Skip to main content

नयाँ तृष्णा

अपाङ्गता रोकथाम तथा पुनःस्थापना टोलस्तरीय जनचेतना कार्यक्रम भव्यताका साथ सम्पन्न

Advertisement

मेचीनगर । करुणा फाउन्डेसन, कोशी प्रदेश र मेचीनगर नगरपालिकाको सहकार्यमा, शुभबिहानी मिलीजुली समूहको आयोजनामा अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम अन्तर्गत अपाङ्गता भएका व्यक्तिहरूको सामाजिक सहभागिता अभिवृद्धिका लागि एक दिने टोलस्तरीय जनचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको छ।

कार्यक्रम मेचीनगर नगरपालिका–०६ स्थित मेची सामुदायिक सभा हलमा आयोजना गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि वडा नं ६ का अध्यक्ष ललित बहादुर तामाङ हुनुहुन्थ्यो।

कार्यक्रममा रोनिशा तिम्सिनाले सहभागीबीच प्रशिक्षण दिएकी थिइन् । शुभबिहानी मिलीजुली समूहका अध्यक्ष बिष्णु प्रसाई, पूर्व क्षितिज अपाङ्ग संघ (ओपिडी ) का वरिष्ठ उपाध्यक्ष गंगा संग्रौला, वडाका अन्य जनप्रतिनिधि तथा नगरस्तरका  त्यसैगरी नगरपालिका सहजकर्ता सी बी आर का कर्मचारी कार्यक्रमको विशिष्ट सहभागी रहनुभएको थियो।

वडा नं ०६ का ५७ वटा टोल विकास संस्थाबाट प्रतिनिधिहरूको उपस्थिति रहेको कार्यक्रममा अपाङ्गता सम्बन्धी अधिकार, सामाजिक समावेशिता र सहभागिताबारे जानकारीमूलक छलफल तथा प्रशिक्षण प्रदान गरिएको थियो।

कार्यक्रम सहभागीहरूको उत्साहजनक सहभागिता र समर्पणका साथ सभ्य, सुसंगठित र उद्देश्यपूर्ण ढंगमा सम्पन्न भएको आयोजक समूहले जनाएको छ।

कार्यक्रम सञ्चालकद्वय पवित्रा मुखिया र रोश्निका सुनुवारले गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

भारतबाट उद्धार भएका चार नेपाली बालबालिका परिवारसँग पुनर्मिलन

भारतबाट उद्धार भएका चार नेपाली बालबालिका परिवारसँग पुनर्मिलन

  काँकरभिट्टा । भारतका विभिन्न संरक्षण गृहमा रहेका चार जना नेपाली बालबालिकालाई सुरक्षित रूपमा स्वदेश फिर्ता ल्याई परिवारसँ...
महोत्तरीमा विद्यालय बस दुर्घटना, ५ बालबालिकासहित ६ जना घाइते

महोत्तरीमा विद्यालय बस दुर्घटना, ५ बालबालिकासहित ६ जना घाइते

  महोत्तरीको गौशाला नगरपालिका– ९, डुमरवानास्थित भित्री सडकखण्डमा मंगलबार बिहान स्कुलबस दुर्घटना हुँदा चालकसहित ६ जना घाइते...
विराटनगरमा शेरधनले बोलाए मुख्यमन्त्रीसहित प्रदेश सांसदहरूलाई छलफलमा

विराटनगरमा शेरधनले बोलाए मुख्यमन्त्रीसहित प्रदेश सांसदहरूलाई छलफलमा

विराटनगर । नेकपा एमालेका कोशी प्रदेश इन्चार्ज शेरधन राईले प्रदेशका सांसदहरुलाई छलफलमा बोलाएका छन्। ...
सिन्धुली कार दुर्घटना : चालकसहित ३ जना सुनकोशी नदीमा बेपत्ता

सिन्धुली कार दुर्घटना : चालकसहित ३ जना सुनकोशी नदीमा बेपत्ता

  काठमाडौं । सिन्धुलीस्थित मध्यपहाडी राजमार्गबाट सुकोशी नदीमा कार खस्दा तीन जना बेपत्ता भएका छन् । बेपत्ता हुनेहरूमा नाम नख...