Skip to main content

नयाँ तृष्णा

मेचीनगर नगरपालिकाको १ अर्ब ८२ करोडको बजेट सार्वजनिक

Advertisement

मेचीनगर ।

झापाको मेचीनगर नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि एक अर्ब ८२ करोड ६ लाख ८६ हजार ४३९ रुपैयाँ ३७ पैसाको अनुमानित बजेट सार्वजनिक गरेको छ।

मंगलबार सुरु भएको दोस्रो नगरसभाको सातौं अधिवेशनमा उपप्रमुख मिना पोखरेल उप्रेतीले नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरेकी हुन्।

नगरप्रमुख गोपालचन्द्र बुढाथोकीको अध्यक्षतामा सञ्चालन भएको नगरसभामा प्रस्तुत बजेटमा पूर्वाधार, शिक्षा, स्वास्थ्य र सामाजिक विकासलाई प्राथमिकतामा राखिएको छ।

उपप्रमुख उप्रेतीका अनुसार बजेटले नगरवासीको जीवनस्तर उकास्ने दिगो विकासका योजनाहरूलाई प्राथमिकता दिएको छ।

बजेट विवरणअनुसार,

🔹 नगरस्तरीय योजनाका लागि ५७ करोड ९७ लाख ५२ हजार ५४० रुपैयाँ,
🔹 वडास्तरीय योजनाका लागि १६ करोड ५० लाख रुपैयाँ,
🔹 प्रदेश सरकारबाट सशर्त अनुदानमार्फत २ करोड ६४ लाख ८२ हजार रुपैयाँ,
🔹 संघ सरकारबाट सशर्त अनुदानमार्फत ८४ करोड ९५ लाख रुपैयाँ,
🔹 समपूरक कोषमा ६ करोड रुपैयाँ,
🔹 ऋणको सावा र व्याज भुक्तानीका लागि २५ लाख रुपैयाँ,
🔹 र अघिल्लो वर्ष बाँकी रहेको १३ करोड ७४ लाख ५१ हजार ८९९ रुपैयाँ ३७ पैसा समावेश गरिएको छ।

नगरपालिकाले बजेटमार्फत आधारभूत सेवा प्रवाहलाई प्रभावकारी बनाउने, सुशासन प्रवर्द्धन गर्ने र समावेशी योजनामार्फत सबै वर्ग र समुदायलाई सहभागी गराउने लक्ष्य लिएको जनाएको छ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

महोत्तरीमा विद्यालय बस दुर्घटना, ५ बालबालिकासहित ६ जना घाइते

महोत्तरीमा विद्यालय बस दुर्घटना, ५ बालबालिकासहित ६ जना घाइते

  महोत्तरीको गौशाला नगरपालिका– ९, डुमरवानास्थित भित्री सडकखण्डमा मंगलबार बिहान स्कुलबस दुर्घटना हुँदा चालकसहित ६ जना घाइते...
विराटनगरमा शेरधनले बोलाए मुख्यमन्त्रीसहित प्रदेश सांसदहरूलाई छलफलमा

विराटनगरमा शेरधनले बोलाए मुख्यमन्त्रीसहित प्रदेश सांसदहरूलाई छलफलमा

विराटनगर । नेकपा एमालेका कोशी प्रदेश इन्चार्ज शेरधन राईले प्रदेशका सांसदहरुलाई छलफलमा बोलाएका छन्। ...
सिन्धुली कार दुर्घटना : चालकसहित ३ जना सुनकोशी नदीमा बेपत्ता

सिन्धुली कार दुर्घटना : चालकसहित ३ जना सुनकोशी नदीमा बेपत्ता

  काठमाडौं । सिन्धुलीस्थित मध्यपहाडी राजमार्गबाट सुकोशी नदीमा कार खस्दा तीन जना बेपत्ता भएका छन् । बेपत्ता हुनेहरूमा नाम नख...
एउटा फ्रेन्ड रिक्वेस्टले उजाडिएको जिन्दगी

एउटा फ्रेन्ड रिक्वेस्टले उजाडिएको जिन्दगी

बिशेष लेख , - हाेमराज राई, पूर्वी नेपालको एउटा गाउँ। त्यहाँ बस्ने १६ वर्षीया सृष्टि चञ्चले, मिलनसार तर मोबाइल र सामाजिक ...