असार ९, काठमाडौं । नृत्य कलाकारद्वय सुरेन्द्र राई र सुसन तामाङले सबैभन्दा उचाइमा नाचेर विश्व कीर्तिमान रचेका छन् । नेपाली डान्स क्रु ‘वाइल्ड रिपर्ज क्रु’ का उनीहरुले सोलुखुम्बुको कालापत्थरको ५ हजार ६४१ मिटर उचाइमा नृत्य गर्दै गिनिज वर्ल्ड रेकर्ड राखेका हुन् । सुसन र सुरेन्द्रले १९ मे २०२४ अर्थात् गत जेठ ६ मा आफ्नो कला प्रस्तुत गरेका थिए । कालापत्थरको उचाइ ५६४४.५ मिटर छ । उनीहरुले कालापत्थरमा गायक दीपक बज्राचार्यको ‘मन मगन’ गीतमा नृत्य तथा कोरियोग्राफी गरेका थिए । उनीहरुको यो पेश गरेको निवेदनलाई ‘गिनिज वर्ल्ड रेकर्ड’ले अनुमोदन गर्दै आधिकारिक रूपमै उच्चतम उचाइमा कोरियोग्राफी गर्ने जोडीको रेकर्ड प्रमाणपत्र प्रदान गरेको…
असार ९,काठमाडौँ – गायन रियालिटी शो नेपाल आइडल सिजन–५ को उपाधि करण परियारले प्राप्त गरेका छन् । बर्दियाका परियारले शनिबार राति सम्पन्न ग्रान्ड फिनालेमा दर्शकको भोटको आधारमा अन्य चार प्रतिस्पर्धीलाई पछि पार्दै यो उपाधि हात पारेका हुन् । उपाधिसँगै उनले २५ लाख नगद र ट्रफी प्राप्त गरे। नेपाल आइडल सिजन–५ मा सलोमी गुरुङ फस्ट रनरअप र सचिन विश्वकर्मा सेकेन्ड रनरअप घोषित भए । गुरुङले १० लाख र विश्वकर्माले ५ लाख नगदसहित ट्रफी प्राप्त गरे । एपीवान टेलिभिजनमा नेपाल आइडलको शृङ्खला प्रसारण हुँदै आएको छ । यो सिजनमा गायक न्ह्यु बज्राचार्य, गायिका इन्दिरा जोशी र गायक कालीप्रसाद बास्कोटा निर्णायकको रूपमा थिए । 1
असार ४ , काठमाडौं । केवल तामाङको निर्देशनमा बन्न लागेको फिल्म ‘मायाका रंगहरु’मा कलाकारको ‘लाइनअप’ रोचक बनिरहेको छ । अभिनेता पल शाहको मुख्य भूमिका रहने फिल्ममा सुनिल थापा, पदम तामाङ, बुद्धि तामाङ जस्ता कलाकारहरु भित्रिसकेका छन् । यसैक्रममा ‘प्रेमगीत ३’का अभिनेता मनिष राउतको पनि फिल्ममा प्रवेश भएको छ । यसमा उनी भिलेनको भूमिकामा देखिने जनाइएको छ । ‘प्रेमगीत ३’मा पनि उनी नकारात्मक भूमिकामा देखिएका थिए । यो उनको डेब्यु फिल्म थियो । अस्कर कलेजमा अभिनय सिकेका उनले डेब्यु अगावै दर्जनौं सर्ट फिल्ममा अभिनय गरिसकेका थिए । उनले केही म्यूजिक भिडियोमा पनि काम गरेका छन् । उनको केमियो भूमिका रहेको फिल्म…
काठमाडौं । केकी अधिकारीको निर्माण रहेको फिल्म ‘बोक्सीको घर’ले आइतबार रञ्जना सिनेप्लेक्समा ५१ दिन मनायो । यसअवधिमा फिल्मले घरेलु बजारमा १० करोडभन्दा बढीको व्यापार गरेको निर्माण पक्षको दाबी छ । फिल्ममा मुख्य कलाकारसमेत रहेकी केकीले ५१ दिनको खुसीयाली अस्ट्रेलियामा मनाएकी छन् । फिल्म प्रदर्शनको क्रममा विदेशमा रहेकी केकीले उतै नेपाली दर्शकसँग खुसी साटेकी हुन् । एडिलेडको एक हलमा आइतबार आयोजित कार्यक्रममा उनले केक काटेकी थिइन् । उनको यो फिल्म अहिले अस्ट्रेलियामा प्रदर्शनरत छ । यो फिल्म गत वैशाख १४ गते प्रदर्शनमा आएको थियो । यसको मुख्य भूमिकामा केकीसहित स्वेच्छा राउत र बालकलाकार सुपला भट्टराई छन् ।
काठमाडौं, २५ जेठ । सुनको भाउले लगातार रेकर्ड तोड्दै गएको छ। आज १ लाख ४४ हजार रुपैयाँ पुगेर रेकर्ड बनाएको छापावाला सुनको भाउले आज फेरि अर्को रेकर्ड बनाएको हो। आज छापावाला सुनको भाउ १ लाख ४५ हजार रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबारको तुलनामा शुक्रबार सुनको भाउ एक हजार रुपैयाँ बढेको हो। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको भाउ १ लाख ४४ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो तेजाबी सुनको भाउ १ लाख ४३ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो। आज प्रतितोला चाँदीको मूल्य १ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार प्रतितोला चाँदीको मूल्य १ हजार ८५०…
बलराम शिवाकोटी, दोलखा २५ जेठ । दोलखाका एक युवाले साइकलबाट विश्व भ्रमण सुरु गरेका छन् । दोलखा जिल्ला कालिञ्चोक गाउँपालिका वडा नम्वर ३ लामिडाँडाका युवा अभिनय कार्कीले बिहीबार देखि दोलखाको सदरमुकाम चरिकोटबाट विश्व साईकल यात्रा सुरु गरेका हुन् । साइकल यात्राको शुभारम्भमा दोलखाका प्रतिनिधि सभाका सांसद गंगा कार्की ‘विश्व’ ले नेपालको राष्ट्रिय झण्डा प्रदान गरे पछि कार्कीले साइकल यात्राको सुरु गरेका थिए । विश्व साइकल यात्रा शुभारम्भ कार्यक्रममा कार्कीलाई विदाई गर्न नेपाली कांग्रेस दोलखाका सभापति वर्मा लामा, एमाले जिल्ला अध्यक्ष नरबहादुर श्रेष्ठ, नेकपा माओवादी केन्द्र दोलखाका अध्यक्ष कमल श्रेष्ठलगायत राजनीति दलका नेताहरु तथा प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेल, कालिञ्चोक गाउँपालिका…
२४ जेठ, काठमाडौं । सरकारले भारत र अमेरिकासहित ११ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले भारत, अमेरिका, बेलायत,साउदी अरब, दक्षिण कोरिया, मलेसिया, स्पेन, डेनमार्क, इजरायल, कतार र पोर्चुगलका लागि नेपाली राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको हो । भारतमा डा. शंकर शर्मा, अमेरिकामा श्रीधर खत्री, बेलायतमा ज्ञानचन्द्र आचार्य राजदूत छन् । उनीहरुलाई ११ कात्तिक २०७८ मा शेरबहादुर देउवा नेतृत्वको सरकारले राजदूत सिफारिस गर्ने निर्णय गरेको थियो । यस्तै साउदी अरेबियामा नवराज सुवेदी, दक्षिण कोरियामा ज्योति प्याकुरेल, मलेसियामा डिल्लीराज पौडेल, स्पेनमा शर्मिला पराजुली ढकाल, डेनमार्कमा प्रा. डा. रामसुरज यादव र इजरायलमा कान्ता रिजाल राजदूत छन् ।…
ललितपुर । क्यान्सर विजेताहरुहरु लाई विभिन्न हौसला प्रदान गर्दै आइरहेको नेपाल क्यान्सर सर्ववाइवर सोसाइटीले तीज पर्वको अवसरमा मनोरञ्जनात्मक कार्यक्रम सम्पन्न गरेको छ । तीजका गीतमा छमछमी नाच्दै रमाइलो गर्दा पनि विभिन्न मानसिक तनावहरूबाट धेरै राहत हुने सोसाइटीकी अध्यक्ष प्रमिता खनाल बताउनुहुन्छ । ललितपुरको कुमारीस्थित बिरयानी अड्डामा १०० जना सर्ववाइवरहरुको सहभागितामा यस प्रकारको मनोरञ्जनात्मक कार्यक्रम भाद्र १८ गते सम्पन्न गरिएको आयोजकहरूले जानकारी गराउनुभएको छ ।
२९ असार, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा पूर्वगृहमन्त्री बालकृष्ण खाँणको निलम्बनका विषयमा व्यक्तिगत विचार राख्न दिने भए पनि कुनै संस्थागत एजेन्डा नलैजाने संकेत पार्टीले देखाएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा खाँण अदालतको आदेशले पुर्पक्षका लागि थुनामा छन् । साउन २ देखि बोलाइएको केन्द्रीय समितिको बैठकमा खाँण निलम्बनको प्रस्ताव औपचारिक रुपमा प्रवेश नपाउने भएको छ । सभापति शेरबहादुर देउवा निलम्बन गर्ने पक्षमा नरहेकाले उक्त विषयलाई प्रवेश नै गराउन नचाहेको शीर्ष तहका एक नेताले बताए । गम्भीर अपराधमा संलग्नता देखिएकाले हाल कारागारमा राखिएका खाँणजस्तै एमाले सचिव टोपबहादुर रायमाझी लगायत नेतालाई सम्बन्धित पार्टीले कारबाही गरिसक्दा पनि देउवा तयार नहुनुका अर्थहरु छन्…
बिनोद निगम / नवलपरासी /१८ जेठ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड महेशपुर शाखाद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत श्री बालशिक्षा निकेतन माध्यमिक विद्यालयल सुनरी लाई शैक्षिक सामग्री, डस्टबीन तथा पंखा वितरण भएको छ । पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका वार्ड नं १ सुनरी स्थित बाल शिक्षा निकेतन माध्यमिक विद्यालय सुनरीमा सिटिजन बैंकले कक्षा १ देखि १० सम्मका विद्यार्थीहरुलाई कपी, कक्षा कोठाको लागि फंखा वितरण गरिएको हो । बाल शिक्षा निकेतन माध्यमिक विद्यालय सुनरीका प्रधानध्यापक सुनिल तिवारीको अध्यक्षता तथा पाल्हिनन्दन गाउँपालिका वार्ड नं १ का वाड सदस्य समसुदिन मुसलमानको प्रमूख अतिथिकता मा सम्पन्न भएको छ। कार्यक्रममा सिटिजन बैंक इन्टनेसनल लिमिटेड महेशपुर शाखा कार्यालयका…