नयाँ तृष्णा

माओवादी केन्द्रको लुम्बिनी प्रदेशस्तरीय परामर्श बैठक सुरु

Advertisement

१६ भाद्र,

नेपालगन्ज । नेकपा माओवादी केन्द्रको लुम्बिनी प्रदशस्तरीय परामर्श बैठक आजदेखि नेपालगञ्जमा सुरु भएको छ ।

भोलिसम्म चल्ने बैठकमा केन्द्रीय पदाधिकारीसहित प्रदेशमा कार्यरत केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरूको सहभागिता रहेको माओवादी केन्द्र लुम्बिनी प्रदेशले जनाएको छ ।

केन्द्रीय समिति बैठकमा प्रस्तुत गर्ने दस्तावेज लेख्नुअघि केन्द्र र प्रदेशका नेताहरूसँग परामर्श गर्ने कार्यक्रमअन्तर्गत परामर्श बैठक सुरु गरिएको हो ।

जसअनुसार बागमती, उपत्यका विशेष प्रदेश, सम्पर्क समन्वय प्रदेश, गण्डकी, सुदूरपश्चिम र कर्णाली प्रदेशको बैठक सम्पन्न भइसकेको छ ।

बैठकको सुरुमै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गरेर सम्बन्धित प्रदेशमा कार्यरत केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरुको राय सुझाव लिने गरेका छन् ।

बैठकमा उपमहासचिवसम्मका केन्द्रीय पदाधिकारीले पनि सम्बोधन गर्ने गरेका छन् ।

प्रदेश परामर्श बैठकपछि माओवादीको केन्द्रीय कमिटी बैठक बस्नेछ। केन्द्रीय कमिटीले ठोस निर्णय गरेर नियमित कार्यक्रमिकरूपमा जनतामा जाने माओवादी केन्द्रले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सोनिया र राहुल गान्धीविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता

सोनिया र राहुल गान्धीविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता

  नयाँदिल्ली । प्रवर्तन निदेशालय ईडीले मंगलबार कांग्रेसको नेशनल हेराल्ड अखबार र एसोसिएटेड जर्नल्स लिमिटेड (एजेएल) सँग सम्ब...
पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घट्यो

पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घट्यो

  काठमाडौँ। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डि...
एमालेले ७ जनालाई ‘कम्युनिस्ट योद्धा’ का रूपमा सम्मान गर्ने

एमालेले ७ जनालाई ‘कम्युनिस्ट योद्धा’ का रूपमा सम्मान गर्ने

झापा । नेकपा एमालेले पार्टी स्थापना दिवसमा कम्युनिस्ट आन्दोलनमा योगदान गर्ने सात जनालाई ‘कम्युनिस्ट योद्धा’ का रूपमा सम्मानित गर्न...
अमेरिकी राजदूतले पुटिन भेटेको दुई दिनपछि रुसद्वारा  युक्रेनमा हमला, २१ युक्रेनीको मृत्यु

अमेरिकी राजदूतले पुटिन भेटेको दुई दिनपछि रुसद्वारा युक्रेनमा हमला, २१ युक्रेनीको मृत्यु

  कीभ । युक्रेनको उत्तरपूर्वी सहर सुमीमा रुसले गरेको ब्यालेस्टिक मिसाइल आक्रमणमा कम्तीमा २१ जनाको मृत्यु भएको छ भने ८० ...