Skip to main content

नयाँ तृष्णा

फुटबल खेलका क्रममा झडप हुँदा गिनीमा सयौंको मृत्यु

Advertisement

१८ मंसिर,

काठमाडौं ।

अफ्रिकी राष्ट्र गिनीको एन जेरेकोर शहरमा आईतबार आयोजना भएको एउटा फुटबल प्रतियोगितामा झडप हुँदा १ सय जनाभन्दा बढी फुटबल समर्थकको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ ।

गिनीका जुन्टा नेता मामादी डौम्बौयाको सम्मानमा आयोजित फुटबल प्रतियोगितामा रेफ्रीले गलत निणर्य गरेपछि उत्पन्न विवादमा समर्थकहरुबीच उक्त झडप भएको बताइएको छ ।

ती समर्थकहरु मैदानमा प्रवेश गरेर उपद्रो मच्चाएपछि दुई पक्षबीच भिडन्त हुँदा १ सयभन्दा बढी व्यक्तिको ज्यान जानुको साथै दर्जनौं घाइते भएका हुन् । मृत्यु हुनेमा बालबालिकासमेत रहेका छन् । शवहरू अस्पतालको भुइँमा छरपष्ट पल्टिएका अवस्थामा रहेको बताइएको छ ।

उक्त खेललमा स्थानीय लाबे र एनजेरेकोरे भिडेका थिए । रेफ्रीले भ्रमणकारी टोली लाबेका दुई खेलाडीलाई रातो कार्ड देखाउँदै मैदान बाहिर पठाएका थिए । यसैक्रममा रेफ्रीले पेनाल्टीको दिएका थिए। उक्त पेनाल्टीमा गोल भएपछि समर्थकहरू आक्रोशित भएका हुन् । स्थानीय सञ्चारमाध्यमका अनुसार भ्रमणकारी टोलीका समर्थकले रेफ्रीको निणर्यप्रति आक्रोश पोख्दै मैदानतर्फ ढुंगा प्रहार गरेका थिए ।

स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्याँस प्रहार गरेपछि भागदौड मच्चिएको थियो । स्थानीय प्रहरीका अनुसार फुटबल समर्थककहरुले एन जेरेकोर पुलिस स्टेशनमा समेत आक्रमण गरी पूणर्रुपमा क्षतिग्रस्त बनाएको छ । गिनीमा पछिल्लो समय फुटबल प्रतियोगिताको दौरान त्यस्तो अराजक घटनाहरु बढ्दै गए पनि स्थानीय प्रशासनले कुनै विशेष सुरक्षा व्यवस्था अवलम्बन गर्न नसकेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

अर्जेन्टिनालाई हराउँदै स्पेनले जित्यो विश्वकपको उपाधि

अर्जेन्टिनालाई हराउँदै स्पेनले जित्यो विश्वकपको उपाधि

४ साउन , झापा । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै फिफा विश्वकप २०२६ को उपाधि जितेको छ। अमेरिकाको न्युयोर्कस्थित न्यु जर्...
विश्वकप फाइनलको टिकट ३५ करोडसम्म, अमेरिकाकै इतिहासको सबैभन्दा महँगो खेलकुद प्रतियोगिता

विश्वकप फाइनलको टिकट ३५ करोडसम्म, अमेरिकाकै इतिहासको सबैभन्दा महँगो खेलकुद प्रतियोगिता

  काठमाडौं ।   न्युयोर्कको मेटलाइफ स्टेडियममा आइतबार अर्जेन्टिना र स्पेनबीच हुने फिफा विश्वकप २०२६ को फाइनल खेल इतिहासकै सब...
हिमालय टेलिभिजनले विश्वकप फुटबलको फाइनल खेल नि:शुल्क प्रसारण गर्ने

हिमालय टेलिभिजनले विश्वकप फुटबलको फाइनल खेल नि:शुल्क प्रसारण गर्ने

३ साउन, काठमाडौं । हिमालय टेलिभिजनले विश्वकप फुटबलको फाइनल खेल नि:शुल्क प्रसारण गर्ने भएको छ । हिमालय टिभी, हिमालय स्पोर्टस् र डि...
मेचीनगरको सार्वजनिक सुनुवाइमा जनआक्रोश, न्यून सहभागिताले कार्यक्रममाथि प्रश्न

मेचीनगरको सार्वजनिक सुनुवाइमा जनआक्रोश, न्यून सहभागिताले कार्यक्रममाथि प्रश्न

  मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रमप्रति नगरवासीले असन्तुष्टि जनाएका छन्। नगरपालिकाले सामुदायिक विका...