Skip to main content

नयाँ तृष्णा

मानव बेचबिखन तथा ओसारपसार विरुद्धको १८ औं राष्ट्रिय दिवस मनाइँदै

Advertisement

 

– होमराज राई,

१८ भाद्र ,

मेचीनगर । मानव बेचबिखन विरुद्धको १८ औं राष्ट्रिय दिवस विभिन्न चेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । यो वर्ष ‘तीनै तहको सरकारको प्रतिवद्वता : मानव बेचविखन बिरुद्ध सबैको एक्यवद्वता´ भन्ने मूल नाराका साथ मानव बेचबिखन विरुद्धको राष्ट्रिय दिवस भाद्र २० गते बिहिबारका दिन हुने भएको छ ।

“मानव बेचबिखन तथ ओसारपसार बिरुद्धको १८ औं राष्ट्रिय दिवस २०८१ को सन्दर्भमा आयोजित अन्तरक्रियामा हामी,” नामक बिषयमा कार्यक्रम हुने भएको हाे ।

यसै अवसरमा झापामा मेचीनगर स्थित काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको सभाहलमा भब्य र सभ्यताकासाथ हुने यो कार्यक्रम अति रोचक र बैज्ञानिकपरिप्रेक्ष्यढङ्गबाट हुने भएकाले समाज रुपान्तरणको उपलब्धि प्राप्त गर्नेछ ।

झापा जिल्ला प्रशासन कार्यालय झापाको आयोजना र कारितास नेपालीको संयोजकत्वमा हुने कार्यक्रममा इलाका प्रहरी कार्यालय काँकरभिट्टा, मेची सामुदायिक सेवा केन्द्र , माइती नेपाल काँकरभिट्टा , साहसी महिला नेपाल , साना हातहरु नेपाल , नव अभियान नेपाल ,आफन्त नेपाल, शक्ति समुह , एबिसी नेपाल र एकल महिला जिल्ला समिति झापालगायतको सहकार्यमा मानव बेचबिखन तथा ओसारपसार बिरुद्ध १८ औं राष्ट्रिय दिवसको अवसरमा चेतनामूलक बिशेष कार्यक्रम हुनेछ ।

नेपाल सरकारका विभिन्न मन्त्रालय, विभाग, नेपाल प्रहरी, गैरसरकारी क्षेत्र, नागरिक समाज, संचारमाध्यम आदिले मानव बेचबिखन रोक्नका लागि निरन्तर काम गरेको अवस्था छ । यसले जनचेतना जगाउन, पीडितको उद्दार तथा संरक्षण र परिवारसम्म पुर्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । तर मानव बेचबिखनकाे काम भने पूर्णरूपमा निराकरण हुन नसकेतापनि दलाललाई निराशाजनक र निरुत्साहित भएकै देखिन्छ ।

संघीयता कार्यान्वयन भएर तीन तहका सरकार बनेको अवस्थामा सङ्घले राष्ट्रिय नीति तथा कानुन बनाउने, प्रदेशले प्रदेशभित्रका स्थानीय तहको समन्वय गर्ने र स्थानीय तहले मानव बेचबिखन सम्बन्धी विषयको विवरण अध्यावधिक गर्ने, विदेश जानेको विवरण राख्ने, पीडितको संरक्षणका लागि पुनःस्थापना केन्द्र तथा विभिन्न कार्यक्रम चलाउनु आवश्यक छ । साथै यस कार्यमा गैरसरकारी क्षेत्र, नागरिक समाज, सञ्चार माध्यम तथा निजी क्षेत्रको समेत उत्तिकै महत्व रहने हुँदा सहकार्यको व्यवस्था गरिनु पर्दछ ।

मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी तथ्याङ्क एकीकृत गर्ने, पीडित तथा जोखिममा पर्न सक्ने व्यक्तिको पहिचान निर्देशिका बनाई कार्यान्वयनमा ल्याउने, पीडित तथा जोखिम अवस्थामा रहेकाको उद्दार, संरक्षण, फिर्ती, पुर्नस्थापना र सामाजिक तथा आर्थिक शसक्तिकरणसंग सम्बन्धित कार्यविधिको संसोधन तथा कार्यान्वयनमा जोड दिनु आवश्यक छ । मानव बेचबिखन र ओसारपसार नियन्त्रणका लागि बनेका विभिन्न कानुनीहरुकोे कार्यान्वयनमा थप प्रभावकारिता ल्याइनु पर्दछ ।

बालबालिका बेचबिखन विरुद्धको सार्क महासन्धि २००२ नेपाल सरकारले अनुमोदन भएको दिन यो दिवस मनाइँदै आएको छ । २०६४ साल देखी भाद्र २० गते देखि राष्ट्रिय दिवसको रूपमा मनाइएको छ ।

संयुक्त राष्ट्रसंघका अनुसार विश्वव्यापी संकट, द्वन्द्व र जलवायु परिवर्तनका कारण मानव बेचबिखनको रुप बिकराल बनेको छ। गरिबी, बेरोजगारी, शिक्षा र स्वास्थ्यमा पहुँच नभएका, भेदभाव, हिंसा, दुव्र्यवहारमा परेका व्यक्ति एवं सीमान्तकृत समुदाय मानव तस्करको नजरमा पर्ने गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

अर्जेन्टिनालाई हराउँदै स्पेनले जित्यो विश्वकपको उपाधि

अर्जेन्टिनालाई हराउँदै स्पेनले जित्यो विश्वकपको उपाधि

४ साउन , झापा । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै फिफा विश्वकप २०२६ को उपाधि जितेको छ। अमेरिकाको न्युयोर्कस्थित न्यु जर्...
विश्वकप फाइनलको टिकट ३५ करोडसम्म, अमेरिकाकै इतिहासको सबैभन्दा महँगो खेलकुद प्रतियोगिता

विश्वकप फाइनलको टिकट ३५ करोडसम्म, अमेरिकाकै इतिहासको सबैभन्दा महँगो खेलकुद प्रतियोगिता

  काठमाडौं ।   न्युयोर्कको मेटलाइफ स्टेडियममा आइतबार अर्जेन्टिना र स्पेनबीच हुने फिफा विश्वकप २०२६ को फाइनल खेल इतिहासकै सब...
हिमालय टेलिभिजनले विश्वकप फुटबलको फाइनल खेल नि:शुल्क प्रसारण गर्ने

हिमालय टेलिभिजनले विश्वकप फुटबलको फाइनल खेल नि:शुल्क प्रसारण गर्ने

३ साउन, काठमाडौं । हिमालय टेलिभिजनले विश्वकप फुटबलको फाइनल खेल नि:शुल्क प्रसारण गर्ने भएको छ । हिमालय टिभी, हिमालय स्पोर्टस् र डि...
मेचीनगरको सार्वजनिक सुनुवाइमा जनआक्रोश, न्यून सहभागिताले कार्यक्रममाथि प्रश्न

मेचीनगरको सार्वजनिक सुनुवाइमा जनआक्रोश, न्यून सहभागिताले कार्यक्रममाथि प्रश्न

  मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रमप्रति नगरवासीले असन्तुष्टि जनाएका छन्। नगरपालिकाले सामुदायिक विका...