखि गाजामा इजरायली सैन्य कारबाहीमा १८६ पत्रकारको ज्यान गइसकेको छ।
२३ श्रावण २०८२, शुक्रबार, झापा । भारतका विभिन्न स्थानबाट हराएका चार जना नेपाली बालबालिकाको उद्धार गरी नेपाल ल्याइएको छ। धम्पालथान गाउँपालिका–७, मारेङ कमलपुरका १४ वर्षीय सर्बेन्द्र सिंह नुनिया भारतको फरबिसगञ्जस्थित मामाघरमा आफन्तको विवाहमा जन्ती जान गएका थिए। कलकत्तातर्फ जाने गाडिमा सुतिरहेको अवस्थामा हराएका उनी पाँच महिना पछि भारतको सिनी, कलकत्ताले फेला परे। उनलाई नव अभियान नेपालको समन्वय र नेपाल प्रहरी काँकरभिट्टाको सहयोगमा काँकरभिट्टामा उनका अभिभावक बलराम कुमारसिंह नुनियालाई बुझाइएको हो। भोजपुर, दोभाने मातेल–५ की १६ वर्षीया सम्निमा राई घरबाट हराएको १६ दिनपछि जलपाईगुडीस्थित बालिकाहरुको लागि निजलोय गृहको सहयोगमा उद्धार गरिएको छ। आफन्तको सल्लाहबिना होटेलमा काम लगाइदिने बहानामा भारत पुर्याइएकी एक…
काठमाडौं, साउन १८ । महिला कोपा अमेरिका फुटबल प्रतियोगितामा ब्राजिलले कोलम्बियालाई सडनडेथ पेनाल्टी सुटआउटमा ५–४ ले पराजित गर्दै लगातार पाँचौं पटक उपाधि जितेको छ। आइतबार राति इक्वेडरको रोड्रिगो पाज डेल्गाडो रंगशालामा सम्पन्न रोमाञ्चक फाइनल खेलको निर्धारित ९० मिनेट र अतिरिक्त समयसम्म ४–४ को बराबरी भएपछि निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो। यससँगै ब्राजिलले प्रतियोगिताको इतिहासमा कुल नौ पटक उपाधि जित्न सफल भएको छ। कोलम्बियाका लागि भने यो चौथो पटक फाइनलमा ब्राजिलसँगै पराजित हुने लज्जास्पद इतिहास दोहोरिएको छ। यसअघि २०१०, २०१४ र २०२२ को संस्करणमा पनि कोलम्बिया ब्राजिलसँगै फाइनलमा हार्दै उपविजेतामा सीमित रहनुपरेको थियो। तेस्रो स्थानमा अर्जेन्टिना तेस्रो स्थानका लागि शनिबार बिहान…
लोकप्रिय मेसेजिङ प्लाटफर्म ह्वाट्सएपले कम प्रकाशयुक्त ठाउँमा फोटोग्राफीलाई उत्कृष्ट बनाउनका लागि आफ्नो एन्ड्रोइड एपमा एक नयाँ फिचरको तयारी गरिरहेको छ । समाचार अनुसार उक्त नाइट मोड फिचर ह्वाट्सएपको नयाँ बिटा भर्सनको क्यामेरा इन्टरफेसमा देखिएको छ । उक्त फिचरको उद्देश्य कम प्रकाशमा उत्कृष्ट तथा सफासँग देखिने तस्वीर खिच्नु हो, ताकि कुनै बाहिरी फिल्टर आवश्यक नपरोस् । नाइट मोडले कसरी काम गर्छ ? WABetaInfo का अनुसार WhatsApp Beta for Android v2.25.22.2 मा यो नयाँ फिचर देखिएको छ । यसको क्यामेरा इन्टरफेसको दायाँ माथिपट्टि कर्नरमा फ्लास आइकनकै छेउमा चन्द्रमा आकारको आइकन थपिएको छ । उक्त आइकनलाई ट्याप गरेपछि नाइट मोडलाई अन/अफ गर्न सकिन्छ…