Skip to main content

नयाँ तृष्णा

सिन्धुलीमा चट्याङ लागेर एक जनाको मृत्यु

Advertisement

१५ भाद्र,

सिन्धुली ।

सिन्धुलीको मरिण गाउँपालिकामा आज शनिवार चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।

मरिण गाउँपालिका वडा नम्बर ७ मरिण खोला नजिकै महेश्वताको पुच्छार चौरीमा गाईवस्तु चराई रहेका ६५ बर्षका चन्द्र बहादुर माझीको चट्याङ लागेर मृत्यु भएको हो ।

चट्याङ लागेर गम्भिर घाईते भएका माझीलाई उपचारको लागि कपिलाकोट प्राथमिक स्वास्चा केन्द्रमा ल्याए पनि डाक्टरले मृत घोषणा गरेको ईलाका प्रहरी कार्यालय कपिलाकोटकाका ईन्चार्ज इनिस्पेक्टर धर्मराज खत्रीले जानकारी दिए । जिल्लाको मरिण र हरिहरपुरगढी क्षेत्र चट्याङको जोखिम क्षेत्रमा पर्दछ ।

गएको भदौं १० गते सोमवार हरिहरपुरगढी गाउँपालिका वडा नम्बर ३ माडिमा धानको झार गोड्ने क्रममा चट्याङ लागेर वडा नम्बर १ शिखरकी ४० बर्षिय छलिमाया थिङको घटनास्थलमै मृत्यु भएको थियो । अरु दुई जना घाईते भएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

अर्जेन्टिनालाई हराउँदै स्पेनले जित्यो विश्वकपको उपाधि

अर्जेन्टिनालाई हराउँदै स्पेनले जित्यो विश्वकपको उपाधि

४ साउन , झापा । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै फिफा विश्वकप २०२६ को उपाधि जितेको छ। अमेरिकाको न्युयोर्कस्थित न्यु जर्...
विश्वकप फाइनलको टिकट ३५ करोडसम्म, अमेरिकाकै इतिहासको सबैभन्दा महँगो खेलकुद प्रतियोगिता

विश्वकप फाइनलको टिकट ३५ करोडसम्म, अमेरिकाकै इतिहासको सबैभन्दा महँगो खेलकुद प्रतियोगिता

  काठमाडौं ।   न्युयोर्कको मेटलाइफ स्टेडियममा आइतबार अर्जेन्टिना र स्पेनबीच हुने फिफा विश्वकप २०२६ को फाइनल खेल इतिहासकै सब...
हिमालय टेलिभिजनले विश्वकप फुटबलको फाइनल खेल नि:शुल्क प्रसारण गर्ने

हिमालय टेलिभिजनले विश्वकप फुटबलको फाइनल खेल नि:शुल्क प्रसारण गर्ने

३ साउन, काठमाडौं । हिमालय टेलिभिजनले विश्वकप फुटबलको फाइनल खेल नि:शुल्क प्रसारण गर्ने भएको छ । हिमालय टिभी, हिमालय स्पोर्टस् र डि...
मेचीनगरको सार्वजनिक सुनुवाइमा जनआक्रोश, न्यून सहभागिताले कार्यक्रममाथि प्रश्न

मेचीनगरको सार्वजनिक सुनुवाइमा जनआक्रोश, न्यून सहभागिताले कार्यक्रममाथि प्रश्न

  मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रमप्रति नगरवासीले असन्तुष्टि जनाएका छन्। नगरपालिकाले सामुदायिक विका...