Skip to main content

नयाँ तृष्णा

चैत मसान्तभित्र सुकुमवासीको व्यवस्थापन गर्न सरकारलाई रास्वपाको सुझाव

[adsforwp id="2511"]

काठमाडौँ। सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भूमिहीन सुकुम्बासीहरूको स्थानन्तरण र व्यवस्थित पुनस्र्थापनाको काम आगामी चैत मसान्तभित्र गरिसक्न सुझाव दिएको छ । रास्वपाको आईतवार बसेको सचिवालय बैठकले उक्त सुझाव दिएको प्रवक्ता मनिष झाले जानकारी दिए ।

उनकाअनुसार रास्वपाले चैत मसान्तभित्र सबै सुकुम्बासीलाई सुरक्षित आवासमा स्थानान्तरण गरी गाँस, वास र स्वास्थ्यको न्यूनतम व्यवस्था सुनिश्चित गर्न सरकारलाई सुझाव दिएको छ ।

सुकुम्बासी व्यवस्थापनको विषय लामो समयदेखि बेवास्ता हुँदै आएको उल्लेख गर्दै उनले हाल सरकारले यसलाई व्यस्थापन गर्न खोजेको बताए । उनले काठमाडौं उपत्यकाका खोलाकिनारमा जोखिमपूर्ण अवस्थामा बसोवास गरिरहेका नागरिकलाई सरकारले स्थानान्तरण गर्न लागेको उनको दाबी छ ।

बाढी आउँदा मात्रै समस्या देख्ने नभई अगाडीबाट नै सुरक्षित स्थानमा सार्ने पहल सरकारले गरेको उनले बताए । पार्टीले अधिकार सम्पन्न प्राधिकरण गठन गरी सुकुम्बासीहरूको यथार्थ लगत संकलन नगरेसम्म अव्यवस्थित रूपमा डोजर चलाउने कार्य रोक्न पनि सरकारलाई आग्रह गरेको छ । अवैध अतिक्रमणको उद्देश्यले निर्माण गरिएका संरचना बाहेक अन्य स्थानमा जबर्जस्ती हटाउने कार्य रोक्न आग्रह गरिएको उनले बताए ।

स्थानीय तहहरूले आ–आफ्नो क्षेत्राधिकारभित्र रहेर विभिन्न स्थानमा गरिरहेका व्यवस्थापन प्रयासलाई पनि दीर्घकालीन समाधानतर्फ उन्मुख गराउनुपर्नेमा रास्वपाले जोड दिएको छ ।उनले आगामी स्थानिय तहको निर्वाचनमा पार्टीको तर्फबाट उम्मेद्वार बन्ने सदस्यले अनिवार्य क्याण्डिडेट क्लव र लिडरशिप एकेडेमी उत्तिर्ण गरेको हुनुपर्ने निर्णय गरेको पनि जानकारी दिए ।

साथै पार्टीको महाधिवेशन गर्ने कार्यविधि पनि बैठकले पारित गरेको उनले बताए । उनकाअनुसार महाधिवेशनको मिति र स्थान भने केन्द्रिय समितिको बैठकले तय गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काँकरभिट्टामा कात्तिक १७ गते श्रम संस्कृति पार्टीको जनसभा, अध्यक्ष हर्क साम्पाङ सहभागी हुने

काँकरभिट्टामा कात्तिक १७ गते श्रम संस्कृति पार्टीको जनसभा, अध्यक्ष हर्क साम्पाङ सहभागी हुने

झापा, काँकरभिट्टा। श्रम संस्कृति पार्टीले आगामी कात्तिक १७ गते झापाको पूर्वी प्रवेशद्वार काँकरभिट्टामा जनसभा तथा विशेष कार्यक...
लुला चौथो कार्यकालका लागि ब्राजिलको राष्ट्रपतिमा निर्वाचित

लुला चौथो कार्यकालका लागि ब्राजिलको राष्ट्रपतिमा निर्वाचित

काठमाडौँ। ब्राजिलका वामपन्थी नेता लुइज इनासियो लुला डा सिल्भा चौथो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित भएका छन्। दोस्रो चरण...
फिलिपिन्समा दुई ट्रेनिङ विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु

फिलिपिन्समा दुई ट्रेनिङ विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु

काठमाडौं । फिलिपिन्समा शुक्रबार तालिमका क्रममा वायुसेनाका दुईवटा विमान एक-आपसमा ठोक्किएका छन्। यस दुर्घटनामा दुवै विमानमा सवार चा...
पाकिस्तानमा २०० वर्ष पुरानो रामलीला मन्दिर भत्काउने प्रयासप्रति विश्व हिन्दु परिषद् नेपालको कडा आपत्ति

पाकिस्तानमा २०० वर्ष पुरानो रामलीला मन्दिर भत्काउने प्रयासप्रति विश्व हिन्दु परिषद् नेपालको कडा आपत्ति

काठमाडौँ, । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तस्थित डेरा इस्माइल खान जिल्लामा रहेको करिब २०० वर्ष पुरानो ऐतिहासिक रामलीला मन्दिर...