Skip to main content

नयाँ तृष्णा

जेन–जी युनाइटेडको सरकारलाई चेतावनी – रिहा नगरिए देशभर आन्दोलन

[adsforwp id="2511"]

काठमाडौँ। शान्तिपूर्ण आन्दोलनमा सरकारले धरपकड गरेको भन्दै जेन–जी युनाइटेड समूहले आपत्ति जनाएको छ । आज (शनिबार) पत्रकार सम्मेलन गर्दै जेन–जी युनाइटेडका अगुवाहरुले सरकारको विरोध गरेका हुन् ।

जेन–जी युनाइटेडका अगुवा सागर तामाङले आफूहरुलाई सरकारले युनिफिकेशन हुने मौका नै नदिएको बताए । सरकारले पक्राउ परेका सबै प्रदर्शनकारीहरुलाई विना शर्त तत्काल रिहा गर्नुपर्ने उनले बताए । उनले भने, ‘हामी जेन–जीहरु आन्दोलन गर्दैगर्दा युनिफिकेशन हुनुपर्छ भन्न पनि नपाउनु ? अब हुँदैन यसरी ।

सरकारले हाम्रा साथीहरुलाई छोड्नुपर्यो । हाम्रो मागहरु छिटो पूरा गर्नुपर्यो । हाम्रो युनिफिकेशन क्याम्पियन जहिलेसम्म पूरा हुँदैन, त्यतिबेलासम्म लागिरहने हो ।’

त्यस्तै, अर्का वक्ता मन्जना राईले जेन–जीले बनाएको सरकारले जेन–जीलाई नै टुक्रा–टुक्रा बनाउन चाहेको टिप्पणी गरिन् ।
‘हाम्रै आँखा अगाडि हाम्रा साथीहरुलाई लछारपछार गरेर लगिएको छ ।

जेन–जीले बनाएको सरकार छ । जेन–जीलाई नै टुक्रा–टुक्रा बनाउनको लागि बनाइएको सरकार हो त्यो ?’ प्रश्न गर्दै उनले भनिन् ।

आफूहरुले भोलि पनि शान्तिपूर्ण कार्यक्रम गर्ने र यदि धरपकड भएमा पर्सी देशैभरी नै रणनीति बनाएर अगाडि बढ्ने उनीहरुको भनाई छ । जेन–जी आन्दोलनका घाइते भुपेन्द्र खड्काले सरकारले जेन–जीहरुको शान्तिपूर्ण कार्यक्रम र आवाजलाई दवाउन खोजेको बताए ।

घाइते र सहिदहरुको रगतमा उभिएर बनेको सरकारले जेन–जीमाथि नै दमन गरिरहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

बालेनको राष्ट्रसंघ सम्बोधनप्रति जेनजी नेताहरूको सकारात्मक प्रतिक्रिया : ‘अब कुरा होइन, परिणाम चाहिन्छ’

बालेनको राष्ट्रसंघ सम्बोधनप्रति जेनजी नेताहरूको सकारात्मक प्रतिक्रिया : ‘अब कुरा होइन, परिणाम चाहिन्छ’

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको महासभामा गरेको सम्बोधन...
क्रिकेटमा नेपालले अफगानिस्तानमाथि ५ विकेटको शानदार जित

क्रिकेटमा नेपालले अफगानिस्तानमाथि ५ विकेटको शानदार जित

काठमाडौँ / एसियाली खेलकुदअन्तर्गत क्रिकेटमा आज अफगानिस्तानविरुद्ध नेपालले ५ विकेटको जित हात पारेको छ।  टस जितेर पहिले ब्याटिङ गरे...
साइप्रस नेपाली सङ्गतिद्वारा बाढीपीडितका लागि प्रधानमन्त्री राहत कोषमा रु. २ लाख ५६ हजार सहयोग

साइप्रस नेपाली सङ्गतिद्वारा बाढीपीडितका लागि प्रधानमन्त्री राहत कोषमा रु. २ लाख ५६ हजार सहयोग

निसोसिया, साइप्रस । वैदेशिक रोजगारीका क्रममा साइप्रसमा रहेका नेपाली इसाई विश्वासीहरूको संस्था 'साइप्रस नेपाली सङ्गति'ले नेपालका ब...
राजनीतिक दलका गतिविधिमा संलग्न शिक्षकलाई कारबाही गर्न शिक्षामन्त्रीको निर्देशन

राजनीतिक दलका गतिविधिमा संलग्न शिक्षकलाई कारबाही गर्न शिक्षामन्त्रीको निर्देशन

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले राजनीतिक गतिविधिमा संलग्न शिक्षकलाइ कारवाही गर्ने भएको छ । शिक्षक राजनीतिक गतिविधिमा ...