नयाँ तृष्णा

अपाङ्गता मावेशीकरण विषयक अन्तरक्रिया कार्यक्रम

अपाङ्गता मावेशीकरण विषयक अन्तरक्रिया कार्यक्रम

अपाङ्गता मावेशीकरण विषयक अन्तरक्रिया कार्यक्रम

तरुण राई, २० मंसिर, इट्टाभट्टा । अपाङ्गता भएका व्यक्तिहरुको ३३औँ अन्तर्राष्ट्रिय दिवसको अवसरमा एक्का नेपालका झापा काउन्सेलरको आयोजनामा अपाङ्गता समावेशीकरण विष‌यक अन्तरक्रिया कार्यक्रम मेचीनगर नगरपालिका -०८, इट्टाभट्टा अवस्थित किरात याक्थुम चुम्लुङ्ग भवनको सभाहलमा सम्पन्न भएको छ । अपाङ्गता समावेशीकरण विष‌यक अन्तरक्रिया कार्यक्रममा एक्का नेपालका कार्यक्रम अधिकृत अस्मिता राईले एक्का नेपालद्वारा अपाङ्गता समावेशीकरणका लागि गरिएका पहलहरुको बारेमा प्रस्तुतिकरण गर्नुको र एक्का नेपालले ‘अपाङ्गमैत्री विद्यालय’ को अवधारणलाई एक्का सम्बन्धीत विद्यालयहरुमा कार्यान्वयन गर्न पहल गर्नु भएको जानकारी दिनुभयो । करुणा फाउन्डेसनका मेचीनगर संयोजक पदम बराइलीले शिक्षामा अपाङ्गता समावेशीकरण विषयमा प्रारम्भिक बालविकास तथा अपाङ्गता समावेशीकरण, बौद्धिक अपाङ्गता शिक्षण सिकाइ, अपाङ्गताको वर्गीकरण, अपाङ्गता ‘कार्ड’ र…
Read More
लैङ्गिक हिंसा बिरुद्ध १६ दिने अभियानमा महिलावादीहरुको उद्घोष

लैङ्गिक हिंसा बिरुद्ध १६ दिने अभियानमा महिलावादीहरुको उद्घोष

१८ मंसिर, मेचीनगर । चौरासीमा महिला हुनुपर्छ पहिला, घर चलाउने हातले देश चलाउन सक्छ लगायत नारासहित आज ३३ औँ लैङ्गिक हिंसा बिरुद्ध १६ दिने अभियानको अवसरमा काँकरभिट्टा बजारमा प्रभातफेरी सहितको कार्यक्रम गरिएको छ । र्याली काँकरभिट्टा बजार परिक्रमापछि हनुमान मन्दिर परिसरमा कोणसभामा परिणत भएको हो । कोणसभामा कार्यक्रमकी प्रमुख अतिथि मेचीनगर नगरपालिका उपमेयर मीना पोखरेल उप्र्रेती, अन्तर–पुस्ता महिलावादी मञ्चकी संस्थापक केन्द्रीय सदस्य सरु जोशी, महिला जनचेतना केन्द्र मेचीनगरकी संस्थापक अध्यक्ष राधा प्रधान कार्की लगायतले अब ०८४ सालमा महिलाले वडाध्यक्षदेखि मेयर पदमा जितेर देश हाक्न सबै महिलाहरु एकजुट भएर लाग्नु पर्नेमा जोड दिएका थिए । प्रभातफेरीसहितको र्यालीमा विभिन्न संघ–संस्थाका प्रमुख, प्रतिनिधि,…
Read More
फुटबल खेलका क्रममा झडप हुँदा गिनीमा सयौंको मृत्यु

फुटबल खेलका क्रममा झडप हुँदा गिनीमा सयौंको मृत्यु

१८ मंसिर, काठमाडौं । अफ्रिकी राष्ट्र गिनीको एन जेरेकोर शहरमा आईतबार आयोजना भएको एउटा फुटबल प्रतियोगितामा झडप हुँदा १ सय जनाभन्दा बढी फुटबल समर्थकको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ । गिनीका जुन्टा नेता मामादी डौम्बौयाको सम्मानमा आयोजित फुटबल प्रतियोगितामा रेफ्रीले गलत निणर्य गरेपछि उत्पन्न विवादमा समर्थकहरुबीच उक्त झडप भएको बताइएको छ । ती समर्थकहरु मैदानमा प्रवेश गरेर उपद्रो मच्चाएपछि दुई पक्षबीच भिडन्त हुँदा १ सयभन्दा बढी व्यक्तिको ज्यान जानुको साथै दर्जनौं घाइते भएका हुन् । मृत्यु हुनेमा बालबालिकासमेत रहेका छन् । शवहरू अस्पतालको भुइँमा छरपष्ट पल्टिएका अवस्थामा रहेको बताइएको छ । उक्त खेललमा स्थानीय लाबे र एनजेरेकोरे भिडेका थिए…
Read More
पत्रकार महासङ्घको निर्वाचन मङ्सिर २८ गते

पत्रकार महासङ्घको निर्वाचन मङ्सिर २८ गते

१८ मंसिर, काठमाडौं । नेपाल पत्रकार महासङ्घको निर्वाचन मङ्सिर २८ गते हुने भएको छ । आज निर्वाचन कार्यतालिका सार्वजनिक गर्दै महासंघले सो जानकारी दिएको हो । सार्वजनिक कार्यतालिका अनुसार यसै साता अर्थात् मङ्सिर २१ गते शुक्रवार उम्मेदवारको मनोनयन दर्ता हुने भएको छ । त्यसैगरी मङ्सिर २२ गते उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरिनेछ भने मतदान मङ्सिर २८ गते बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म चल्नेछ । प्रदेश समितिको मनोनयन मङ्सिर २४ गते जिल्ला शाखा र प्रतिष्ठान शाखाको मङ्सिर २६ गते मनोनयन दर्ता गर्ने गरी व्यवस्था मिलाउनुहुन सम्बन्धित निर्वाचन समितिलाई अनुरोध समेत गरिएको छ ।  
Read More
कोशीका नवनियुक्त आन्तरिक मामिलामन्त्री भण्डारीले लिए शपथ

कोशीका नवनियुक्त आन्तरिक मामिलामन्त्री भण्डारीले लिए शपथ

१७ मंसिर, विराटनगर ।  कोशीका नवनियुक्त आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतिरमण भण्डारीले शपथ लिएका छन्। कोशी  प्रदेश प्रमुख पर्शुराम खापुङसामू उनले पद तथा गोपनीयताको शपथ लिएका हुन्। तत्कालीन आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारीलाई मानव तस्करी आरोप लागेपछि राजीनामा दिएका थिए। रिक्त उक्त मन्त्रालयमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले भण्डारीलाई आज मन्त्री नियुक्त गरेका थिए।  
Read More

३७ स्थानको मतपरिणाम सार्वजनिक : कांग्रेस पहिलो, माओवादी दोस्रो, एमाले तेस्रो

१७ मंसिर , काठमाडौं। स्थानीय तह उपनिर्वाचनको मतगणना जारी छ। निर्वाचन आयोगले हालसम्म ३७ स्थानको परिणाम सार्वजनिक गरेको छ। यो परिणाम अनुसार कांग्रेस १६ वडा जितेर पहिलो स्थानमा छ। कांग्रेस कीर्तिपुर नगरपालिकामा अगाडि छ। नेकपा (माओवादी केन्द्र) एउटा गाउँपालिका अध्यक्ष, एउटा उपाध्यक्षसहित ६ वटा वडा जितेर दोस्रो स्थानमा रहेको छ। नेकपा (एमाले)ले हालसम्म एउटा अध्यक्ष, एक उपाध्यक्षसहित पाँच वटा वडा जितेको छ। जनता समाजवादी पार्टी नेपालले मधेस प्रदेशका दुई ठाउँका वडाध्यक्ष जितेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), एकीकृत समाजवादी, नेपाल मजदुर किसान पार्टी, स्वतन्त्रले एक-एक स्थानमा जित हासिल गरेका छन्। कांग्रेसले जितेका ठाउँ नगेन्द्र लिम्बू, लालीगुराँस नगरपालिका-८ तेह्रथुम तेतर साहु,…
Read More
महोत्तरीको रामगोपालपुर–२ मा एमाले विजयी

महोत्तरीको रामगोपालपुर–२ मा एमाले विजयी

१६ मंसिर, जनकपुरधाम । महोत्तरीको रामगोपालपुर नगरपालिका–२ मा नेकपा एमाले विजयी भएको छ । त्यहाँ नेकपा एमालेका उम्मेदवार सकिबुल खाँ ६ सय ३१ मतसहित विजयी भएका हुन् । उनका प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका आइतीकुमारी यादवले ५ सय ३४ मत पाए । यस्तै नेपाली काँग्रेसका उम्मेदवार जानिफ खाँले २ सय ८४ मत पाएका छन् भने जसपा नेपालका उम्मेदवार नजामुदिन खाँले ३८ मत पाएका छन् ।
Read More
दार्चुलाको दुहुँ–५ मा कांग्रेस विजयी

दार्चुलाको दुहुँ–५ मा कांग्रेस विजयी

१६ मंसिर, दार्चुला । दार्चुलाको दुहुँ गाउँपालिका –५ मा सम्पन्न उपनिर्वाचन मा नेपाली कांग्रेसका उम्मेदवार धनसिंह कुँवर विजयी भएका छन्। कांग्रेसका उम्मेदवार कुँवरले खसेको मत ८७७ मध्ये ३७६ मत प्राप्त गरी विजय प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी एमालेका उम्मेद्वार मानसिहं बडालले ३५८ मत प्राप्त गरेका छन् । यस्तै माओवादी केन्द्रका उम्मेदवार वीर सिंह कार्कीले ९८ मत र स्वतन्त्र उम्मेदवार लाल सिंह कुवँरले अर्ना चिन्हमा २५ मत प्राप्त गरेका छन्। जम्मा खसेको मतमध्ये २० मत बदर भएको छ । वडा –५ का वडा अध्यक्ष मनोरथ भट्टको निधनपछि उक्त पदमा उपनिर्वाचन भएको हो ।      
Read More
मसिने र त्यो “रंगीन कागज”

मसिने र त्यो “रंगीन कागज”

खोज – तरुण राई, ए भामारा, तेरो आउने समय यही हो ? आकाशको घामलाई हेर त कहाँ पुगीसक्यो ? मैले तँलाई हिजो नै भनेको होइन ? भोली बिहानै आइजा भनेर, तँलाई थाहा भाकै हो आज रोपाँई छ, कति धेरै काम हुन्छ भनेर आधा काम गरिसक्यो ...... । मसिने ठुलो काजीको घरको गेटबाट आँगनमा पाइला मात्र के टेकेको थियो, मसिनेलाई देख्नसाथ ठूलो काजी रिसले रातो पिरो भएर गाली गर्न थाल्यो, हुन त यस्ता गाली मसिनेको लागि कुनै नयाँ कुरा थिएन र नभएर नै होला उसले यसलाई समान्य प्रकारले लिँदै त्यसको बेवास्ता गर्दै अलिक अदार तथा डरको भान देखाउँदै आफ्नो शिरमा भएको…
Read More
संयुक्त अरव ईमारथमा  चासोक थिसोक तङ्नाम  सभ्य भब्य रुपमा सम्पन्न ।

संयुक्त अरव ईमारथमा चासोक थिसोक तङ्नाम सभ्य भब्य रुपमा सम्पन्न ।

युमा साम्यो महासभा युएईले याक्थुङ / लिम्बुहरुको मौलिक चाड़ चासोक थिसोक युएईको बरदुबाई स्थित एभरेस्ट क्लब याक एण्ड यतिको हलमा भब्य तरिकाले सम्पन्न भएको छ । परदेशको भूमिमा रहेर पनि आफ्नो मौलिक परम्परालाई जगेर्ना गर्दै सावारा साँवा श्री भवानी अन्छङ्बो द्वारा नयाँ अन्न बालीहरु युमालाई चढाई मौलिक अनुष्ठान सहित चासोक थिसोक पुजा गर्दै दिप प्रचलन गरि कार्यक्रमको उद्घाटन गरिएको थियो । औपचारिक कार्यक्रम युमा साम्यो महासभा युएईका महासचिव दिपेन चेम्जङले कार्यक्रम सन्चालन गर्नु भएको थियो र उक्त कार्यक्रम युमा साम्यो महासभा युएईका कार्य बाहक अध्यक्ष राम योङ्हाङ् (बैदारे ठुले )ले सभापतित्व गर्नु भएको थियो भने आमन्त्रित अतिथिहरुमा प्रमुख अतिथि नेपाल…
Read More