Skip to main content

नयाँ तृष्णा

मानव बेचबिखन तथा लैङ्गिक हिंसा अन्त्यका लागि समन्वयात्मक बैठक सम्पन्न

Advertisement

११ चैत्र २०८२, बुधबार,

झापा, काँकरभिट्टा । मानव बेचबिखन तथा लैङ्गिक हिंसा अन्त्य गर्ने उद्देश्यले स्थानीय निकायहरूसँग समन्वयात्मक बैठक सम्पन्न भएको छ। उक्त कार्यक्रम आफन्त नेपाल, शाखा कार्यालय काँकरभिट्टाको आयोजनामा सम्पन्न भएको हो।

कार्यक्रमको सभाअध्यक्षता जिल्ला संयोजक मात्रिका गुरुङले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा मेचीनगर नगरपालिका वडा नं. ६ का प्रतिनिधि भविन्द्र सुव्बाको उपस्थिति रहेको थियो। कार्यक्रममा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो, जसमा माइती नेपालका क्षेत्रीय संयोजक गोविन्द घिमिरे, सशस्त्र प्रहरी बलका गंगा कटुवाल, नेपाल प्रहरी काकरभिट्टाका नायक निरीक्षक मिलन कुमारी राई, नेपाल प्रहरीका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाकी अम्बिका तामाङ, नव अभियान नेपालकी अनिता खनाल गुरागाईं, साहसी महिला नेपालका होमराज राई, असल मित्र नेपालका राजेश गुरुङ तथा सानो हातहरू नेपालकी बिमला क्षेत्री रहेका थिए।

कार्यक्रममा आफन्त नेपालले झापा जिल्लामा सञ्चालन गरिरहेका गतिविधिहरूको विस्तृत प्रस्तुति जिल्ला संयोजक मात्रिका गुरुङले गर्नुभयो। उहाँले संस्थाको परिचय, उद्देश्य, कार्यढाँचा, कार्यक्षेत्र, सेवा प्रवाह, सुरक्षित आवास गृह सञ्चालन, स्वास्थ्य उपचार व्यवस्थापन, समुदायस्तरीय कार्यक्रमहरू तथा विभिन्न निकायसँगको समन्वय र सहकार्यका विषयमा जानकारी दिनुभयो। साथै स्ट्याण्डर्ड चार्टर्ड बैंक, नयाँ बानेश्वर, काठमाडौंको सहयोगमा सञ्चालन भइरहेको परियोजनाबारे पनि जानकारी गराइएको थियो।

मन्तव्यको क्रममा प्रमुख अतिथि भविन्द्र सुव्बाले आफू यस प्रकारको कार्यक्रममा पहिलोपटक सहभागी भएको उल्लेख गर्दै संस्थाले गरिरहेको सेवामूलक कार्यको प्रशंसा गर्नुभयो। उहाँले वडा स्तरमा प्रतिनिधित्व विस्तार गरी अझ प्रभावकारी रूपमा काम गर्न सुझाव दिनुका साथै त्यसका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। त्यस्तै अन्य अतिथिहरू माइती नेपालका क्षेत्रीय संयोजक गोविन्द घिमिरे, नेपाल प्रहरी काकरभिट्टाका नायक निरीक्षक मिलन कुमारी राई,साहसी महिला नेपालका होमराज राईले पनि आ–आफ्ना धारणा राख्दै मानव बेचबिखन तथा लैङ्गिक हिंसा विरुद्धको अभियानमा सहकार्यको आवश्यकता औंल्याएका थिए।

आफन्त नेपाल वि.सं. २०६४ सालमा ललितपुरमा स्थापना भई हाल विभिन्न जिल्लाहरूमा शाखा विस्तार गर्दै आएको संस्था हो। झापामा भने २०७४ सालदेखि निरन्तर रूपमा कार्यरत रहेको छ। संस्थाले नेपाल–भारत सीमा क्षेत्रका नाकाहरूमा सूचना तथा परामर्श सेवा प्रदान गर्नुका साथै बेचबिखन प्रभावित तथा जोखिममा रहेका महिलाहरूको उद्धार, सुरक्षित आवास व्यवस्था र पुनर्स्थापनाका कार्यहरू गर्दै आएको छ। साथै समुदायमा सचेतना अभिवृद्धि, वैदेशिक उद्धार तथा स्वदेश फिर्ती लगायतका कार्यक्रमहरू पनि सञ्चालन गर्दै आएको छ।

हाल आफन्त नेपाल मानव बेचबिखन तथा ओसारपसार विरुद्धको राष्ट्रिय समितिको सदस्य समेत रहेको छ। संस्थाले समन्वय र सहकार्यलाई अझ सुदृढ गर्दै मानव बेचबिखनमुक्त समाज निर्माण गर्ने लक्ष्यका साथ यस्ता कार्यक्रमहरू सञ्चालन गर्दै आएको जनाएको छ।

कार्यक्रममा स्वागत मन्तव्य सीता अधिकारीले राख्नुभएको थियो भने सञ्चालन कञ्चन मगरले गर्नुभएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

भोलिदेखि ग्यास भरी सिलिण्डर पाइने, मूल्य पनि तोकियो

भोलिदेखि ग्यास भरी सिलिण्डर पाइने, मूल्य पनि तोकियो

  काठमाडौँ। बुधबारदेखि भरी सिलिण्डर ग्यास पाइने भएको छ । नेपाल आयल निगमले मङ्गलबार प्रेस विज्ञप्ति जारी गर्दै बुधबारदेखि भर...
नक्कली शरणार्थी प्रकरण : टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद, ४० हजार जरिवाना

नक्कली शरणार्थी प्रकरण : टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद, ४० हजार जरिवाना

  काठमाडौँ। नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई जिल्ला अदालत काठमाडौँले...
असहाय बालबालिकाको सेवाभन्दा ठूलो धर्म छैन : प्रमुख अतिथि ओली

असहाय बालबालिकाको सेवाभन्दा ठूलो धर्म छैन : प्रमुख अतिथि ओली

मेचीनगर, असार २४। झापाको मेचीनगर–७ स्थित जागृत बाल उद्धार केन्द्र नेपाल को १३औँ वार्षिक उत्सव शनिबार विविध कार्यक्रमका साथ ...
के सबै ६६६ नम्बर खतरनाक हुन्छन् ? बाइबलले वास्तवमा के भन्छ ?

के सबै ६६६ नम्बर खतरनाक हुन्छन् ? बाइबलले वास्तवमा के भन्छ ?

  सबै ६६६ नम्बर खतरनाक हुन्छन् ? धेरै इसाईहरूले ६६६ अंक देख्नेबित्तिकै त्यसलाई अशुभ वा ख्रीष्ट-विरोधीको चिन्ह ठान्ने गर्छन...