Skip to main content

नयाँ तृष्णा

नेकपा एमालेको जनजागरण सभा बिर्तामोडमा सम्पन्न

Advertisement

२९ कार्तिक २०८२, शनिबार,

झापाको बिर्तामोडमा आयोजित नेकपा एमालेको जनजागरण सभा सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सचिव अर्याल प्रमुख अतिथि रहेका थिए।

सभामा पूर्वमन्त्री देवेन्द्र दाहाल, नेकपा एमाले झापा जिल्ला सचिव रोमनाथ ओली, कोशी प्रदेश सभा सदस्य चिन्तन पाठक, कोशी प्रदेशका खानेपानी तथा सिंचाइ मन्त्री एकराज कार्की लगायतका नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा सम्बोधन गर्ने विभिन्न नेताहरूले देशमा अराजकता बढ्दै गएको, विदेशी हस्तक्षेप भूमिगत रूपमा प्रवेश गरी जनतालाई भड्काउने प्रयास भइरहेको जस्ता विषय उठाए। उनीहरूले संविधानको रक्षा, नेपाल–नेपालीको अधिकार सुनिश्चित गर्न नेकपा एमाले कुनै पनि आवश्यक कदम चाल्न तयार र दृढ रहेको धारणा व्यक्त गरे।

सभामा झापाका विभिन्न स्थानीय तहबाट ४०० भन्दा बढी सहभागीहरूको उपस्थिति रहेको आयोजकले जनाएका छन्। जनजागरण सभा बिर्तामोड सिटी सेन्टरको अगाडि सम्पन्न भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

त्रिभुवन विश्वविद्यालयमा शिक्षामन्त्री पोखरेलविरुद्ध विद्यार्थीको प्रदर्शन, केही प्रदर्शनकारी नियन्त्रणमा

त्रिभुवन विश्वविद्यालयमा शिक्षामन्त्री पोखरेलविरुद्ध विद्यार्थीको प्रदर्शन, केही प्रदर्शनकारी नियन्त्रणमा

  काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको ६७ औँ वार्षिक दिवसका अवसरमा आयोजित विशेष समारोहमा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोख...
बेथेल मण्डली दाङको को ७ औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

बेथेल मण्डली दाङको को ७ औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

  घोराही, दाङ । साउन ६, २०८३, दाङको घोराही उप–महानगरपालिका–१३, दुम्रगाउँस्थित बेथेल मण्डली दाङको ७ औं वार्षिकोत्सव समा...
अर्जेन्टिनालाई हराउँदै स्पेनले जित्यो विश्वकपको उपाधि

अर्जेन्टिनालाई हराउँदै स्पेनले जित्यो विश्वकपको उपाधि

४ साउन , झापा । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै फिफा विश्वकप २०२६ को उपाधि जितेको छ। अमेरिकाको न्युयोर्कस्थित न्यु जर्...
विश्वकप फाइनलको टिकट ३५ करोडसम्म, अमेरिकाकै इतिहासको सबैभन्दा महँगो खेलकुद प्रतियोगिता

विश्वकप फाइनलको टिकट ३५ करोडसम्म, अमेरिकाकै इतिहासको सबैभन्दा महँगो खेलकुद प्रतियोगिता

  काठमाडौं ।   न्युयोर्कको मेटलाइफ स्टेडियममा आइतबार अर्जेन्टिना र स्पेनबीच हुने फिफा विश्वकप २०२६ को फाइनल खेल इतिहासकै सब...