झापा । झापाको बिर्तामोड–३ स्थित बिराटपोखरिमा बालाचतुर्दशीको अवसर पारेर आयोजित गंगा आरती तथा संध्याकालीन भजन–कीर्तन कार्यक्रम सम्पन्न भएको छ। बिराटपोखरी बहुदेशीय संस्थाको आयोजना रहेको उक्त धार्मिक कार्यक्रममा स्थानीय भक्तजनको सक्रिय सहभागिता रहेको थियो। संस्थाका सचिव जगन्नाथ भट्टराईका अनुसार संध्याकालीन भजन–कीर्तनपछि रातभर जाग्राम राखी भजन–कीर्तन गरिएको थियो। साथै बिहान ३ बजेबाट पितृहरूको नाममा सतबीज छर्ने कार्यक्रम सञ्चालन गरिएको उनले जानकारी दिए। राजकुमार पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रमले धार्मिक तथा सांस्कृतिक वातावरणलाई झन् समृद्ध गरेको आयोजक संस्थाले जनाएको छ।
२९ कार्तिक २०८२, शनिबार, झापाको बिर्तामोडमा आयोजित नेकपा एमालेको जनजागरण सभा सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सचिव अर्याल प्रमुख अतिथि रहेका थिए। सभामा पूर्वमन्त्री देवेन्द्र दाहाल, नेकपा एमाले झापा जिल्ला सचिव रोमनाथ ओली, कोशी प्रदेश सभा सदस्य चिन्तन पाठक, कोशी प्रदेशका खानेपानी तथा सिंचाइ मन्त्री एकराज कार्की लगायतका नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा सम्बोधन गर्ने विभिन्न नेताहरूले देशमा अराजकता बढ्दै गएको, विदेशी हस्तक्षेप भूमिगत रूपमा प्रवेश गरी जनतालाई भड्काउने प्रयास भइरहेको जस्ता विषय उठाए। उनीहरूले संविधानको रक्षा, नेपाल–नेपालीको अधिकार सुनिश्चित गर्न नेकपा एमाले कुनै पनि आवश्यक कदम चाल्न तयार र दृढ रहेको धारणा व्यक्त गरे।…
२८ कार्तिक २०८२, शुक्रबार, वर्षौंसम्म अलपत्र पर्दै आएको ‘पूर्वको पहिलो बहुआयामिक सांस्कृतिक संग्रहालय’ सञ्चालनमा ल्याउने अन्तिम तयारीमा मेचीनगर नगरपालिका जुटेको छ। झापा क्षेत्रका २२ जातजातिको कला, पहिचान र संस्कृतिलाई संरक्षण गर्ने लक्ष्यसहित २०७५ सालमा जमिन व्यवस्थापनबाट सुरू भएको यो परियोजना कानुनी तथा प्राविधिक जटिलताका कारण बीचैमा रोकिएको थियो। २०७८ सालमै आंशिक संरचना तयार गरिए पनि विद्यालय व्यवस्थापन समिति र नगरपालिकाबीच कागजी सहमति नहुँदा निर्माण अघि बढ्न नसकेको नगरप्रमुख मनोजकुमार बुढाथोकी बताउँछन्। उनका अनुसार, ‘सम्भावित मुद्दा र अस्पष्ट सम्झौताका कारण राज्यको लाखौं बजेट उपयोगविहीन हुन लागेको थियो। अब सम्पूर्ण कानूनी प्रक्रिया पूरा गरी निर्माणको वास्तविक स्थिति मूल्यांकन गरेर सञ्चालनमा लैजाने…
Organized by Shalom Events Nepal | Powered by SDA Church Nepal | Main Sponsor: United Citizens Party, Kathmandu Birtamod, Jhapa —The much-anticipated Inter-Church 5A Futsal Tournament has concluded successfully in Birtamod, Jhapa. The event was organized by Shalom Events Nepal with the main sponsorship of the United Citizens Party, Kathmandu and active participation from various local churches and Christian fellowships. The tournament aimed to strengthen unity, friendship, and fellowship among Christian communities through sports and teamwork. Tournament Results The competition was filled with energy and sportsmanship, producing the following winners: Champion: New Life Fellowship Team — Prize: Rs. 40,000 Runner-Up:…
२४ कार्तिक २०८२, सोमबार, झापा, बिर्तामोड । झापाको बिर्तामोडमा ईसाई मण्डलीहरूले आयोजना गरेको फुटसल टुर्नामेन्ट सफलतापूर्वक सम्पन्न भएको छ। प्रतियोगितामा न्युलाईफ फेलोसिप समूह विजेता बनेको छ भने गड भिजन समूह उपविजेता रह्यो। त्यस्तै, N.E.M समूह ले तेस्रो (सान्त्वना) स्थान हासिल गर्न सफल भयो। प्रतियोगिताको पुरस्कार राशी यस प्रकार रहेको थियो: पहिलो स्थान: रु. 40,000 दोस्रो स्थान: रु. 20,000 तेस्रो स्थान: रु. 10,000 कार्यक्रमको आयोजना सालोम इभेन्ट नेपाल ले गरेको थियो भने संयुक्त नागरिक पार्टी मुख्य प्रायोजक रहेको थियो। साथै, विभिन्न मण्डली र संस्थाहरूको सहयोगमा प्रतियोगिता सफलतापूर्वक सम्पन्न गरिएको आयोजकहरूले जानकारी दिएका छन्।
२३ कार्तिक २०८२, आईतवार, झापा । नेपाल ख्रीष्टियन रिभाइवल चर्च काउन्सिलको ३२औं वार्षिक सम्मेलन तथा अधिवेशन यस वर्ष झापा जिल्लाको अर्जुनधारा–२, गाँजाबारीस्थित ख्रीष्टियन रिभाइवल चर्चको प्रांगणमा भव्य, सभ्य र आशिषमय वातावरणमा सम्पन्न भएको छ। सम्मेलनको पहिलो दिनको कार्यक्रम मिति २०८२ साल कार्तिक २० गते बिहीबार आरम्भ भएको थियो भने समापन समारोह मिति २०८२ साल कार्तिक २२ गतेका दिन सम्पन्न भयो। यस वर्षको सम्मेलनको मुख्य शिर्षक बाइबलको वचन “मत्ती २४:४२” (“यसकारण जागा रहो, किनकि तिमीहरूका प्रभु कुन दिन आउनेछन् भनी तिमीहरू जान्दैन...”) रहेको थियो। कार्यक्रममा देशका विभिन्न स्थानबाट आएका सेवक, अगुवा र विश्वासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सम्मेलनमा आत्मिक…
१७ कार्तिक २०८२, सोमबार, झापा, सिवसताक्षी | झापाको सिवसताक्षी–दूदे रंगशालामा सुरु भएको महिला गोलकप प्रतियोगिताको उद्घाटन खेलमा नेपाल पुलिस क्लबले शानदार जीत दर्ता गरेको छ। उद्घाटन खेलमा पुलिस क्लबले चर्च ब्वाइज नेपाललाई ८–० गोलको फराकिलो अन्तरले पराजित गरेको हो। प्रतियोगिताको उद्घाटन सिवसताक्षी नगर प्रमुख मेघाहाङ थोप्रा रोशनले पानसमा दियो बालेर गर्नुभएको थियो। कार्यक्रममा झापा जिल्लाभरिका विभिन्न पालिकाका प्रमुख, बुद्धिजीवी, समाजसेवी तथा खेलप्रेमी दर्शकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमका क्रममा दर्शकहरूको मनोरञ्जनका लागि लिम्बू संस्कृतिको झल्को दिने नृत्य र गायन प्रस्तुति पनि गरिएको थियो। कार्यक्रमको सञ्चालन भुमिका फ्याक लिम्बूले गरेकी थिइन्।
१० कार्तिक २०८२, सोमबार, ईलाम । माई नगरपालिका स्तरिय ईसाई समाजको मासिक घुमन्ते संगति हालै सम्पन्न भएको छ। संगति माई नगरपालिका र अर्जुनधारा नगरपालिकाको संगमस्थल सुखानीस्थित नेहेमया चर्चमा सम्पन्न भएको हो। कार्यक्रममा दुबै नगरपालिकाभित्रका विभिन्न चर्चहरूको प्रतिनिधित्व गर्दै पास्टर अगुवा, चर्च सदस्य तथा युवाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। संगतिमा पास्टर नोयल राईले बाइबलको तिमोथीको जीवन विषयबाट प्रवचन गर्दै उपस्थित मण्डलीलाई आत्मिक रूपमा उत्साहित गर्नुभएको थियो। कार्यक्रमको सञ्चालन सामुयल राईले गर्नुभएको थियो भने स्तुति–प्रशंसा स्थानीय मण्डली तथा पास्टर डम्बर खजुमको नेतृत्वमा सम्पन्न भएको थियो।
९ कार्तिक २०८२, आईतवार, काठमाडौं । तिहारपछि खुलेको बजारमा सुनको मूल्य तोलामा ११ हजार ६०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलाको २ लाख ४१ हजार ९०० रुपैयाँ कायम भएको छ, जुन तिहारअघि २ लाख ५३ हजार ५०० रुपैयाँ थियो । यस्तै, चाँदीको मूल्य पनि तोलामा २६५ रुपैयाँले घटेर ३ हजार १५ रुपैयाँमा झरेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेकै प्रभाव नेपाली बजारमा देखिएको बताइन्छ । गत बिहीबार सुनको मूल्य इतिहासकै सबैभन्दा ठूलो गिरावटसँगै घटेको थियो ।
८ कार्तिक २०८२, शनिबार, काठमाडौँ। शान्तिपूर्ण आन्दोलनमा सरकारले धरपकड गरेको भन्दै जेन–जी युनाइटेड समूहले आपत्ति जनाएको छ । आज (शनिबार) पत्रकार सम्मेलन गर्दै जेन–जी युनाइटेडका अगुवाहरुले सरकारको विरोध गरेका हुन् । जेन–जी युनाइटेडका अगुवा सागर तामाङले आफूहरुलाई सरकारले युनिफिकेशन हुने मौका नै नदिएको बताए । सरकारले पक्राउ परेका सबै प्रदर्शनकारीहरुलाई विना शर्त तत्काल रिहा गर्नुपर्ने उनले बताए । उनले भने, ‘हामी जेन–जीहरु आन्दोलन गर्दैगर्दा युनिफिकेशन हुनुपर्छ भन्न पनि नपाउनु ? अब हुँदैन यसरी । सरकारले हाम्रा साथीहरुलाई छोड्नुपर्यो । हाम्रो मागहरु छिटो पूरा गर्नुपर्यो । हाम्रो युनिफिकेशन क्याम्पियन जहिलेसम्म पूरा हुँदैन, त्यतिबेलासम्म लागिरहने हो ।’ त्यस्तै, अर्का वक्ता मन्जना राईले…