नयाँ तृष्णा

चर्चहरूमाथि आक्रमण र तोडफोडको विरोधमा प्रदर्शन हुने

चर्चहरूमाथि आक्रमण र तोडफोडको विरोधमा प्रदर्शन हुने

चर्चहरूमाथि आक्रमण र तोडफोडको विरोधमा प्रदर्शन हुने

१७ भाद्र , झापा ।  आमूल परिवर्तन नागरिक पार्टीले धार्मिक स्थलमाथिको अतिक्रमण, जातीय तथा महिला बालबालिका माथि भएका हिंसाको विरूद्धमा राजधानी काठमाण्डौको माइतीघर मण्डलामा खबरदारी तथा विरोध प्रदर्शन कार्यक्रम आयोजना गर्नेभएको छ । पार्टीको मुद्दा पहिचान तथा कार्यक्रम/आन्दोलन परिचालन विभागका प्रमुख तथा पार्टीका उपमहासचिव विदुर अधिकारीले अब यो पार्टीले कुनै पनि प्रकारका अन्याय, अत्याचार, दमन शोषण, हिंसा र विभेदबारे मुकदर्शक भएर नबस्ने तर जनचेतना र परिचालनका प्रभावकारी कार्यक्रम लिएर आउने अनि जनसामान्यमा भयरहितता सुरक्षा तथा न्यायको वातावरण महसुस गराउने बताउनुभयो । कार्यक्रमको जानकारी : धार्मिक स्थलमाथि आक्रमण, जातीय भेदभाव, महिला बालबालिकामाथि हिंसा विरूद्धमा खबरदारी कोणसभा तथा विरोध प्रदर्शन कार्यक्रममा सहभागिता…
Read More
मेचीनगरमा चुम्लुङको ३६ औं स्थापना दिवस सम्पन्न

मेचीनगरमा चुम्लुङको ३६ औं स्थापना दिवस सम्पन्न

१८ भदौ, झापा । झापाको मेचीनगरमा किरात याक्थुङ चुम्लुङको ३६ औं स्थापना विभिन्न कार्यक्रमहरु आयोजना गरि सम्पन्न भएको छ । सोमवार किरात याक्थुङ चुम्लुङ मेचीनगरको आयोजनामा इट्टाभट्टा स्थित आफ्नै भवनमा विविध कार्यक्रमका साथ स्थापना दिवस मनाइएको हो । कार्यक्रममा मेचीनगरका लिम्बू समुदायका जनप्रतिनिधिहरू, जग्गादाताहरू, चुम्लुङमा विशेष योगदान पुर्याउने व्यक्तिहरूलाई सम्मान गरिएको थियो । किरात याक्थुङ चुम्लुङ इजरायल सहयोग कोषबाट प्रत्येक वर्ष प्रदान गरिँदै आएको छात्रवृत्ति मेचीनगर स्थित बालकल्याण मावि कक्षा- ७ मा अध्ययनरत मेचीनगर-५ निवासी छात्रा स्नेहा लिम्बूलाई नगद १० हजार प्रदान गरिएको थियो। गायक उत्तमजंग लिम्बू र गायिका गंगा फियाकको बेजोड सांगितीक प्रस्तुति रहेको कार्यक्रममा विभिन्न वडाको केलाङ, यालाङ,…
Read More
मानव बेचबिखन तथा ओसारपसार विरुद्धको १८ औं राष्ट्रिय दिवस मनाइँदै

मानव बेचबिखन तथा ओसारपसार विरुद्धको १८ औं राष्ट्रिय दिवस मनाइँदै

  - होमराज राई, १८ भाद्र , मेचीनगर । मानव बेचबिखन विरुद्धको १८ औं राष्ट्रिय दिवस विभिन्न चेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । यो वर्ष ‘तीनै तहको सरकारको प्रतिवद्वता : मानव बेचविखन बिरुद्ध सबैको एक्यवद्वता´ भन्ने मूल नाराका साथ मानव बेचबिखन विरुद्धको राष्ट्रिय दिवस भाद्र २० गते बिहिबारका दिन हुने भएको छ । “मानव बेचबिखन तथ ओसारपसार बिरुद्धको १८ औं राष्ट्रिय दिवस २०८१ को सन्दर्भमा आयोजित अन्तरक्रियामा हामी,” नामक बिषयमा कार्यक्रम हुने भएको हाे । यसै अवसरमा झापामा मेचीनगर स्थित काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको सभाहलमा भब्य र सभ्यताकासाथ हुने यो कार्यक्रम अति रोचक र बैज्ञानिकपरिप्रेक्ष्यढङ्गबाट हुने भएकाले समाज रुपान्तरणको…
Read More
प्रकाश तामाङले बालुवाटार पुगेर भेटे प्रधानमन्त्री

प्रकाश तामाङले बालुवाटार पुगेर भेटे प्रधानमन्त्री

१८ भाद्र, काठमाडौं । प्रकाश तामाङ ‘काले’ ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट गरेका छन्। सोमबार साँझ प्रकाशले प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री ओलीलाई भेट गरेका हुन्। ‘हेर्ने कथा’ बाट आफ्नो परिवारको सम्पर्कमा पुगेका प्रकाशलाई आइतबार प्रशासनका अधिकारीले प्रकाशलाई उनको घर भोजपुर षडानन्द नगरपालिका-१० छाप्लेगाउँ (साम्पाङ) मा पुगेर नागरिकता दिइसकेका छन्। प्रधानमन्त्री ओलीले प्रकाशको नागरिकता बनिसकेकाले अब उनलाई अन्य कुरामा पनि सहज हुने बताएका छन्।
Read More
अमेरिकामा अर्का नेपाली मृत फेला

अमेरिकामा अर्का नेपाली मृत फेला

१७ भाद्र, काठमाडौं । अमेरिकाको मेरील्यान्डमा नेपाली युवक मृत भेटिएका छन्। अमेरिकाको मेरिल्याण्ड राज्यमा बस्दै आएका ४७ वर्षी शान्तलाल प्रधान मृत भेटिएको नेपाली पत्रकारहरूले अमेरिकामा सञ्चालन गरिरहेको पोर्टल नेपयोर्कले उल्लेख गरेको छ। उनी गत अगस्त २७ मा मृत फेला परेको बताइएको छ। प्रधानका पत्नीका साथै एक छोरी र एक छोरा रहेका छन्।  उनको शव नेपाल फर्काउन गोफण्डमी क्याम्पेन सुरु गरिएको छ। मृत्युको कारण पत्ता नलागेको बताइएको छ। यसअघि अमेरिकाको ह्युष्टनमा २१ वर्षीया नेपाली विद्यार्थी मुना पाण्डेको हत्या भएको थियो। पाण्डेमाथि गोली हानी हत्या गरेको आरोपमा ५१ वर्षीय बबीसिंह शाह पक्राउ परेका छन्।
Read More
परिवार भेटेका प्रकाश मोक्तानलाई घरमै लगेर दिइयो नागरिकता

परिवार भेटेका प्रकाश मोक्तानलाई घरमै लगेर दिइयो नागरिकता

  १६ भाद्र, झापा  । युट्युब कार्यक्रम ‘हेर्ने कथा’ मार्फत चर्चामा आएका प्रकाश मोक्तानलाई घरमै नागरिकता दिइएको छ। भोजपुरको षडानन्द नगरपालिकाका मेयर सुरेन्द्र उदासले आइतबार प्रकाशलाई नागरिकता हस्तान्तरण गरेका हुन्। प्रकाशलाई नागरिकता दिने बेलामा वडाध्यक्ष प्रेम दोर्जी शेर्पा, इलाका प्रशासन कार्यालयका प्रमुख विनोद ज्ञवाली, र नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत मोहन चापागाईं समेत उपस्थित थिए। प्रकाशले हेर्ने कथामा प्रसारण भएको ‘हराएका वर्षहरू’को पात्र बनेर ३५ वर्षपछि आफ्नो परिवारसँग पुनर्मिलन गरेका थिए। उनी गोरखाबाट भोजपुर फर्किएपछि नागरिकता दिइएको हो। ‘हेर्ने कथा’ मार्फत् वर्षअघि परिवार भेटेका प्रकाशको कथाले धेरैलाई भावुक बनाएको छ । त्यसपछि दशैँ तिहारको अवसरमा भोजपुर गएका प्रकाश फेरि गोरखाको चुमभ्याली…
Read More
नेपाल पत्रकार महासंघको निर्वाचन असोज ५ गते हुने

नेपाल पत्रकार महासंघको निर्वाचन असोज ५ गते हुने

१६ भाद्र , काठमाडौँ। नेपाल पत्रकार महासंघको निर्वाचन आगामी ५ असोजमा हुने भएको छ। अध्यक्ष विपुल पोखरेलले आइतबार विज्ञप्तिमा जारी गरेर निर्वाचन ५ असोजमा हुने जानकारी दिएका हुन् । असोज ५ गते महासंघको सबै तहको निर्वाचन एकैसाथ सम्पन्न गर्न निर्वाचन समितिलाई पत्राचार गरिएको जानकारी गराउँछु । साथै, यो निर्वाचनलाई सफल बनाउन सबैसँग हार्दिक आग्रह गर्छु’, अध्यक्ष पोखरेलले विज्ञप्तिमा भनेका छन् । सदस्यता वितरण, नवीकरण लगायत कारणले महासंघको चुनाव पटक-पटक सर्दै आएको छ ।
Read More
माओवादी केन्द्रको लुम्बिनी प्रदेशस्तरीय परामर्श बैठक सुरु

माओवादी केन्द्रको लुम्बिनी प्रदेशस्तरीय परामर्श बैठक सुरु

१६ भाद्र, नेपालगन्ज । नेकपा माओवादी केन्द्रको लुम्बिनी प्रदशस्तरीय परामर्श बैठक आजदेखि नेपालगञ्जमा सुरु भएको छ । भोलिसम्म चल्ने बैठकमा केन्द्रीय पदाधिकारीसहित प्रदेशमा कार्यरत केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरूको सहभागिता रहेको माओवादी केन्द्र लुम्बिनी प्रदेशले जनाएको छ । केन्द्रीय समिति बैठकमा प्रस्तुत गर्ने दस्तावेज लेख्नुअघि केन्द्र र प्रदेशका नेताहरूसँग परामर्श गर्ने कार्यक्रमअन्तर्गत परामर्श बैठक सुरु गरिएको हो । जसअनुसार बागमती, उपत्यका विशेष प्रदेश, सम्पर्क समन्वय प्रदेश, गण्डकी, सुदूरपश्चिम र कर्णाली प्रदेशको बैठक सम्पन्न भइसकेको छ । बैठकको सुरुमै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गरेर सम्बन्धित प्रदेशमा कार्यरत केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरुको राय सुझाव लिने गरेका छन् । बैठकमा उपमहासचिवसम्मका…
Read More
सिन्धुलीमा चट्याङ लागेर एक जनाको मृत्यु

सिन्धुलीमा चट्याङ लागेर एक जनाको मृत्यु

१५ भाद्र, सिन्धुली । सिन्धुलीको मरिण गाउँपालिकामा आज शनिवार चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । मरिण गाउँपालिका वडा नम्बर ७ मरिण खोला नजिकै महेश्वताको पुच्छार चौरीमा गाईवस्तु चराई रहेका ६५ बर्षका चन्द्र बहादुर माझीको चट्याङ लागेर मृत्यु भएको हो । चट्याङ लागेर गम्भिर घाईते भएका माझीलाई उपचारको लागि कपिलाकोट प्राथमिक स्वास्चा केन्द्रमा ल्याए पनि डाक्टरले मृत घोषणा गरेको ईलाका प्रहरी कार्यालय कपिलाकोटकाका ईन्चार्ज इनिस्पेक्टर धर्मराज खत्रीले जानकारी दिए । जिल्लाको मरिण र हरिहरपुरगढी क्षेत्र चट्याङको जोखिम क्षेत्रमा पर्दछ । गएको भदौं १० गते सोमवार हरिहरपुरगढी गाउँपालिका वडा नम्बर ३ माडिमा धानको झार गोड्ने क्रममा चट्याङ लागेर वडा नम्बर…
Read More
पारा ओलम्पिकमा नेपालकी पलेशाले जितिन् ऐतिहासिक काँस्य पदक

पारा ओलम्पिकमा नेपालकी पलेशाले जितिन् ऐतिहासिक काँस्य पदक

१५ भाद्र, काठमाडौँ । नेपालकी पलेशा गोवर्धनले पेरिस पारा ओलम्पिकमा ऐतिहासिक कांस्य पदक जितेकी छन्। पलेशाले पेरिसस्थित ग्रान्ड प्यालेसमा शुक्रबार राति के–४४ विधाअन्तर्गत महिला ५७ केजी तौल समूहबाट कांस्य जित्दै इतिहास रचेकी हुन्। उनी कुनै पनि ओलम्पिकमा पदक जित्ने पहिलो नेपाली खेलाडी बन्न सफल भएकी छन्। पलेशाले रिपिचेजको दोस्रो खेलमा सर्बियाकी मरिजा मिचेभलाई १५–८ स्कोरले हराएर कांस्य पदक जितेकी हुन्। रिपाचेजको पहिलो खेलमा फ्रान्सकी सोफी काभरजानलाई २-१ को स्कोरमा पराजित गरेकी थिइन्। सेमिफाइनलमा भने पलेशा विश्व नम्बर एक खेलाडी ब्राजिलकी सिल्भाना मायारा कार्डोस फरनान्डेजसँग १०-८ ले पराजित भइन्। त्यसअघि शुक्रबार नै उनले क्वार्टरफाइनलमा भेनेजुएलाकी भलेरिया मोराल्सलाई ३१-० को फराकिलो अन्तरले पराजित…
Read More