नयाँ तृष्णा

लैङ्गिक हिंसा बिरुद्ध १६ दिने अभियानमा महिलावादीहरुको उद्घोष

Advertisement

१८ मंसिर,

मेचीनगर । चौरासीमा महिला हुनुपर्छ पहिला, घर चलाउने हातले देश चलाउन सक्छ लगायत नारासहित आज ३३ औँ लैङ्गिक हिंसा बिरुद्ध १६ दिने अभियानको अवसरमा काँकरभिट्टा बजारमा प्रभातफेरी सहितको कार्यक्रम गरिएको छ ।

र्याली काँकरभिट्टा बजार परिक्रमापछि हनुमान मन्दिर परिसरमा कोणसभामा परिणत भएको हो ।

कोणसभामा कार्यक्रमकी प्रमुख अतिथि मेचीनगर नगरपालिका उपमेयर मीना पोखरेल उप्र्रेती, अन्तर–पुस्ता महिलावादी मञ्चकी संस्थापक केन्द्रीय सदस्य सरु जोशी, महिला जनचेतना केन्द्र मेचीनगरकी संस्थापक अध्यक्ष राधा प्रधान कार्की लगायतले अब ०८४ सालमा महिलाले वडाध्यक्षदेखि मेयर पदमा जितेर देश हाक्न सबै महिलाहरु एकजुट भएर लाग्नु पर्नेमा जोड दिएका थिए ।

प्रभातफेरीसहितको र्यालीमा विभिन्न संघ–संस्थाका प्रमुख, प्रतिनिधि, विद्यार्थी, अनुपम अभियानका अभियन्ताहरु लगायतले चौरासीमा महिला, हुनुपर्छ पहिला, घर चलाउनेले देश चलाउन सक्छ, राजनीतिमा महिला पद छ, जिम्मेवारी छैन, लैङ्गिक हिंसा अन्त्य गरौँ, बाल विवाह रोकौँ सभ्य समाजको निर्माण गरौँ, दाइजो होइन शिक्षा दिऔँ, छोरीलाई सक्षम बनाऔँ, घरैबाट सुरु गरौँ महिला हिंसा अन्त्य गरौँ, छोरा–छोरीमा विभेद नगरौँ घरायसी काम बराबरी गरौँ लगायतका नारा घन्काइएको थियो ।

केन्द्रले सोही प्रकारको कार्यक्रम धुलाबारी र बिर्तामोडमा पनि भव्यरुपमा मनाएको छ ।

महिला जनचेतना केन्द्रको आयोजना मखमली महिला साकोसको सहआयोजनामा भएको कार्यक्रमको अध्यक्षता महिला जनचेतना केन्दकी अध्यक्ष सिता गुरुङले र सञ्चालन सञ्चारकर्मी सुष्मा राजबंशीले गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सोनिया र राहुल गान्धीविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता

सोनिया र राहुल गान्धीविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता

  नयाँदिल्ली । प्रवर्तन निदेशालय ईडीले मंगलबार कांग्रेसको नेशनल हेराल्ड अखबार र एसोसिएटेड जर्नल्स लिमिटेड (एजेएल) सँग सम्ब...
पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घट्यो

पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घट्यो

  काठमाडौँ। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डि...
एमालेले ७ जनालाई ‘कम्युनिस्ट योद्धा’ का रूपमा सम्मान गर्ने

एमालेले ७ जनालाई ‘कम्युनिस्ट योद्धा’ का रूपमा सम्मान गर्ने

झापा । नेकपा एमालेले पार्टी स्थापना दिवसमा कम्युनिस्ट आन्दोलनमा योगदान गर्ने सात जनालाई ‘कम्युनिस्ट योद्धा’ का रूपमा सम्मानित गर्न...
अमेरिकी राजदूतले पुटिन भेटेको दुई दिनपछि रुसद्वारा  युक्रेनमा हमला, २१ युक्रेनीको मृत्यु

अमेरिकी राजदूतले पुटिन भेटेको दुई दिनपछि रुसद्वारा युक्रेनमा हमला, २१ युक्रेनीको मृत्यु

  कीभ । युक्रेनको उत्तरपूर्वी सहर सुमीमा रुसले गरेको ब्यालेस्टिक मिसाइल आक्रमणमा कम्तीमा २१ जनाको मृत्यु भएको छ भने ८० ...