तरुण राई,

२० मंसिर,
इट्टाभट्टा । अपाङ्गता भएका व्यक्तिहरुको ३३औँ अन्तर्राष्ट्रिय दिवसको अवसरमा एक्का नेपालका झापा काउन्सेलरको आयोजनामा अपाङ्गता समावेशीकरण विष‌यक अन्तरक्रिया कार्यक्रम मेचीनगर नगरपालिका -०८, इट्टाभट्टा अवस्थित किरात याक्थुम चुम्लुङ्ग भवनको सभाहलमा सम्पन्न भएको छ ।

अपाङ्गता समावेशीकरण विष‌यक अन्तरक्रिया कार्यक्रममा एक्का नेपालका कार्यक्रम अधिकृत अस्मिता राईले एक्का नेपालद्वारा अपाङ्गता समावेशीकरणका लागि गरिएका पहलहरुको बारेमा प्रस्तुतिकरण गर्नुको र एक्का नेपालले ‘अपाङ्गमैत्री विद्यालय’ को अवधारणलाई एक्का सम्बन्धीत विद्यालयहरुमा कार्यान्वयन गर्न पहल गर्नु भएको जानकारी दिनुभयो ।

करुणा फाउन्डेसनका मेचीनगर संयोजक पदम बराइलीले शिक्षामा अपाङ्गता समावेशीकरण विषयमा प्रारम्भिक बालविकास तथा अपाङ्गता समावेशीकरण, बौद्धिक अपाङ्गता शिक्षण सिकाइ, अपाङ्गताको वर्गीकरण, अपाङ्गता ‘कार्ड’ र अपाङ्गता भएका ब्यक्तिहरुको पाउने सेवा र सुविधाबारे बताउनु भयो।

श्री शिशु शाक्षर आधारभुत विद्यालयका प्रधानाध्यापक लोकनाथ ढकालद्धारा विद्यालयमा अपाङ्गता समावेशीकरणका प्रयास र चुनौतीहरु बारेमा बताउनुको साथै अपाङ्गता भएको विद्यार्थीहरुलाई समाजबाट नकारात्मक मनोवृत्ति, दुर्गम स्थानमा अपाङ्गता भएको विद्यार्थीहरुलाई विद्यालयसम्म पुग्न यातायातको समस्य र समुदायका विद्यालयहरुमा समावेशी शिक्षाको लागि स्रोत र जनशक्तिको अभाव जस्ता समस्य रहेको जानकारी दिनु भयो। सो अन्तरक्रियत्मक कार्यक्रमको अन्तिम सत्रमा विद्यालयमा अपाङ्गता समावेशीकरणको विषयमा
सामूहिक छलफल गरिएकोको थियो।

काउन्सेलर प्रियंका दनुवारले गर्नु भएको अन्तरक्रिया कार्यक्रमा एक्का सम्बन्धीत झापाका विद्यालयहरुबाट
प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, वालक्लव संरक्षक शिक्षक, आमा समुह र अभिभावकवाट प्रतिनिधिहरुको साथै अपाङ्ग मैत्री सेवा स्वरोजगार संस्थाका प्रतिनिधि सहित ५० जान भन्दा बढी सहभागि थियो।