नयाँ तृष्णा

मेचीनगरमा चुम्लुङको ३६ औं स्थापना दिवस सम्पन्न

Advertisement

१८ भदौ,

झापा । झापाको मेचीनगरमा किरात याक्थुङ चुम्लुङको ३६ औं स्थापना विभिन्न कार्यक्रमहरु आयोजना गरि सम्पन्न भएको छ । सोमवार किरात याक्थुङ चुम्लुङ मेचीनगरको आयोजनामा इट्टाभट्टा स्थित आफ्नै भवनमा विविध कार्यक्रमका साथ स्थापना दिवस मनाइएको हो ।

कार्यक्रममा मेचीनगरका लिम्बू समुदायका जनप्रतिनिधिहरू, जग्गादाताहरू, चुम्लुङमा विशेष योगदान पुर्याउने व्यक्तिहरूलाई सम्मान गरिएको थियो ।

किरात याक्थुङ चुम्लुङ इजरायल सहयोग कोषबाट प्रत्येक वर्ष प्रदान गरिँदै आएको छात्रवृत्ति मेचीनगर स्थित बालकल्याण मावि कक्षा- ७ मा अध्ययनरत मेचीनगर-५ निवासी छात्रा स्नेहा लिम्बूलाई नगद १० हजार प्रदान गरिएको थियो।

गायक उत्तमजंग लिम्बू र गायिका गंगा फियाकको बेजोड सांगितीक प्रस्तुति रहेको कार्यक्रममा विभिन्न वडाको केलाङ, यालाङ, हाक्पारे तथा विभिन्न जातजातिका नृत्यहरू प्रस्तुत गरिएको थियो ।

किरात याक्थुङ चुम्लुङ सङघीय सचिव चक्र एक्तेन (अभिशेक) को प्रमुख आतिथ्यतामा सम्पन्न स्थापना दिवसमा प्रमुख अतिथि एक्तेन, पुर्व झापा अध्यक्षद्वय भक्त खेबाङ, भरत सुब्बा, जिल्ला सदस्य हस्त आङदेम्बे, निवर्तमान अध्यक्ष दिलिप आङदेम्बे, नेपाल आदिवासी जनजाति महासंघ मेचीनगरका अध्यक्ष राम वाइबा, महिला नेतृ अग्निमाया मेचे, याक्थुङ चुम्लुङ मेचीनगरका सल्लाहकार प्रेम सम्बाहाम्फे शुभकामना मन्तव्य व्यक्त गरे ।

किरात याक्थुङ चुम्लुङ मेचीनगरका अध्यक्ष धनप्रसाद केरूङको सभापतित्वमा सम्पन्न कार्यक्रममा उपाध्यक्ष विरू बेघाले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन सचिव मिना इजम र सह सचिव राजेन्द्र इधिङगोले संयुक्त रूपमा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

कोशीमा बालविवाहका ३८ सूचना दर्ता, मोरङमा सबैभन्दा बढी

कोशीमा बालविवाहका ३८ सूचना दर्ता, मोरङमा सबैभन्दा बढी

  झापा । कोशी प्रदेशमा चालु आर्थिक वर्षको १० महिनामा बालहेल्पलाइन सेवामा ३८, बालविवाहसम्बन्धी सूचना दर्ता भएका छन् । हराएक...
सम्पत्ति विवरण मागेपछि अध्यक्ष ओली आक्रोशित : ‘खरानी छ, उठाएर लैजा सरकार’

सम्पत्ति विवरण मागेपछि अध्यक्ष ओली आक्रोशित : ‘खरानी छ, उठाएर लैजा सरकार’

  काठमाडौँ। नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले भदौ २३ र २४ गतेको घटना छानबिनका ल...
रास्वपा सभापति रवि लामिछाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच भेटवार्ता

रास्वपा सभापति रवि लामिछाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच भेटवार्ता

  काठमाडौँ । रास्वपा सभापति रवि लामिछाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच भेटवार्ता भएको छ । बुधबार नयाँ दिल्लीस...
संसद्‌मा विपक्षी एकतालाई सरकारकै निम्तो

संसद्‌मा विपक्षी एकतालाई सरकारकै निम्तो

  १८ जेठ, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिविरुद्ध विपक्षी दलहरू एकजुट भएका छन् । सबै विपक्षी दलका नेताह...