नयाँ तृष्णा

झापा १ : एमालेका उप्रेतीसहित १२ उम्मेद्वारको जमानत जफत

झापा १ : एमालेका उप्रेतीसहित १२ उम्मेद्वारको जमानत जफत

झापा १ : एमालेका उप्रेतीसहित १२ उम्मेद्वारको जमानत जफत

२४ फाल्गुन २०८२, आईतवार, मेचीनगर । फागुन २१ गतेसम्म प्रतिनिधि सभा सदस्यको निर्वाचनमा झापा क्षेत्र नं. १ मा १२ जना उम्मेद्वारको जमानत जफत भएको छ । निर्वाचन कानून अनुसार कुल सदर मतको दश प्रतिशत भन्दा कम मत ल्याउने उम्मद्वारको जमानत जफत हुन्छ । झापा १ मा १५ जना उम्मेद्वार चुनावी मैदानमा थिए । त्यस मध्ये तीन दलका उम्मेद्वारले मात्रै दश प्रतिशत भन्दा बढी मत ल्याएका छन । बाँकी १२ जना उम्मेद्वारले दश प्रतिशत भन्दा कम मत ल्याएका कारण उनीहरुको जमानत जफत भएको हो । उम्मेद्वारी दर्ता गर्दा पुरुष र अन्य समुदायका उम्मेद्वार १० हजार तथा महिला र विभिन्न संरक्षित क्लष्टरमा…
Read More
सुनसरी १ बाट श्रम संस्कृति पार्टीका हर्क साम्पाङ विजयी

सुनसरी १ बाट श्रम संस्कृति पार्टीका हर्क साम्पाङ विजयी

२४ फागुन, काठमाडौं । सुनसरी–१ बाट प्रतिनिधिसभा सदस्यमा हर्कराज राई (साम्पाङ) निर्वाचित भएका छन् । श्रम संस्कृति पार्टीका अध्यक्ष रहेका उनले ३५ हजार ७४१ मत ल्यायी विजयी हासिल गरेका हुन् । निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका गोमा तामाङले भन्दा सामपाङले ८ हजार ४९२ मतान्तर ल्याउन सफल भए । तामाङले २७ हजार २४९ मत ल्याइन् । यसअघि श्रम संस्कृति पार्टीकै आरेन राईले खोटाङ १ बाट जित निकालेका छन् । त्यस्तै भोजपुर १ मा पनि प्रारम्भिक गणनामा यहीं पार्टीका ध्रुवराज राईले अग्रता लिएका छन् ।  
Read More
श्रम संस्कृति पार्टीले   खोल्यो खाता, खोटाङमा आरेन राई विज

श्रम संस्कृति पार्टीले   खोल्यो खाता, खोटाङमा आरेन राई विज

२४ फागुन, काठमाडौं । श्रम संस्कृति पार्टीले प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ मा खाता खोलेको छ । खोटाङमा श्रम संस्कृति पार्टीका आरेन राई विजयी भएसँगै यो पार्टीले प्रतिनिधिसभा सदस्य निर्वाचनमा खाता खोलेको हो । १६ हजार ६१२ मत ल्याएर राई विजयी भएका हुन् । नेकपा एमालेका देवबिक्रम राईले १२ हजार ७१४ मत ल्याएका छन् । नेपाली कांग्रेस्का वीरकाजी राईले ११ हजार ९५७ मत ल्याउँदा नेपाली कम्युनिस्ट पार्टीका हरि रोकाले ९ हजार ४४३ मत ल्याएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का रुद्र गिरीले ५ हजार ७०४ मत प्राप्त गरेका छन् ।
Read More
झापा-५ मा रास्वपाका बालेन्द्र शाहको फराकिलो जित

झापा-५ मा रास्वपाका बालेन्द्र शाहको फराकिलो जित

२३ फाल्गुन २०८२, शनिबार, काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत झापा क्षेत्र नम्बर ५ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बालेन शाह विजयी भएका छन्। निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार शाहले ६८ हजार ३४८ मत प्राप्त गरेका छन्। उनका निकटतम् प्रतिस्पर्धी एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले १८ हजार ७३४ मत मात्रै पाएका छन्। शाहले ओलीलाई ४९ हजार ६१४ मतान्तरले पराजित गर्दै झापा–५ मा ऐतिहासिक जित हासिल गरेका हुन्।
Read More
झापा १ : ५३ हजार मत गणना सकियो, डाँगीको अग्रता कायमै

झापा १ : ५३ हजार मत गणना सकियो, डाँगीको अग्रता कायमै

फागुन २३ गते , मेचीनगर । प्रतिनिधि सभा सदस्यको निर्वाचनको मतगणना जारी रहँदा झापा क्षेत्र नं. १ मा ५३ हजार मत गणना भइसकेको छ । आज विहान १२ बजेसम्ममा ५३००३ मत गणना भइसक्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेद्वार निशा डाँगीको मतान्तर २० हजार ६ सय १३ पुगेको छ । डाँगीले २७७६७ मत प्राप्त गर्दा श्रम संस्कृति पार्टीका केवलराम राईले ७१५४ मत प्राप्त गर्नु भएको छ । त्यस्तै नेपाली काँग्रेसका केशवराज पाण्डेले ६८१८ मत पाउनु भएको हो । नेकपा एमालेका रामचन्द्र उप्रेतीले ५३८७ र राप्रपाका हेमराज कार्कीले १०४२ मत पाउनु भएको छ । मंगोल नेशनल अर्गनाजेशनका सन्तोस तामाङले ८१० मत…
Read More
रुकुमपूर्वबाट प्रचण्ड विजयी, १० हजारभन्दा बढी मतसहित जीत

रुकुमपूर्वबाट प्रचण्ड विजयी, १० हजारभन्दा बढी मतसहित जीत

टवल । रुकुमपूर्वबाट नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन्। प्रचण्डले आफ्ना प्रतिस्पर्धी भन्दा तीनगुणा बढी मत ल्याएर विजयी भएका हुन्। अन्तिम मत परिणाम अनुसार प्रचण्डले १० हजार २४० मत ल्याएका छन्। एमालेका लीलामणि गौतमले ३ हजार ८१ मत पाएका छन्। त्यसैगरि कांग्रेसका कुसुमदेवी थापाले ३ हजार ८१ मत पाएकी छन् भने रास्वपाका लखन कुमार थापाले ८१९ मत पाएका छन्। रुकुमपूर्वबाट जम्मा १९ हजार १ सय ८८ मत खसेको थियो।
Read More
काठमाडौं-३ : रास्वपाका राजुनाथ पाण्डे निर्वाचित

काठमाडौं-३ : रास्वपाका राजुनाथ पाण्डे निर्वाचित

फागुन २२ गते , काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत काठमाडौँ क्षेत्र नं ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजुनाथ पाण्डे निर्वाचित हुनुभएको छ। पछिल्लो अन्तिम मत परिणामअनुसार पाण्डे १८ हजार ७५७ मत प्राप्त गर्दै विजयी हुनुभएको हो। उहाँका निकटतम प्रतिद्वन्द्वी उज्यालो नेपाल पार्टीका उम्मेदवार कुलमान घिसिङले ११ हजार १७१ मत प्राप्त गर्नुभएको छ। विजयी पाण्डे र घिसिङबीच सात हजार ५८६ मतान्तर रहेको छ। यसैगरी, नेपाली कांग्रेसका उम्मेदवार रमेश अर्यालले छ हजार मत प्राप्त गर्नुभएको छ भने नेकपा (एमाले) का उम्मेदवार रामेश्वर फुयालले तीन हजार ८१६ मत प्राप्त गर्नुभएको छ। निर्वाचन कार्यालयका अनुसार राष्ट्रिय प्रजातन्त्र पार्टीका सुन्दर राम बोहराले ८४१ मत प्राप्त…
Read More
म्याग्दीमा महावीर पुनको फराकिलो अग्रता

म्याग्दीमा महावीर पुनको फराकिलो अग्रता

काठमाडौं । म्याग्दीमा स्वतन्त्र उम्मेदवार महावीर पुनले अग्रता कायम गरेका छन् । सुरुवाती मतगणना अनुसार त्रिभुज चुनाव चिह्न लिएका पुनले ९६६ मत प्राप्त गरेका छन् । एमालेका हरिकृष्ण श्रेष्ठले ६१२, नेपाली कम्युनिस्ट पार्टीका अर्जुनबहादुर थापाले ४७१  र कांग्रेसका कर्णबहादुर भण्डारीले ३९५ मत प्राप्त गरेका छन् ।
Read More
रास्वपाले काठमाडौँ–१ बाट खाता खोल्यो, रञ्जु दर्शना विजयी

रास्वपाले काठमाडौँ–१ बाट खाता खोल्यो, रञ्जु दर्शना विजयी

२२ फागुन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले जितको खाता खुलेको छ । भर्खरै सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार रास्वपा उम्मेदवार रञ्जु न्यौपाने(दर्शना) १५ हजार ४५५ मतसहित विजयी भएकी छन् । ६ हजार ३६४ मतसहित नेपाली कांग्रेसका प्रबल थापा निकटतम प्रतिद्वन्द्वी मात्रै रहे । अघिल्ला दुई निर्वाचनमा जित झिनो मतान्तरले पराजित हुँदै आएका राप्रपाका रवीन्द्र मिश्रले ३ हजार ९७२ मत मात्रै प्राप्त गरे । यस्तै एमालेका मोहनराज रेग्मीले एक हजार ६१८ मत, नेपाली कम्युनिस्ट पार्टीकी मेनुका भण्डारीले ३४५ मत, श्रम संस्कृति पार्टीका समीर लामा तामाङले ४२६ मत पाएका छन् ।
Read More
मोरङ ३ अपडेट : माटोको अग्रता कायमै

मोरङ ३ अपडेट : माटोको अग्रता कायमै

विराटनगर । मोरङको क्षेत्र नम्बर ३ मा श्रम संस्कृति पार्टीका अमिर मगरले अग्रता कायमै राखेका छन् । निर्वाचन कार्यालयले जारी गरेको दोस्रो परिणाम अनुसार श्रम संस्कृति पार्टीका मगरले ५०९ मत प्राप्त गरेका छन् । उनलाई काँग्रेसका सुनिल शर्माले ३२८ मतका साथ पछ्याइरहेका छन् । सो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार गणेश कार्कीले भने २८३ मत पाएका छन् । यस्तै एमालेले सो क्षेत्रमा ६७ मत पाउँदा नेकपाले १३, राप्रपाले ३, मंगोल नेशनल अर्गनाइजेसनले ७, उज्यालो नेपाल पार्टीले ५ मत प्राप्त गरेको छ । रातेपाटी
Read More