Skip to main content

नयाँ तृष्णा

चर्चहरूमाथि आक्रमण र तोडफोडको विरोधमा प्रदर्शन हुने

Advertisement

१७ भाद्र , झापा ।  आमूल परिवर्तन नागरिक पार्टीले धार्मिक स्थलमाथिको अतिक्रमण, जातीय तथा महिला बालबालिका माथि भएका हिंसाको विरूद्धमा राजधानी काठमाण्डौको माइतीघर मण्डलामा खबरदारी तथा विरोध प्रदर्शन कार्यक्रम आयोजना गर्नेभएको छ ।

पार्टीको मुद्दा पहिचान तथा कार्यक्रम/आन्दोलन परिचालन विभागका प्रमुख तथा पार्टीका उपमहासचिव विदुर अधिकारीले अब यो पार्टीले कुनै पनि प्रकारका अन्याय, अत्याचार, दमन शोषण, हिंसा र विभेदबारे मुकदर्शक भएर नबस्ने तर जनचेतना र परिचालनका प्रभावकारी कार्यक्रम लिएर आउने अनि जनसामान्यमा भयरहितता सुरक्षा तथा न्यायको वातावरण महसुस गराउने बताउनुभयो ।

कार्यक्रमको जानकारी :

धार्मिक स्थलमाथि आक्रमण, जातीय भेदभाव, महिला बालबालिकामाथि हिंसा विरूद्धमा खबरदारी कोणसभा तथा विरोध प्रदर्शन कार्यक्रममा सहभागिता सम्बन्धमा उपर्युक्त सम्बन्धमा : पछिल्लो समय मुलुकका विभिन्न स्थानहरूमा सुनियोजित ढंगले केही अतिवादी साम्प्रदायिक समूहहरूको उक्साहटमा पवित्र धार्मिक स्थल चर्चहरूमाथि आक्रमण, तोडफोड र तालाबन्दी गरिँदैछ ।

अर्कोतर्फ महिला बालबालिका बलात्कार अपहरण र हत्या जस्ता गम्भीर अपराध वृद्धि भइरहेका छन् । साथै दलित शिल्पी समुदायमाथि चरम जातीय विभेद अनि हिंसा र हत्याका मामिलाहरू बढिरहेका छन् । यस्तो प्रतिकूल परिस्थितिमा सबै प्रकारका विभेद, जातीय, लैंगिक तथा साम्प्रदायिक हिंसाको विरूद्धमा सरोकारवाला तथा राज्यसत्तालाई खबरदारी गर्दै दोषी अपराधीमाथि तत्काल कडा कानूनी कारबाही तथा पीडितको लागि न्यायको माग गर्दै निम्न मिति, स्थान र समयमा विरोध प्रदर्शन तथा खबरदारी कोणसभा कार्यक्रम आयोजना गर्नलागिएकाले उक्त कार्यक्रममा यहाँहरूको सहभागिता तथा साथ समर्थनको लागि हार्दिक आह्वान गर्दछों ।

कार्यक्रम मितिः २०८१/०५/२० गते बिहीवार स्थानः माइतीघर मण्डला समयः ठिक १:००-२:०० सम्म धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

बेथेल मण्डली दाङको को ७ औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

बेथेल मण्डली दाङको को ७ औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

  घोराही, दाङ । साउन ६, २०८३, दाङको घोराही उप–महानगरपालिका–१३, दुम्रगाउँस्थित बेथेल मण्डली दाङको ७ औं वार्षिकोत्सव समा...
अर्जेन्टिनालाई हराउँदै स्पेनले जित्यो विश्वकपको उपाधि

अर्जेन्टिनालाई हराउँदै स्पेनले जित्यो विश्वकपको उपाधि

४ साउन , झापा । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै फिफा विश्वकप २०२६ को उपाधि जितेको छ। अमेरिकाको न्युयोर्कस्थित न्यु जर्...
विश्वकप फाइनलको टिकट ३५ करोडसम्म, अमेरिकाकै इतिहासको सबैभन्दा महँगो खेलकुद प्रतियोगिता

विश्वकप फाइनलको टिकट ३५ करोडसम्म, अमेरिकाकै इतिहासको सबैभन्दा महँगो खेलकुद प्रतियोगिता

  काठमाडौं ।   न्युयोर्कको मेटलाइफ स्टेडियममा आइतबार अर्जेन्टिना र स्पेनबीच हुने फिफा विश्वकप २०२६ को फाइनल खेल इतिहासकै सब...
हिमालय टेलिभिजनले विश्वकप फुटबलको फाइनल खेल नि:शुल्क प्रसारण गर्ने

हिमालय टेलिभिजनले विश्वकप फुटबलको फाइनल खेल नि:शुल्क प्रसारण गर्ने

३ साउन, काठमाडौं । हिमालय टेलिभिजनले विश्वकप फुटबलको फाइनल खेल नि:शुल्क प्रसारण गर्ने भएको छ । हिमालय टिभी, हिमालय स्पोर्टस् र डि...