Skip to main content

नयाँ तृष्णा

बिराटपोखरिमा बालाचतुर्दशी अवसरमा गंगा आरती तथा भजन–कीर्तन सम्पन्न

Advertisement

 

झापा । झापाको बिर्तामोड–३ स्थित बिराटपोखरिमा बालाचतुर्दशीको अवसर पारेर आयोजित गंगा आरती तथा संध्याकालीन भजन–कीर्तन कार्यक्रम सम्पन्न भएको छ।

बिराटपोखरी बहुदेशीय संस्थाको आयोजना रहेको उक्त धार्मिक कार्यक्रममा स्थानीय भक्तजनको सक्रिय सहभागिता रहेको थियो।

संस्थाका सचिव जगन्नाथ भट्टराईका अनुसार संध्याकालीन भजन–कीर्तनपछि रातभर जाग्राम राखी भजन–कीर्तन गरिएको थियो। साथै बिहान ३ बजेबाट पितृहरूको नाममा सतबीज छर्ने कार्यक्रम सञ्चालन गरिएको उनले जानकारी दिए।

राजकुमार पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रमले धार्मिक तथा सांस्कृतिक वातावरणलाई झन् समृद्ध गरेको आयोजक संस्थाले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

मेचीनगरको सार्वजनिक सुनुवाइमा जनआक्रोश, न्यून सहभागिताले कार्यक्रममाथि प्रश्न

मेचीनगरको सार्वजनिक सुनुवाइमा जनआक्रोश, न्यून सहभागिताले कार्यक्रममाथि प्रश्न

  मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रमप्रति नगरवासीले असन्तुष्टि जनाएका छन्। नगरपालिकाले सामुदायिक विका...
टिकटकले नेपालमा एआई साक्षरता हब सञ्चालनमा ल्याउने

टिकटकले नेपालमा एआई साक्षरता हब सञ्चालनमा ल्याउने

  काठमाडौं । टिकटकले आफ्नो प्लेटफर्ममा एआईमार्फत सिर्जना गरिएको कन्टेन्टलाई सहज रूपमा चिन्ने र बुझ्ने क्षमता विकास गर्न प्...
भोलिदेखि ग्यास भरी सिलिण्डर पाइने, मूल्य पनि तोकियो

भोलिदेखि ग्यास भरी सिलिण्डर पाइने, मूल्य पनि तोकियो

  काठमाडौँ। बुधबारदेखि भरी सिलिण्डर ग्यास पाइने भएको छ । नेपाल आयल निगमले मङ्गलबार प्रेस विज्ञप्ति जारी गर्दै बुधबारदेखि भर...
नक्कली शरणार्थी प्रकरण : टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद, ४० हजार जरिवाना

नक्कली शरणार्थी प्रकरण : टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद, ४० हजार जरिवाना

  काठमाडौँ। नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई जिल्ला अदालत काठमाडौँले...