Skip to main content

नयाँ तृष्णा

कांग्रेसको प्रशिक्षण प्रतिष्ठानले सातै प्रदेशमा प्रदेश र स्थानीय तह केन्द्रित भेला गर्ने

Advertisement

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले सातवटै प्रदेशमा प्रदेश र स्थानीय तह केन्द्रित प्रदेश स्तरीय भेला गर्ने भएको छ ।

प्रतिष्ठानका प्रमुख एवं पार्टी उपसभापति विश्वप्रकाश शर्माले बुधबार केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा सो कुराको जानकारी दिएका छन् ।

शर्माले प्रस्तुत गरेको तालिकाअनुसार ती प्रदेशस्तरीय भेला वैशाख २६ गते धनगढीबाट सुरु भएर जेठ १५ गते रुपन्देहीमा अन्तिम हुने उल्लेख छ ।

कार्यतालिकामा सुदूरपश्चिम प्रदेशस्तरीय भेला वैशाख २६ र २७ गते धनगढीमा, वैशाख २८ र २९ गते कर्णाली प्रदेशस्तरीय भेला सुर्खेतमा, वैशाख ३१ र जेठ १ गते गण्डकी प्रदेशस्तरीय भेला पोखरामा, जेठ ४ र ५ गते बागमती प्रदेशस्तरीय भेला धुलिखेलमा र जेठ ६ र ७ गते मधेश प्रदेश स्तरीय भेला महोत्तरीको बर्दिवासमा हुनेछ ।

यस्तै जेठ ८ र ९ गते कोशी प्रदेश स्तरीय भेला सुनसरीको लौकीमा र जेठ १४ र १५ गते लुम्बिनी प्रदेश स्तरीय भेला रुपन्देहीको तिलोत्तमामा हुने भनिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

महोत्तरीमा विद्यालय बस दुर्घटना, ५ बालबालिकासहित ६ जना घाइते

महोत्तरीमा विद्यालय बस दुर्घटना, ५ बालबालिकासहित ६ जना घाइते

  महोत्तरीको गौशाला नगरपालिका– ९, डुमरवानास्थित भित्री सडकखण्डमा मंगलबार बिहान स्कुलबस दुर्घटना हुँदा चालकसहित ६ जना घाइते...
विराटनगरमा शेरधनले बोलाए मुख्यमन्त्रीसहित प्रदेश सांसदहरूलाई छलफलमा

विराटनगरमा शेरधनले बोलाए मुख्यमन्त्रीसहित प्रदेश सांसदहरूलाई छलफलमा

विराटनगर । नेकपा एमालेका कोशी प्रदेश इन्चार्ज शेरधन राईले प्रदेशका सांसदहरुलाई छलफलमा बोलाएका छन्। ...
सिन्धुली कार दुर्घटना : चालकसहित ३ जना सुनकोशी नदीमा बेपत्ता

सिन्धुली कार दुर्घटना : चालकसहित ३ जना सुनकोशी नदीमा बेपत्ता

  काठमाडौं । सिन्धुलीस्थित मध्यपहाडी राजमार्गबाट सुकोशी नदीमा कार खस्दा तीन जना बेपत्ता भएका छन् । बेपत्ता हुनेहरूमा नाम नख...
एउटा फ्रेन्ड रिक्वेस्टले उजाडिएको जिन्दगी

एउटा फ्रेन्ड रिक्वेस्टले उजाडिएको जिन्दगी

बिशेष लेख , - हाेमराज राई, पूर्वी नेपालको एउटा गाउँ। त्यहाँ बस्ने १६ वर्षीया सृष्टि चञ्चले, मिलनसार तर मोबाइल र सामाजिक ...