१९ भाद्र, काठमाडौं । ११ महिनाअघि इजरायलमाथि आक्रमण गरेको हमास नेता याह्या सिनवारसहितका नेताहरुविरुद्ध अमेरिकाले आपराधिक मुद्दा चलाएको छ । अमेरिकी न्याय विभागले भनेको छ, हमासका ६ नेताहरुविरुद्ध मुद्दा चलाइएको हो । हमासका नेताहरुमाथि अमेरिकी नेताहरुको हत्या, आतंकवादलाई वित्तीय सहयोग र नरसंहार गर्ने घातक हतियारको प्रयोग लगायतका उजुरी छ । अमेरिकाले मुद्दा चलाएका नेताहरुमध्ये तीन जनाको हवाई हमलामा मृत्यु भइसकेको छ । बीबीसीका अनुसार इस्माइल हनिया, मारवान इस्सा र मोहम्मद जाएफको मृत्यु भइसकेको छ । सिनवार भने कुनै सुरुङभित्र लुकेर बसेको अनुमान छ । अमेरिकाको न्याय विभागले भनेको छ, ‘यो हमासबाट भएका हमलामा हमासका प्रमुख नेताहरुलाई जवाफदेही ठहर्याउने पहिलो प्रयास…
१९ भाद्र, विराटनगर। कोशी प्रदेशसभा बैठकबाट प्रदेश निजामती सेवा ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक पारित भएको छ । बुधबारको प्रदेशसभा बैठकमा संशोधन प्रस्ताव दर्ता गरेका सांसदले संशोधन फिर्ता लिएपछि प्रदेशसभाबाट विधेयक पारित भएको हो । नेकपा माओवादी केन्द्रका सांसद गोम्बु शेर्पा र गणेश उप्रेतीले संयुक्त रुपमा संसोधन प्रस्ताव दर्ता गरेका थिए । कांग्रेस प्रमुख सचेतक गोपाल तामाङ र एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारीले संयुक्त रुपमा संशोधन प्रस्ताव दर्ता गरेका थिए । नेकपा एमाले सांसद इन्द्रमणी पराजुली र निरन राई, नेकपा एकिकृत समाजवादीको तर्फबाट कमलप्रसाद जवेगूले विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गरेका थिए । सरकारले राजनीतिक सहमतिका आधारमा पारित गर्ने…
१९ भाद्र, काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन शाहका समर्थकले प्रधानमन्त्री केपी शर्मा ओलीको फेसबुकमा हमला गरेका छन् । बालेनले आफ्नो फेसबुक स्टाटस सरकारले हटाइदिएको आशय व्यक्त गरेपछि आक्रोशित बनेका बालेनका समर्थहरूले ओलीलाई अनफलो गर्ने अभियान चलाएका हुन्। मंगलबार अपराह्न मेयर बालेनको स्टाटसलाई फेसबुकले हटाइदिएको उनको सचिवालयले दाबी गरेको थियो। कसैले रिपोर्ट गरेका कारण सो पोष्ट फेसबुकले डाउन गरको सचिवालयले दाबि गरेको थियो । त्यसपछि मंगलबारनै बालेनले पोष्ट हटाउने होइन, दोषीलाई करावाही गर्नुपर्यो भन्ने पोष्ट गर्दै आफ्नो पोष्ट सरकारले हटाइदिएको आशय व्यक्त गरेका थिए। त्यसपछि बालेनका समर्थहरूले ओलीलाई अनफलो गर्न शुरु गरेका हुन्। मंगलबार केपी शर्मा ओलीको पेजमा ६ लाख…
१७ भाद्र , झापा । आमूल परिवर्तन नागरिक पार्टीले धार्मिक स्थलमाथिको अतिक्रमण, जातीय तथा महिला बालबालिका माथि भएका हिंसाको विरूद्धमा राजधानी काठमाण्डौको माइतीघर मण्डलामा खबरदारी तथा विरोध प्रदर्शन कार्यक्रम आयोजना गर्नेभएको छ । पार्टीको मुद्दा पहिचान तथा कार्यक्रम/आन्दोलन परिचालन विभागका प्रमुख तथा पार्टीका उपमहासचिव विदुर अधिकारीले अब यो पार्टीले कुनै पनि प्रकारका अन्याय, अत्याचार, दमन शोषण, हिंसा र विभेदबारे मुकदर्शक भएर नबस्ने तर जनचेतना र परिचालनका प्रभावकारी कार्यक्रम लिएर आउने अनि जनसामान्यमा भयरहितता सुरक्षा तथा न्यायको वातावरण महसुस गराउने बताउनुभयो । कार्यक्रमको जानकारी : धार्मिक स्थलमाथि आक्रमण, जातीय भेदभाव, महिला बालबालिकामाथि हिंसा विरूद्धमा खबरदारी कोणसभा तथा विरोध प्रदर्शन कार्यक्रममा सहभागिता…