Skip to main content

नयाँ तृष्णा

गाजामा अल जजिराका चार पत्रकारको मृत्यु, ज्यान गुमाउने पत्रकारको संख्या १८६ पुग्यो

[adsforwp id="2511"]

काठमाडौँ ।

गाजा सिटीको अल–शिफा अस्पताल नजिक इजरायली आक्रमणमा अल जजिराका चार पत्रकारको मृत्यु भएको छ। निधन हुनेमा संवाददाता अनस अल–शरीफ, मोहम्मद कुरैकेह, क्यामेरा सहायक इब्राहिम जाहेर र मोहम्मद नुफाल रहेका छन्।

अल जजिराका अनुसार उनीहरू अस्पतालको मुख्य गेटमा पत्रकारका लागि बनाइएको टेन्टमा रहेका बेला आक्रमण भएको हो।

आक्रमणपछि इजरायली सेनाले अनस अल–शरीफलाई हमासको आतङ्कवादी सेलको प्रमुख रहेको दाबी गरे पनि अल जजिराले यसलाई असत्य र पत्रकारमाथिको ‘उत्तेजना अभियान’को हिस्सा भएको बताएको छ।

‘कमिटी टु प्रोटेक्ट जर्नलिस्ट्स’का अनुसार अक्टोबर २०२३ देखि गाजामा इजरायली सैन्य कारबाहीमा १८६ पत्रकारको ज्यान गइसकेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

यूएईलाई हराउँदै नेपाल प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट

यूएईलाई हराउँदै नेपाल प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट

काठमाडौं । नेपाल एसीसी प्रिमियर कपको विजेता बन्दै एसिया कपका लागि छनोट भएको छ । शनिबार भएको फाइनलमा यूएईलाई पराजित गर्दै नेपाल एस...
भोटेकोशी बाढी : १ हजार ३८४ शव फेला, ४ हजार ८९ बेपत्ता

भोटेकोशी बाढी : १ हजार ३८४ शव फेला, ४ हजार ८९ बेपत्ता

काठमाडौं । भोटेकोशी बाढीपछि शुक्रबार १७ः०० बजेसम्म १ हजार ३ सय ८४ जनाको शव फेला परेको छ । रसुवा, नुवाकोट, धादिङ, चितवन, गोरखा,...
प्रेस युनियन खोटाङको अध्यक्षमा चिसाङ शेर्पा सर्वसम्मत

प्रेस युनियन खोटाङको अध्यक्षमा चिसाङ शेर्पा सर्वसम्मत

खोटाङ।   नेपाल प्रेस युनियन खोटाङको अध्यक्षमा चिसाङ शेर्पा सर्वसम्मत चयन हुनुभएको छ । प्रेस युनियन खोटाङको शुक्रबार ...
प्रधानमन्त्री वालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत

प्रधानमन्त्री वालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत

काठमाडौँ — प्रधानमन्त्री वालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत गरिएको छ ।  बिहीबारको मन्त्रिपरिषद् बैठकले असोज ६ देखि १० सम्म संय...