नयाँ तृष्णा

संयुक्त अरव ईमारथमा चासोक थिसोक तङ्नाम सभ्य भब्य रुपमा सम्पन्न ।

Advertisement

युमा साम्यो महासभा युएईले याक्थुङ / लिम्बुहरुको मौलिक चाड़ चासोक थिसोक युएईको बरदुबाई स्थित एभरेस्ट क्लब याक एण्ड यतिको हलमा भब्य तरिकाले सम्पन्न भएको छ ।

परदेशको भूमिमा रहेर पनि आफ्नो मौलिक परम्परालाई जगेर्ना गर्दै सावारा साँवा श्री भवानी अन्छङ्बो द्वारा नयाँ अन्न बालीहरु युमालाई चढाई मौलिक अनुष्ठान सहित चासोक थिसोक पुजा गर्दै दिप प्रचलन गरि कार्यक्रमको उद्घाटन गरिएको थियो ।

औपचारिक कार्यक्रम युमा साम्यो महासभा युएईका महासचिव दिपेन चेम्जङले कार्यक्रम सन्चालन गर्नु भएको थियो र उक्त कार्यक्रम युमा साम्यो महासभा युएईका कार्य बाहक अध्यक्ष राम योङ्हाङ् (बैदारे ठुले )ले सभापतित्व गर्नु भएको थियो भने आमन्त्रित अतिथिहरुमा प्रमुख अतिथि नेपाल आदिवासी जनजाति महासंघ युएईका अध्यक्ष बिक्रम पंधाक मिसाम, बिशेष अतिथिहरुमा युमा साम्यो महासभा युएईका निवर्तमान अध्यक्ष उपिन इमेहाङ्ग (जे.डि), किरात याक्थुङ चुम्लुङ युएईका अध्यक्ष कमल बहादुर लावती, थुप्पोको थेबे लिम्बू समाज युएईका अध्यक्ष पोबो थेबे सेमी, संघीय लिम्बुवान सामाजिक मञ्च युएईका केन्द्रिय अध्यक्ष भिम अधिकारी थक्साङ, संघीय लिम्बुवान सामाजिक मञ्च युएई क्षेत्रिय समिति अलेन कि अध्यक्ष सिमा लिम्बु फ़ुङ्मा, किरात धर्म तथा साहित्य उत्थान संघ युएईका प्रतिनिधि प्रमुख सल्लाहकार बिक्रम वाजिहाङ साम्माङ, याक्थुङ सय्यङ् सङ्जुम्भोका प्रतिनिधि महासचिव निसान्त ईवा, तुतु तुम्याहाङ् खड्ग पंधाक, राम सिंह आङ्थुपो लगायत युएईका विभिन्न संघ संस्था र स्थानबाट अतिथिहरुको बृहत रुपमा उपस्थित रहेको थियो।

आमन्त्रित अतिथिहरुले शुभकामना मन्तब्य राख्दै सबै याक्थुङ/लिम्बु समुदाय, संघ संस्थाहरु एकजुट हुनुपर्ने, हाम्रो मौलिक परम्परा र रीतिरिवाज जगेर्ना गर्नुपर्ने र जुनसुकै धर्मको भएपनिव आपसी विवाद नगरी मिल्नुपर्ने भाव ब्यक्त गर्नुभएको थियो।

औपचारिक कार्यक्रमसंग संगै सांस्कृतिक कार्यक्रम सन्चालिका रस्ना लिम्बू र सन्चालक बुद्ध लिङ्देनले गर्नु भएको थियो।

याक्थुङ्हरुको मौलिक नृत्य केलाङ, यालाङ र बिशेष आकर्षण हाक्पारे साम्लो तुम्याहाङ खड्ग पंधाक र साँवारा साम्बा भवानी अन्छङ्बोको कलाकार टोलीद्वारा प्रस्तुत गर्नु भएको थियो साथै स्थानीय कलाकारहरु द्वारा गायन र नृत्यको पनि सुन्दर प्रस्तुति प्रस्तुत गर्नु भएको थियो ।

मौलिक खानाका परिकारमा याक्थुङ्हरुको बिशेष परिकार याङ्बेन सँगै स्वादिष्ट खाना पनि बितरण गरिएको थियो । उक्त कार्यक्रममा पुणरूपमा सहयोग गर्नु हुने दाजुभाइ तथा दिदिबहिनी महरुले स्वयंसेवकको सफल भुमिका निभाउनु भएको थियो भने पानीको ब्यबस्था अम्बर फियाकले गर्नु भएको थियो ।

चासोक थिसोक संगै युमा साम्यो महासभा युएईले दोश्रो अधिवेशन गरि सर्व सहमतिमा २०२४-२०२६ को लागि नयाँ कार्यसमिति गठन गरेको छ। २०१८ सालमा युएईमा पहिलो पटक अधिवेशन गरि स्थापना भएको कार्यसमिति हालसम्म पनि रहेको हुँदा, पुरानो कार्यसमितिलाई कार्यबाहक अध्यक्ष राम योङ्हाङ बैदारे ठुले द्वारा बिघटन गरि नयाँ कार्यसमिति चयन गरिएको थियो। नया कार्यसमिति नामावली पुर्व निर्धारित भएको हुँदा अधिवेशन एकदमै छोटो समयमा नै सम्पन्न भएको थियो।

उक्त अधिवेशनका संयोजक डम्बर लिवाङ हुनुहुन्थियो भने, सदस्यहरुमा गोबिन्द कुमार लुम्फुङ्वा र भुमी इधिङ्गो यम्भामी हुनुहुन्थियो।
नव निर्वाचित कार्यसमितिका नामावली निम्न अनुसार घोषणा गरिएको थियो ।

प्रमुख संरक्षक- उपिन ईमेहाङ
उप-संरक्षक – डम्बर लिबाङ

मुन्धुम सल्लाहकार – भुवानी अन्छङ्बो “साम्बा”

प्रमुख सल्लाहकार – विरेन जबेगु
सल्लाकार – बिक्रम पन्धाक
– गज वनेम
– भवानी माङ्मु
– रामसिँ आङ्थुपो
– काजिमान लिबाङ
– खड्क पन्धाक

१. अध्यक्ष – राम योङ्हाङ (बैदारे ठुले)
२. बरिष्ठ उपाध्यक्ष – गोबिन्द कु. लिम्बू लुम्फुङ्वा
३. उपाध्यक्ष – दिपेन चेम्जोङ
४. उपाध्यक्ष . खड्क सिङ्जाङ्गो लाजेसा
५. उपाध्यक्ष – सुनिल ईवारम
६. उपाध्यक्ष चक्र सिङ्गक
७. महिला उपाध्यक्ष – सिमा लिम्बु
८. महिला उपाध्यक्ष – सन्जा लिम्बू
९. महिला उपाध्यक्ष -चन्द प्राङ्देन
१०. महासचिव -रस्ना इजम लिम्बू
११. उपमहासचिब  – बुद्ध लिङ्देन लिम्बू
१२. सचिब – ललित लिम्बू
१३. सचिब – जीवन आङ्बुङ
१४. कोषाध्यक्ष – यतिम हाङ मेन्याङ्बो
१५. सह-कोषाध्यक्ष – सन्तोष माङ्देन
१६. प्रवक्ता – दिपक वनेम लिम्बू

१७.सास्कृतीक बिभाग प्रमुख -दुर्गा
कुरुम्बाङ
१८. सास्कृतीक उप विभाग प्रमुख- प्रतिक्षा ईजम

सदस्यहरुमा-
१. पवन माबो
२. जगत सिङ्जाङ्गो
३. लोकेन्द्र सम्बाहाम्फे
४. निर्मला मेन्याङ्बो
५. सबिता नाल्बो
६. जगत लिम्बू
७. आभास काम्बाङ्ग
८. बबिराम थोप्रा
९. सुन्दर योङ्हाङ
१०.मेख योङ्हाङ
११.पवन वनेम
१२.जुनु मादेन लिम्बू
१३. सरिता लिम्बू
१४. दिल माया लिम्बू आङ्देम्बे
१५. योगेश निङ्लेकु लिम्बू
१६.पार्बती थलङ

कार्यक्रम एकदमै मौलिक रुपमा सब्य र भब्य तरिकाले सम्पन्न भएकोले संयोजक गोबिन्द कुमार लुम्फुङ्वा,अध्यक्ष राम योङ्हाङ (बैदारे ठुले )ले उपस्थित सम्पूर्ण अतिथिहरु, प्रायोजकहरु, कलाकारहरु एवं स्वयम् सेवकहरु, कार्यसमिति लगायत सम्पुर्ण सहभागीलाई धन्यबाद ब्यक्त गर्नु भएको थियो ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

श्रम संस्कृति पार्टीको निरन्तर विरोधपछि प्रतिनिधिसभा बैठक स्थगित

श्रम संस्कृति पार्टीको निरन्तर विरोधपछि प्रतिनिधिसभा बैठक स्थगित

३ असार, काठमाडौं । श्रम संस्कृति पार्टीको निरन्तर विरोधपछि प्रतिनिधिसभा बैठक स्थगित भएको छ । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा विन...
आजदेखि ५०० रुपैयाँ दरका नयाँ नोट, सक्कली चिन्न थाहा पाउनुहोस् ७ विशेषता

आजदेखि ५०० रुपैयाँ दरका नयाँ नोट, सक्कली चिन्न थाहा पाउनुहोस् ७ विशेषता

  काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि ५०० रुपैयाँ दरका नयाँ नोट चलनचल्तीमा ल्याएको छ। राष्ट्र बैंकले नयाँ नोटका संकेत न...
गर्मीमा यसकारण नरिवल पानी पिउने

गर्मीमा यसकारण नरिवल पानी पिउने

गर्मी बढेसँगै शरीरमा पानीको कमी हुने जोखिम पनि बढ्छ। यस्तो अवस्थामा नरिवल पानी प्राकृतिक र स्वास्थ्यकर पेयका रूपमा उत्कृष्ट विकल...
कोशी प्रदेश सरकारले ल्यायो ४० अर्ब ४४ करोड बजेट

कोशी प्रदेश सरकारले ल्यायो ४० अर्ब ४४ करोड बजेट

मोरङ । कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८३÷०८४का लागि ४० अर्ब ४४ करोडको बजेट सार्वजनिक गरेको छ। सोमबार प्रदेशसभा बैठकमा कोशी प...