नयाँ तृष्णा

परिवार भेटेका प्रकाश मोक्तानलाई घरमै लगेर दिइयो नागरिकता

Advertisement

 

झापा  । युट्युब कार्यक्रम ‘हेर्ने कथा’ मार्फत चर्चामा आएका प्रकाश मोक्तानलाई घरमै नागरिकता दिइएको छ। भोजपुरको षडानन्द नगरपालिकाका मेयर सुरेन्द्र उदासले आइतबार प्रकाशलाई नागरिकता हस्तान्तरण गरेका हुन्।

प्रकाशलाई नागरिकता दिने बेलामा वडाध्यक्ष प्रेम दोर्जी शेर्पा, इलाका प्रशासन कार्यालयका प्रमुख विनोद ज्ञवाली, र नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत मोहन चापागाईं समेत उपस्थित थिए।

प्रकाशले हेर्ने कथामा प्रसारण भएको ‘हराएका वर्षहरू’को पात्र बनेर ३५ वर्षपछि आफ्नो परिवारसँग पुनर्मिलन गरेका थिए। उनी गोरखाबाट भोजपुर फर्किएपछि नागरिकता दिइएको हो।

‘हेर्ने कथा’ मार्फत् वर्षअघि परिवार भेटेका प्रकाशको कथाले धेरैलाई भावुक बनाएको छ । त्यसपछि दशैँ तिहारको अवसरमा भोजपुर गएका प्रकाश फेरि गोरखाको चुमभ्याली फर्किएका थिए । जहाँबाट अहिले फेरि उनी घर फर्किएका हुन् ।

प्रकाशलाई गोरखाका साहू टासी लामाले १० लाख रुपैयाँ पारिश्रमिक दिने घोषणा गरेका छन् । उनी बसेको चुमनुव्री गाउँपालिकाले थप १ लाख रुपैयाँ प्रदान गर्ने बताएका छन् ।

प्रकाशले नागरिकता प्राप्त गरेपछि अब बैङ्क खाता खोल्ने तयारीमा छन् । त्यसपछि उनलाई यी रकम हस्तान्तरण गरिने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सोनिया र राहुल गान्धीविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता

सोनिया र राहुल गान्धीविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता

  नयाँदिल्ली । प्रवर्तन निदेशालय ईडीले मंगलबार कांग्रेसको नेशनल हेराल्ड अखबार र एसोसिएटेड जर्नल्स लिमिटेड (एजेएल) सँग सम्ब...
पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घट्यो

पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घट्यो

  काठमाडौँ। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डि...
एमालेले ७ जनालाई ‘कम्युनिस्ट योद्धा’ का रूपमा सम्मान गर्ने

एमालेले ७ जनालाई ‘कम्युनिस्ट योद्धा’ का रूपमा सम्मान गर्ने

झापा । नेकपा एमालेले पार्टी स्थापना दिवसमा कम्युनिस्ट आन्दोलनमा योगदान गर्ने सात जनालाई ‘कम्युनिस्ट योद्धा’ का रूपमा सम्मानित गर्न...
अमेरिकी राजदूतले पुटिन भेटेको दुई दिनपछि रुसद्वारा  युक्रेनमा हमला, २१ युक्रेनीको मृत्यु

अमेरिकी राजदूतले पुटिन भेटेको दुई दिनपछि रुसद्वारा युक्रेनमा हमला, २१ युक्रेनीको मृत्यु

  कीभ । युक्रेनको उत्तरपूर्वी सहर सुमीमा रुसले गरेको ब्यालेस्टिक मिसाइल आक्रमणमा कम्तीमा २१ जनाको मृत्यु भएको छ भने ८० ...