नयाँ तृष्णा

अपाङ्गता रोकथाम तथा पुनःस्थापना टोलस्तरीय जनचेतना कार्यक्रम भव्यताका साथ सम्पन्न

Advertisement

मेचीनगर । करुणा फाउन्डेसन, कोशी प्रदेश र मेचीनगर नगरपालिकाको सहकार्यमा, शुभबिहानी मिलीजुली समूहको आयोजनामा अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम अन्तर्गत अपाङ्गता भएका व्यक्तिहरूको सामाजिक सहभागिता अभिवृद्धिका लागि एक दिने टोलस्तरीय जनचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको छ।

कार्यक्रम मेचीनगर नगरपालिका–०६ स्थित मेची सामुदायिक सभा हलमा आयोजना गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि वडा नं ६ का अध्यक्ष ललित बहादुर तामाङ हुनुहुन्थ्यो।

कार्यक्रममा रोनिशा तिम्सिनाले सहभागीबीच प्रशिक्षण दिएकी थिइन् । शुभबिहानी मिलीजुली समूहका अध्यक्ष बिष्णु प्रसाई, पूर्व क्षितिज अपाङ्ग संघ (ओपिडी ) का वरिष्ठ उपाध्यक्ष गंगा संग्रौला, वडाका अन्य जनप्रतिनिधि तथा नगरस्तरका  त्यसैगरी नगरपालिका सहजकर्ता सी बी आर का कर्मचारी कार्यक्रमको विशिष्ट सहभागी रहनुभएको थियो।

वडा नं ०६ का ५७ वटा टोल विकास संस्थाबाट प्रतिनिधिहरूको उपस्थिति रहेको कार्यक्रममा अपाङ्गता सम्बन्धी अधिकार, सामाजिक समावेशिता र सहभागिताबारे जानकारीमूलक छलफल तथा प्रशिक्षण प्रदान गरिएको थियो।

कार्यक्रम सहभागीहरूको उत्साहजनक सहभागिता र समर्पणका साथ सभ्य, सुसंगठित र उद्देश्यपूर्ण ढंगमा सम्पन्न भएको आयोजक समूहले जनाएको छ।

कार्यक्रम सञ्चालकद्वय पवित्रा मुखिया र रोश्निका सुनुवारले गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

लागूऔषध र प्रतिबन्धित औषधि ठुलो मात्रामा बरामद

लागूऔषध र प्रतिबन्धित औषधि ठुलो मात्रामा बरामद

२ साउन, झापा । प्रहरीले बिर्तामोडको एउटा औषधि गोदामबाट ठुलो मात्रामा लागूऔषध र प्रतिबन्धित औषधि बरामद गरेको छ ।इलाका प्रहरी कार...
मानव बेचबिखन नियन्त्रणमा राज्य गम्भीर नभएको भन्दै सरोकारवालाहरुको चिन्ता

मानव बेचबिखन नियन्त्रणमा राज्य गम्भीर नभएको भन्दै सरोकारवालाहरुको चिन्ता

२ श्रावण, झापा । मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणमा राज्यले जिम्मेवार ढंगले अगाडि नबढेको भन्दै सरोकारवालाहरूले गम्भीर चिन्...
राष्ट्रपति भइसकेको व्यक्ति राजनीतिमा प्रवेश गर्नु गम्भीर : ओली

राष्ट्रपति भइसकेको व्यक्ति राजनीतिमा प्रवेश गर्नु गम्भीर : ओली

२ श्रावण, काठमाडौं। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रिय राजनीतिमा फर्किने घोषणापछि नेकपा एमाले भित्र यस विषयमा औपचारि...
प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे, मन्त्रीहरूको जवाफ र विधेयक पेश हुने

प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे, मन्त्रीहरूको जवाफ र विधेयक पेश हुने

३० असार, काठमाडौँ । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्दै छ। बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपर...