नयाँ तृष्णा

पारा ओलम्पिकमा नेपालकी पलेशाले जितिन् ऐतिहासिक काँस्य पदक

Advertisement

१५ भाद्र,

काठमाडौँ । नेपालकी पलेशा गोवर्धनले पेरिस पारा ओलम्पिकमा ऐतिहासिक कांस्य पदक जितेकी छन्। पलेशाले पेरिसस्थित ग्रान्ड प्यालेसमा शुक्रबार राति के–४४ विधाअन्तर्गत महिला ५७ केजी तौल समूहबाट कांस्य जित्दै इतिहास रचेकी हुन्।

उनी कुनै पनि ओलम्पिकमा पदक जित्ने पहिलो नेपाली खेलाडी बन्न सफल भएकी छन्।

पलेशाले रिपिचेजको दोस्रो खेलमा सर्बियाकी मरिजा मिचेभलाई १५–८ स्कोरले हराएर कांस्य पदक जितेकी हुन्। रिपाचेजको पहिलो खेलमा फ्रान्सकी सोफी काभरजानलाई २-१ को स्कोरमा पराजित गरेकी थिइन्।

सेमिफाइनलमा भने पलेशा विश्व नम्बर एक खेलाडी ब्राजिलकी सिल्भाना मायारा कार्डोस फरनान्डेजसँग १०-८ ले पराजित भइन्। त्यसअघि शुक्रबार नै उनले क्वार्टरफाइनलमा भेनेजुएलाकी भलेरिया मोराल्सलाई ३१-० को फराकिलो अन्तरले पराजित गरेकी थिइन्।

यससँगै पलेशाले नेपाल सरकारबाट ६५ लाख रुपैयाँ  पुरस्कार प्राप्त गर्नेछिन्। राष्ट्रिय खेलकुद विकास नियमावली, २०७९ मा ओलम्पिकमा कांस्य पदक जित्ने खेलाडीलाई ६५ लाख रुपैयाँ पुरस्कार दिने व्यवस्था छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

संगीतकार रञ्जित गजमेरलाई ‘बिसे नगर्ची राष्ट्रिय व्यक्तित्व सम्मान’

संगीतकार रञ्जित गजमेरलाई ‘बिसे नगर्ची राष्ट्रिय व्यक्तित्व सम्मान’

झापा . वरिष्ठ संगीतकार रञ्जित गजमेर यस वर्षको ‘बिसे नगर्ची राष्ट्रिय व्यक्तित्व सम्मान’बाट सम्मानित भएका छन् । गोर्खा फाउन्डेसनद्व...
काँकरभिट्टामा सुनचाँदी व्यवसायीद्वारा प्रदर्शन

काँकरभिट्टामा सुनचाँदी व्यवसायीद्वारा प्रदर्शन

२९ जेठ, काँकरभिट्टामा , सरकारले सुनमा कर बृद्धि गरेपछि व्यवसायीहरु आन्दोलित भएका छन् । आज काँकरभिट्टामा सुनचाँदी व्यवसा...
कमल गाउँपालिकाले गर्मी बढेपछि गरे विद्यालय बन्द

कमल गाउँपालिकाले गर्मी बढेपछि गरे विद्यालय बन्द

  झापा । अत्यधिक गर्मी बढेपछि झापाको कमल गाउँपालिकाले विद्यालय २ दिन विदा दिइएको छ । गाउँपालिका प्रमुख हुकुमसि...
नारी सञ्चार गृहको अक्षयकोषमा ५० लाख पुगेको घोषणा

नारी सञ्चार गृहको अक्षयकोषमा ५० लाख पुगेको घोषणा

झापा । झापाली महिला पत्रकारहरुको साझा संस्था नारी सञ्चार गृहले स्थापना गरेको नारी सञ्चार प्रोत्साहन अक्षयकोषमा ५० लाख रुपैयाँ ...