Skip to main content

नयाँ तृष्णा

इजरायलमा आक्रमणको आरोपमा हमासका नेताहरुविरुद्ध अमेरिकाले चलायो मुद्दा

Advertisement

काठमाडौं । ११ महिनाअघि इजरायलमाथि आक्रमण गरेको हमास नेता याह्या सिनवारसहितका नेताहरुविरुद्ध अमेरिकाले आपराधिक मुद्दा चलाएको छ । अमेरिकी न्याय विभागले भनेको छ, हमासका ६ नेताहरुविरुद्ध मुद्दा चलाइएको हो ।

हमासका नेताहरुमाथि अमेरिकी नेताहरुको हत्या, आतंकवादलाई वित्तीय सहयोग र नरसंहार गर्ने घातक हतियारको प्रयोग लगायतका उजुरी छ ।

अमेरिकाले मुद्दा चलाएका नेताहरुमध्ये तीन जनाको हवाई हमलामा मृत्यु भइसकेको छ । बीबीसीका अनुसार इस्माइल हनिया, मारवान इस्सा र मोहम्मद जाएफको मृत्यु भइसकेको छ । सिनवार भने कुनै सुरुङभित्र लुकेर बसेको अनुमान छ ।

अमेरिकाको न्याय विभागले भनेको छ, ‘यो हमासबाट भएका हमलामा हमासका प्रमुख नेताहरुलाई जवाफदेही ठहर्याउने पहिलो प्रयास हो ।’

बीबीसीका अनुसार हमास नेताहरुमाथिका मुद्दा एक दशक अगाडि र गत वर्ष अक्टुबरमा दक्षिण इजरायलमा गरिएका हमलामा घटनासँग सम्बन्धित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

अर्जेन्टिनालाई हराउँदै स्पेनले जित्यो विश्वकपको उपाधि

अर्जेन्टिनालाई हराउँदै स्पेनले जित्यो विश्वकपको उपाधि

४ साउन , झापा । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै फिफा विश्वकप २०२६ को उपाधि जितेको छ। अमेरिकाको न्युयोर्कस्थित न्यु जर्...
विश्वकप फाइनलको टिकट ३५ करोडसम्म, अमेरिकाकै इतिहासको सबैभन्दा महँगो खेलकुद प्रतियोगिता

विश्वकप फाइनलको टिकट ३५ करोडसम्म, अमेरिकाकै इतिहासको सबैभन्दा महँगो खेलकुद प्रतियोगिता

  काठमाडौं ।   न्युयोर्कको मेटलाइफ स्टेडियममा आइतबार अर्जेन्टिना र स्पेनबीच हुने फिफा विश्वकप २०२६ को फाइनल खेल इतिहासकै सब...
हिमालय टेलिभिजनले विश्वकप फुटबलको फाइनल खेल नि:शुल्क प्रसारण गर्ने

हिमालय टेलिभिजनले विश्वकप फुटबलको फाइनल खेल नि:शुल्क प्रसारण गर्ने

३ साउन, काठमाडौं । हिमालय टेलिभिजनले विश्वकप फुटबलको फाइनल खेल नि:शुल्क प्रसारण गर्ने भएको छ । हिमालय टिभी, हिमालय स्पोर्टस् र डि...
मेचीनगरको सार्वजनिक सुनुवाइमा जनआक्रोश, न्यून सहभागिताले कार्यक्रममाथि प्रश्न

मेचीनगरको सार्वजनिक सुनुवाइमा जनआक्रोश, न्यून सहभागिताले कार्यक्रममाथि प्रश्न

  मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रमप्रति नगरवासीले असन्तुष्टि जनाएका छन्। नगरपालिकाले सामुदायिक विका...