नयाँ तृष्णा

हराइरहेका ११ वर्षीय बालक साढे ३ महिनापछि परिवारसँग पुनर्मिलन

Advertisement

झापा ।
करीब साढे तीन महिनादेखि हराइरहेका मोरङको विराटनगर–८ मथुरा टोल निवासी ११ वर्षीय बालक दिप अग्रवालको सकुशल उद्धार गरिएको छ।

काँकरभिट्टा नाकामा कार्यृरत सामाजिक संस्था नव अभियान नेपाल र भारतको कोलकातामा अवस्थित नेपाली दूतावासको संयुक्त पहलमा बालकलाई फेला पारेर आज काँकरभिट्टा इलाका प्रहरी कार्यालयमा ल्याइ उनको दिदी खुसी अग्रवालको जिम्मा दिइएको हो।

बालक अग्रवाल हराएपछि विभिन्न निकायमार्फत खोजीकार्य भइरहेको थियो। नव अभियान नेपाल र नेपाली दूतावास कोलकाताको समन्वयमा भएको खोजी तथा उद्धार अभियान सफल भई बालकलाई सुरक्षित रूपमा घर फिर्ता गराइएको नव अभियान नेपाल शाखा काँकरभिट्टाका प्रमुख कुमार बस्नेतले नयाँ तृष्णा डटकमलाई जानकारी दिनुभयो ।

बालकको पुनर्मिलनप्रति परिवारजनले खुसी व्यक्त गर्दै यस्ता उद्धारकार्यमा संलग्न सम्पूर्ण निकायप्रति कृतज्ञता प्रकट गर्दै भविष्यमा यस्ता संकटमा परेका बालबालिकाको उद्धारमा अझ सक्रिय भूमिका निर्वाह गर्नु हुनेछ भन्दै खुशी व्यक्त गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

लागूऔषध र प्रतिबन्धित औषधि ठुलो मात्रामा बरामद

लागूऔषध र प्रतिबन्धित औषधि ठुलो मात्रामा बरामद

२ साउन, झापा । प्रहरीले बिर्तामोडको एउटा औषधि गोदामबाट ठुलो मात्रामा लागूऔषध र प्रतिबन्धित औषधि बरामद गरेको छ ।इलाका प्रहरी कार...
मानव बेचबिखन नियन्त्रणमा राज्य गम्भीर नभएको भन्दै सरोकारवालाहरुको चिन्ता

मानव बेचबिखन नियन्त्रणमा राज्य गम्भीर नभएको भन्दै सरोकारवालाहरुको चिन्ता

२ श्रावण, झापा । मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणमा राज्यले जिम्मेवार ढंगले अगाडि नबढेको भन्दै सरोकारवालाहरूले गम्भीर चिन्...
राष्ट्रपति भइसकेको व्यक्ति राजनीतिमा प्रवेश गर्नु गम्भीर : ओली

राष्ट्रपति भइसकेको व्यक्ति राजनीतिमा प्रवेश गर्नु गम्भीर : ओली

२ श्रावण, काठमाडौं। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रिय राजनीतिमा फर्किने घोषणापछि नेकपा एमाले भित्र यस विषयमा औपचारि...
प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे, मन्त्रीहरूको जवाफ र विधेयक पेश हुने

प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे, मन्त्रीहरूको जवाफ र विधेयक पेश हुने

३० असार, काठमाडौँ । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्दै छ। बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपर...