किशोर कुमार सार्की, मेचीनगर । आर्थिक वर्ष २०८१/८२ मा मेचीनगर नगरपालिकामा खेलकुद विकासले नयाँ आयाम थपेको छ । अन्तर्राष्ट्रिय प्रतियोगिता, विद्यालय, युवा र समुदायमा आधारित पहलले खेल प्रतिभालाई उजागर गराउँदै खेलकुदलाई सांस्कृतिक तथा आर्थिक विकासको बलियो आधार बनाएको छ । आर्थिक वर्ष २०८१/८२ मा मेचीनगर नगरपालिका संरक्षक रही पाँचौं मेचीनगर गोल्डकप सफल पार्ने काम भएको छ । २०८१ फागुन २१ देखि फागुन २८ सम्म काँकरभिट्टामा सञ्चालन भएको पाँचौँ “मेचीनगर गोल्डकप” ले मेचीनगरलाई राष्ट्रियस्तरमा फुटबलबाट परिचित गराउन सफल भयो । ए–डिभिजन क्लबहरू (चर्च ब्वाइज, मच्छिन्द्र, एपीएफ) र भारत–उज्बेकिस्तानका विदेशी क्लब जर्जियन एफसी, ब्ल्याक बुल्स एफसी सहभागी थिए । चर्च ब्वाइज युनाइटेडले…
झापा । परिवर्तनको लागि युवा नामक समूहको आयोजना र एक्का नेपालको सहकार्यमा झापाको मेचीनगर–६, बर्मेलीटोल गैरीगाउँमा अपांगता समावेशीकरणसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा परिवर्तनको लागि युवाका सहजकर्ता बिष्णु प्रसाईंले अपांगता के हो, अपांगताको प्रकार तथा वर्गीकरण सम्बन्धि जनचेतनामूलक प्रशिक्षण प्रदान गरे। उनले सहभागीहरूलाई अपांगता सम्बन्धी आधारभूत जानकारी दिँदै सामाजिक समावेशीताको महत्वप्रति सचेत गराए। कार्यक्रममा समूहकी संयोजक प्रियंका दनुवारले नेपाल सरकारले प्रदान गर्ने अपांगता परिचयपत्रका चारवटा प्रकारहरू र तिनले दिने सुविधाहरूका बारेमा स्पष्ट विवरण दिइन्। कृपा फ्रि मेथोस्टि चर्च भवनमा सम्पन्न भएको कार्यक्रमको सञ्चालन चाँदनी अन्सारीले गरेकी थिइन् भने एक्का नेपाल पूर्वाञ्चल क्षेत्रीय संयोजक तरुण राईसहित समूहका अन्य सदस्यहरूको…
१० असार, मेचीनगर । झापाको मेचीनगर नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि एक अर्ब ८२ करोड ६ लाख ८६ हजार ४३९ रुपैयाँ ३७ पैसाको अनुमानित बजेट सार्वजनिक गरेको छ। मंगलबार सुरु भएको दोस्रो नगरसभाको सातौं अधिवेशनमा उपप्रमुख मिना पोखरेल उप्रेतीले नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरेकी हुन्। नगरप्रमुख गोपालचन्द्र बुढाथोकीको अध्यक्षतामा सञ्चालन भएको नगरसभामा प्रस्तुत बजेटमा पूर्वाधार, शिक्षा, स्वास्थ्य र सामाजिक विकासलाई प्राथमिकतामा राखिएको छ। उपप्रमुख उप्रेतीका अनुसार बजेटले नगरवासीको जीवनस्तर उकास्ने दिगो विकासका योजनाहरूलाई प्राथमिकता दिएको छ। बजेट विवरणअनुसार, नगरस्तरीय योजनाका लागि ५७ करोड ९७ लाख ५२ हजार ५४० रुपैयाँ, वडास्तरीय योजनाका लागि १६ करोड ५० लाख रुपैयाँ, प्रदेश…
मेचीनगर । मेची इलाका इसाई समाजमा नयाँ नेतृत्व चयन, पास्टर भरत दाहाल अध्यक्षमा निर्वाचित झापा, असार ६ – मेची इलाका इसाई समाजले नयाँ कार्यसमिति गठन गरेको छ। मेचीनगर–१०, धुलाबारीस्थित नेपाल ख्रीष्टियन रिभाइबल चर्चमा सम्पन्न भेलाले पास्टर भरत दाहालको अध्यक्षतामा पाँच सदस्यीय ‘मेजर फाइव’ समिति चयन गरेको हो। नवगठित समितिमा जयबहादुर कार्कीढाेली उपाध्यक्ष, छत्रबहादुर राई (होमराज) सचिव, मात्रिका गुरुङ सहसचिव चयन भएका छन्। समितिले अन्य सदस्यहरू विभिन्न मण्डलीलाई समेट्दै पूर्णता दिने जनाएको छ। कार्यसमिति चयन कार्य निर्वाचन समितिको संयोजक रेभ. एनोस गजमेरको नेतृत्वमा सम्पन्न भएको हो। समितिमा सदस्यहरूमा रेभ. गोपाल खनाल, एल्डर रमेश गुरुङ तथा सल्लाहकारहरूमा पास्टर रामकुमार थापा र रेभ.…
काँकरभिट्टा । प्रेस क्लब मेचीनगरको १२ स्थापना दिवसको अवसरमा दुई पत्रकार पुरस्कृत भएका छन् । काँकरभिट्टा खानेपानी संस्थाको सभाहलमा आयोजित कार्यक्रममा क्लबका पूर्व अध्यक्ष मुक्ति पौडेललाई मेचीनगर पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरिएको हो । त्यसैगरी प्रेस क्लबका सदस्य किशोर उपरकोटी मेचीनगर प्रोत्साहन पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका हुन् । दुवै पत्रकारलाई प्रतिनिधि सभा सदस्य तथा नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नगद सहित सम्मान पत्र प्रदान गर्नु भएको थियो । प्रेस क्लबको स्थापना दिवसकै अवसर पारेर क्लबमा आबद्ध ३९ जना पत्रकारहरुको दुई लाख बराबरको दुर्घटना विमा गरिएको अध्यक्षका अध्यक्ष प्रकाश पौडेलले बताउनु भयो । पर्यटन कार्यालय काँकरभिट्टाको सहकार्यमा पर्यटकको सुरक्षा र पत्रकारिता विषयक…
२९ जेठ, काँकरभिट्टामा , सरकारले सुनमा कर बृद्धि गरेपछि व्यवसायीहरु आन्दोलित भएका छन् । आज काँकरभिट्टामा सुनचाँदी व्यवसायीले करको विरोद्धमा प्रदर्शन गरेका हुन् । नेपाल सुनचाँदी व्यवसायी संघ मेचीनगरले ‘सम्पूर्ण सुनचाँदी व्यवसायी, कालिगढ तथा कर्मचारी एक हौँ’ व्यानरसहित सुनमा लगाइएको २ प्रतिशत विलासिता कर खारेज गर, हिरा जुवाहरत पत्थरमा लगाएको १३ प्रतिशत भ्याट खारेज गर, उपभोक्ता कर्मचारी, कालिगढ तथा व्यवसायी मैत्री ऐन तुरुन्त जारी गर लगायतका नारा, प्लेकार्ड बोकेर काँकरभिट्टा बजारमा विरोद्ध प्रदर्शन गरेका थिए । नेपाल सुनचाँदी व्यवसायी संघ मेचीनगरका अध्यक्ष टोलबहादुर सुनुवार (नारायण) ले सुनमा लगाइएको २ प्रतिशत विलासिता कर र १३ प्रतिशत भ्याट खारेजीको माग गर्दै विरोद्ध…
झापा, २४ जेठ । विर्तामोड । झापाको विर्तामोडमा विज्ञान तथा प्रविधि प्रदर्शनी सुरु भएको छ । प्रदर्शनीको उद्घाटन प्रमुख अतिथि पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले गरिन । उनले प्रविधिको प्रयोग गर्दै विद्यार्थीले तयार पारेको रिमोट कन्ट्रोल बिद्धुत सर्किटको प्रयोग गर्दै पानसमा बत्ती बालेर उद्घाटन गरिन् । कोशी प्रदेशको विज्ञान तथा प्रविधि विभागले बिर्तामोड स्थित देवि माविमा शनिबारदेखि सोमबारसम्म सञ्चालन गरेको प्रदेश स्तरीय विज्ञान तथा प्रविधि प्रदर्शनी कार्यक्रमको उद्घाटन गर्दै उनले यस्तो बताएकी हुन् । उनका अनुसार बालबालिकाहरुलाई वैज्ञानिक दृष्टिकोणबाट सोच्न सक्ने बनाए मात्रै मुलुकको समृद्धि सम्भव हुने दावी गरिन् । पूर्व राष्ट्रपति भण्डारीले परिवर्तनको आधार नै विज्ञान प्रविधि भएकाले सामाजिक, राजनीतिक, नीजि…
१८ जेष्ठ २०८२, आईतवार, मेचीनगर । करुणा फाउन्डेसन, कोशी प्रदेश र मेचीनगर नगरपालिकाको सहकार्यमा, शुभबिहानी मिलीजुली समूहको आयोजनामा अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम अन्तर्गत अपाङ्गता भएका व्यक्तिहरूको सामाजिक सहभागिता अभिवृद्धिका लागि एक दिने टोलस्तरीय जनचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको छ। कार्यक्रम मेचीनगर नगरपालिका–०६ स्थित मेची सामुदायिक सभा हलमा आयोजना गरिएको थियो। कार्यक्रमका प्रमुख अतिथि वडा नं ६ का अध्यक्ष ललित बहादुर तामाङ हुनुहुन्थ्यो। कार्यक्रममा रोनिशा तिम्सिनाले सहभागीबीच प्रशिक्षण दिएकी थिइन् । शुभबिहानी मिलीजुली समूहका अध्यक्ष बिष्णु प्रसाई, पूर्व क्षितिज अपाङ्ग संघ (ओपिडी ) का वरिष्ठ उपाध्यक्ष गंगा संग्रौला, वडाका अन्य जनप्रतिनिधि तथा नगरस्तरका त्यसैगरी नगरपालिका सहजकर्ता सी बी आर का कर्मचारी…
झापा । करीब साढे तीन महिनादेखि हराइरहेका मोरङको विराटनगर–८ मथुरा टोल निवासी ११ वर्षीय बालक दिप अग्रवालको सकुशल उद्धार गरिएको छ। काँकरभिट्टा नाकामा कार्यृरत सामाजिक संस्था नव अभियान नेपाल र भारतको कोलकातामा अवस्थित नेपाली दूतावासको संयुक्त पहलमा बालकलाई फेला पारेर आज काँकरभिट्टा इलाका प्रहरी कार्यालयमा ल्याइ उनको दिदी खुसी अग्रवालको जिम्मा दिइएको हो। बालक अग्रवाल हराएपछि विभिन्न निकायमार्फत खोजीकार्य भइरहेको थियो। नव अभियान नेपाल र नेपाली दूतावास कोलकाताको समन्वयमा भएको खोजी तथा उद्धार अभियान सफल भई बालकलाई सुरक्षित रूपमा घर फिर्ता गराइएको नव अभियान नेपाल शाखा काँकरभिट्टाका प्रमुख कुमार बस्नेतले नयाँ तृष्णा डटकमलाई जानकारी दिनुभयो । बालकको पुनर्मिलनप्रति परिवारजनले खुसी…
मेचीनगर । प्रेस क्लब मेचीनगरको आयोजना तथा मेचीनगर नगरपालिकाको आर्थिक सहयोगमा तीन दिवसीय एआईसम्बन्धी तालिम सम्पन्न भएको छ। काँकरभिट्टा स्थित होटल नमस्ते बर्मेली टोलमा शुक्रबारदेखि सञ्चालन भएको तालिम आइतबार समापन गरिएको हो। तालिमको पहिलो दिन सञ्चार क्षेत्रका विज्ञ भानुभक्त आचार्यले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) विषयमा प्रशिक्षण दिएका थिए। दोस्रो र तेस्रो दिन भिडियो इडिटिङ सम्बन्धी विषयमा शितल प्रसाद मण्डलले प्रशिक्षण दिए भने डिजिटल पत्रकारितामा कानूनी जटिलताबारे तारामणि सापकोटाले प्रशिक्षण प्रदान गरे। तालिमको समापन कार्यक्रममा प्रमुख अतिथि मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले यस्ता तालिमहरुले नगरका पत्रकार तथा सञ्चारकर्मीहरुको क्षमता अभिवृद्धिमा सघाउ पुर्याउने विश्वास व्यक्त गरे। उनले तालिममा प्राप्त ज्ञान लेखनी तथा व्यवहारमा…