काँकरभिट्टा । नव अभियान नेपाल शाखा कार्यालय काँकरभिट्टाको आयोजनामा नेपाल–भारत क्रस बोर्डर कोर्डिनेशन मिटिङ सम्पन्न भएको छ। कार्यक्रममा संस्थाका कार्यकारी निर्देशक सबिना श्रेष्ठको अध्यक्षता रहेको थियो। कार्यक्रमका प्रमुख अतिथि इलाका प्रहरी कार्यालय काँकरभिट्टाका डीएसपी निशेष चापागाई रहेका थिए भने विशिष्ट अतिथिका रूपमा मेचीनगर वडा नं. ६ का अध्यक्ष ललित बहादुर तामाङ तथा कञ्चनजंघा उद्धार केन्द्र, सिलगुरीका प्रभात पाठकको उपस्थिति रहेको थियो। त्यस्तै अतिथिहरूमा सशस्त्र प्रहरी बल नेपालका प्रहरी नायव निरीक्षक भरत धमला, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रका प्रहरी नायव निरीक्षक मिलन कुमारी राई, कञ्चनजंघा उद्धार केन्द्रका रंगु शौरिया, राजु नेपाली तथा तेजकुमार थापाले आफ्ना धारणा राखेका थिए। कार्यक्रममा…
– होमराज राई, पहाडको चिसो हावामाउसले बालसपनालाई अन्तिमपटक छोयो,ढुंगाको काखमा गुञ्जिएका निर्दोष हाँसोहरूमनको गहिरो कुनामा गुम्साएरऊ शहरतर्फ हिँड्यो.....,आँखामा उज्यालो सपना,ओठमा नबोलेको निर्दोष वाचा। बगिरहेको आमाको पिलपिल आँशूचोलीको किनारामा लुकिरहेको थियो,जानैपर्ने बाध्यता उसकोढोका समाएर उभिएको थियो ,“जानै पर्छ बाबु…”त्यो एक वाक्यलेपूरै आँगन भिजाइदियो। शहर.......,उसले सोचेको जस्तो थिएन।यहाँ भीड धेरै थियो,तर आत्माहरू सुनसान।बत्तीहरू चम्किन्थे,तर मनभित्रअँध्यारो अझ गहिरो थियो। उसले धेरै ढोका ढकढक्यायो,धेरै आँखामा भविष्य खोज्यो,तर हरेक ठाउँमाउसलाई आफ्नै थकानले मात्रै भेट्यो.......,अस्वीकृतिको चिसो स्वर,र असफलताले भरिएको दिन। रातहरू लम्बिँदै गए,झ्यालबाहिर सहर निदाइरहेको जस्तो,तर ऊभित्रआमाको स्वर जागिरहन्थ्यो—“खाइस् खाना बाबु ?”त्यो एक प्रश्नलेउसको भोकभन्दा गहिरो घाउ बनाउँथ्यो। समयसँगैउसले सपनाभन्दा बढीचुप बस्न सिक्यो।हाँसो हरायो,तर बाँच्ने संघर्ष…
मेचीनगर । झापाको मेचीनगर नगरपालिका वडा नं. ७ स्थित काँकरभिट्टामा रहेको जागृत बाल उद्धार केन्द्रले नयाँ वर्ष २०८३ सालको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ। बुधवार संस्थाको कार्यालयमा सम्पन्न उक्त कार्यक्रममा जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, सञ्चारकर्मी, स्थानीय प्रशासनका अधिकारी तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरुको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा सहभागीहरुले एकआपसमा नयाँ वर्षको शुभकामना साटासाट गर्दै सामाजिक सहकार्यलाई अझ मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए। संस्थाका अध्यक्ष राधाकृष्ण अधिकारीको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिका रूपमा समाजसेवी नरबहादुर राई उपस्थित रहेका थिए। त्यस्तै, विशिष्ट अतिथिहरुमा मेचीनगर–७ का वडा अध्यक्ष प्रल्हादमणी ओली, सामाजिक अगुवा रामचन्द्र उप्रेती, संस्थाकी पूर्वअध्यक्ष बिना तामाङ तथा समाजसेवी…
२२ चैत्र २०८२, आईतवार, झापा । झापामा इसाई समुदायको एकता, सद्भाव र उत्साह झल्काउँदै इस्टर महोत्सव २०८२ भव्य रूपमा सम्पन्न भएको छ। झापा इसाई समाजको आयोजनामा बिर्तामोडस्थित खुल्ला मैदानमा सम्पन्न उक्त कार्यक्रम श्रद्धा, भक्ति र उल्लासका साथ मनाइएको हो। कार्यक्रमको अध्यक्षता झापा इसाई समाजका अध्यक्ष रेभ. पास्टर इसाहक सिन्चिउरीले गर्नुभएको थियो भने संयोजन मेचीनगर इसाई समाजका अध्यक्ष तथा कार्यक्रम संयोजक पास्टर राजु खड्काले गर्नुभएको थियो। कार्यक्रमको सुरुवात बरिष्ठ सल्लाहकार रेभ. पास्टर एन.डी. थुलुङको प्रारम्भिक प्रार्थनाबाट गरिएको थियो, जसले वातावरणलाई आध्यात्मिक बनाएको थियो। झापा इसाई युवा समितिका अध्यक्ष जनक बस्नेतको नेतृत्वमा रहेको क्वायर समूहले आराधना गीतहरू प्रस्तुत गर्दै कार्यक्रमलाई अझ प्रेरणादायी…
११ चैत्र २०८२, बुधबार, झापा, काँकरभिट्टा । मानव बेचबिखन तथा लैङ्गिक हिंसा अन्त्य गर्ने उद्देश्यले स्थानीय निकायहरूसँग समन्वयात्मक बैठक सम्पन्न भएको छ। उक्त कार्यक्रम आफन्त नेपाल, शाखा कार्यालय काँकरभिट्टाको आयोजनामा सम्पन्न भएको हो। कार्यक्रमको सभाअध्यक्षता जिल्ला संयोजक मात्रिका गुरुङले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा मेचीनगर नगरपालिका वडा नं. ६ का प्रतिनिधि भविन्द्र सुव्बाको उपस्थिति रहेको थियो। कार्यक्रममा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो, जसमा माइती नेपालका क्षेत्रीय संयोजक गोविन्द घिमिरे, सशस्त्र प्रहरी बलका गंगा कटुवाल, नेपाल प्रहरी काकरभिट्टाका नायक निरीक्षक मिलन कुमारी राई, नेपाल प्रहरीका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाकी अम्बिका तामाङ, नव अभियान नेपालकी अनिता खनाल गुरागाईं,…
२० फाल्गुन २०८२, बुधबार, काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ७७ वटै जिल्लामा सम्पूर्ण तयारी पूरा भएको गृह मन्त्रालयले जनाएको छ। बुधबार बिहान मन्त्रालयमा आयोजित भर्चुअल बैठक (जुम) मार्फत सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूसँग समन्वय गरी निर्वाचन सुरक्षालगायत व्यवस्थापकीय पक्षको समीक्षा गरिएको हो । गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठको अध्यक्षतामा बसेको बैठकमा मन्त्रालयका उच्च अधिकारी तथा देशभरका प्रमुख जिल्ला अधिकारी (सिडिओ) सहभागी थिए । करिब तीन घण्टा चलेको बैठकमा जिल्लागत निर्वाचन तयारी, सुरक्षा व्यवस्थापन, संवेदनशील मतदान केन्द्रहरूको अवस्था तथा केन्द्र–जिल्ला समन्वयबारे विस्तृत छलफल भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका सह–प्रवक्ता रमेश आर्चायका अनुसार सबै जिल्लाबाट निर्वाचनको…
नेपालको समकालीन राजनीतिमा जब सादगी, स्पष्टता र कर्ममुखी नेतृत्वको कुरा उठ्छ, तब हर्क साम्पाङ्गको नाम स्वतः अगाडि आउँछ। उनी केवल एउटा पदमा निर्वाचित व्यक्ति मात्र होइनन्, बरु एउटा सोच, एउटा आन्दोलन र एउटा जनभावनाको प्रतिनिधि पात्र हुन्। देशले चाहेको इमान्दार, निडर र देशप्रेमी नेताको प्रतिरूपका रूपमा उनी स्थापित भएका छन्। सिधा बोल्ने, नडराउने स्वभाव हर्क साम्पाङ्गको सबैभन्दा ठूलो विशेषता भनेको उनको सिधा र स्पष्ट बोली हो। उनी कूटनीतिक घुमाउरो भाषाभन्दा पनि तथ्य र सत्यलाई प्राथमिकता दिन्छन्। गलत देखेपछि चुप लागेर बस्ने स्वभाव उनको छैन। चाहे त्यो सरकारी संयन्त्रको ढिलासुस्ती होस् वा राजनीतिक विकृति—उनी खुलेर आलोचना गर्छन्। यसले उनलाई कहिलेकाहीँ विवादमा…
१६ माघ २०८२, शुक्रबार. झापा। झापाको बिर्तामोडमा सातौँ संस्करणको झापा गोल्ड कप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। प्रतियोगिता यही माघ २४ गतेदेखि सुरु भई फागुन ४ गते समापन हुने छ। आज बिर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताका अध्यक्ष केदार गिरीले प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो। उहाँका अनुसार प्रतियोगिताको विजेताले १५ लाख रुपैयाँ र उपविजेताले ७ लाख ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। त्यसैगरी प्रतियोगिताका सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर र उत्कृष्ट प्रशिक्षकलाई जनही ३५ हजार रुपैयाँ प्रदान गरिने छ भने प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई २५ हजार रुपैयाँ नगद पुरस्कार दिइने छ। प्रतियोगितामा नेपाल,…
१३ माघ २०८२, मंगलवार, मेचीनगर । अपाङ्गमैत्री भवन निर्माण गर्ने उद्देश्यसहित अपाङ्गमैत्री सेवा स्वरोजगार संस्था मेचीनगर–१० ले सप्ताह पुराण महायज्ञ आयोजना गर्ने भएको छ । भवनको अभावका कारण कार्यालय सञ्चालनमा समस्या भोग्दै आएको संस्थाले आवश्यक आर्थिक स्रोत जुटाउन महायज्ञ गर्न लागेको हो । मंगलबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा संस्थाले मेचीनगरभरिका ४५ जना फरक क्षमता भएका सदस्यहरूको हितका लागि भवन निर्माण योजना अघि बढाएको जानकारी गराएको छ । भवन निर्माणको योजनापछि केही व्यक्ति तथा संस्थाबाट सहयोगको प्रतिबद्धता प्राप्त भएपछि महायज्ञ आयोजना गर्ने निर्णय गरिएको संस्थाका अध्यक्ष राम बुढाथोकीले बताए । उनका अनुसार आगामी फागुन ६ गतेदेखि १४ गतेसम्म महायज्ञ सञ्चालन हुनेछ…