६ भाद, झापा । देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानमा र पूर्वतिर सरदर स्थानको केही उत्तर दिशामा अवस्थित रहेको छ जनाउँदै जल तथा मौसम विज्ञान विभागले हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको बताएको छ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशका एक दुई स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ। विभागका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहने छ। सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, मधेस र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना छ।…
मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई विश्वासको मत नदिने निर्णय गरेको छ । बिहीबार काठमाडौँमा भएको सो पार्टीको संसदीय दलको बैठकले मुख्यमन्त्री जम्कट्टेलले मागेको विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गरेको राप्रपा संसदीय दलका नेता उद्धव थापाले जानकारी दिए। राप्रपाका बागमती प्रदेशसभामा १२ प्रदेशसभा सदस्य छन् । मुख्यमन्त्री जम्कट्टेलले यही साउन ६ गते प्रदेशसभामा विश्वासको मत लिने तयारी गरेका छन् ।
असार २८, काठमाडौं । गए राति चितवनको भरतपुर महानगरपालिका–२९ स्थित नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालमा गएको पहिरोमा परी बेपत्ता भएका दुवै बसको अवस्था अझै अज्ञात छ । त्रिशूली नदीको उच्च बहाब र धमिलो पानीका कारण बस खोजीमा कठिनाइ भइरहेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी भेषराज रिजालका अनुसार खोजीकार्य जारी छ । बेपत्ता बसको खोजीका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोली परिचालन गरिएको छ । सिमलतालको पहिरोमा परी वीरगन्जबाट काठमाडौं आउँदै गरेको वाग्मती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स बस र काठमाडौंबाट गौर जाँदै गरेको गणपति लेखिएको वाग्मती प्रदेश ०३–०११ ख २४९५ बेपत्ता भएको थियो ।
असार २७, झापा । हाल मनसुन न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानभन्दा उत्तरतर्फ रहेको छ। जसको प्रभावले देशभर साधरणतया बदली रहेको छ । बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा कोशी र लुम्बिनी प्रदेशका एक–दुई स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर साधरणतया देखि पूर्णतया बदली रहने छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानहरूमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा, सुदूरपश्चिम र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।…
असार २३,मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत फेस गर्ने भएका छन् । माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलको आइतबार काठमाडौंमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । माओवादी केन्द्र बागमती प्रदेश कमिटीका अध्यक्ष एवं प्रदेश सांसद सरल सहयात्रीले विश्वासको मत फेस गरेर जाने निर्णय भएको जानकारी दिए । उनले प्रदेशमा एमालेका मन्त्रीहरूले राजीनामा दिएपछि बाँकी सत्तासाझेदार दलहरूसँग छलफल गरेर थप निर्णय लिने बताए । नेता सरलले मुख्यमन्त्रीले विश्वासको मत कहिले लिने भन्ने कुराको टुंगो भने नलागेको बताए । केन्द्रमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिएपछि मात्रै प्रदेशमा विश्वासको मत लिने उनको भनाइ छ । मुख्यमन्त्री जम्कट्टेल काठमाडौंमा रहेकाले…
असार ६, बागमती प्रदेश सरकारको प्रतिपक्ष दलले बागमती प्रदेशसभा बैठक अवरोध गरेका छन्। बिहीबार बसेको प्रदेश सभा बैठकमा प्रतिपक्षी दलहरुले बजेट पुनः लेखनको माग गर्दै संसद् अवरुद्ध गरेका हुन्। प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट सन्तुलित नभएको र आय-व्ययको विवरण नै नमिलेको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राप्रपाका सांसदहरूले विरोध गरेका हुन्। उनीहरूले संसद् बैठकमा नाराबाजीसमेत गरेका छन्। सांसदहरूले ‘बजेट पुनः लेखन गर, बजेट सन्तुलित बजेट गर, बजेटलाई समावेशी गर, बजेटमा आर्थिक अराजकता गर्न पाइँदैन’जस्ता नारा लगाएका थिए। प्रदेश सभा सभामुख भुवन कुमार पाठकले पटकपटक सांसदहरुलाई आसन ग्रहण गर्न रुलिङ गरे पनि प्रतिपक्षी दलहरुले नाराबाजी गर्न नछाडेपछि प्रदेश…
असार ६ गते, सर्लाही । सर्लाही बागमती नगरपालिकास्थित रायमाझी चोकमा आज बिहान भएको बस दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य १७ जना घाइते भएका छन् । रुपन्देहीबाट जनकपुरतर्फ आइरहेको लु १ ख ८८४८ नम्बरको बस सडक किनारमा रोकिराखेको एन एल ०११ ए एस ९२५२ नम्बरको लरी ट्रकसंग ठोक्किएर दुर्घटना भएको हो । बसमा ४० जना सवार रहेका प्रहरीले जनाएको छ । मृत्यु हुनेमा रुपन्देहीको मायादेवी गाउँपालिका निवासी हरिबहादुर चौधरी, ८५ वर्षका दशरथ कोहार र ५० वर्षका रामकरण केवट रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएकाहरुको जनकपुर, वीरगञ्ज तथा स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले बताए |
काठमाडौं, २५ जेठ । सुनको भाउले लगातार रेकर्ड तोड्दै गएको छ। आज १ लाख ४४ हजार रुपैयाँ पुगेर रेकर्ड बनाएको छापावाला सुनको भाउले आज फेरि अर्को रेकर्ड बनाएको हो। आज छापावाला सुनको भाउ १ लाख ४५ हजार रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबारको तुलनामा शुक्रबार सुनको भाउ एक हजार रुपैयाँ बढेको हो। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको भाउ १ लाख ४४ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो तेजाबी सुनको भाउ १ लाख ४३ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो। आज प्रतितोला चाँदीको मूल्य १ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार प्रतितोला चाँदीको मूल्य १ हजार ८५०…
बलराम शिवाकोटी, दोलखा २५ जेठ । दोलखाका एक युवाले साइकलबाट विश्व भ्रमण सुरु गरेका छन् । दोलखा जिल्ला कालिञ्चोक गाउँपालिका वडा नम्वर ३ लामिडाँडाका युवा अभिनय कार्कीले बिहीबार देखि दोलखाको सदरमुकाम चरिकोटबाट विश्व साईकल यात्रा सुरु गरेका हुन् । साइकल यात्राको शुभारम्भमा दोलखाका प्रतिनिधि सभाका सांसद गंगा कार्की ‘विश्व’ ले नेपालको राष्ट्रिय झण्डा प्रदान गरे पछि कार्कीले साइकल यात्राको सुरु गरेका थिए । विश्व साइकल यात्रा शुभारम्भ कार्यक्रममा कार्कीलाई विदाई गर्न नेपाली कांग्रेस दोलखाका सभापति वर्मा लामा, एमाले जिल्ला अध्यक्ष नरबहादुर श्रेष्ठ, नेकपा माओवादी केन्द्र दोलखाका अध्यक्ष कमल श्रेष्ठलगायत राजनीति दलका नेताहरु तथा प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेल, कालिञ्चोक गाउँपालिका…
२४ जेठ, काठमाडौं । सरकारले भारत र अमेरिकासहित ११ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले भारत, अमेरिका, बेलायत,साउदी अरब, दक्षिण कोरिया, मलेसिया, स्पेन, डेनमार्क, इजरायल, कतार र पोर्चुगलका लागि नेपाली राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको हो । भारतमा डा. शंकर शर्मा, अमेरिकामा श्रीधर खत्री, बेलायतमा ज्ञानचन्द्र आचार्य राजदूत छन् । उनीहरुलाई ११ कात्तिक २०७८ मा शेरबहादुर देउवा नेतृत्वको सरकारले राजदूत सिफारिस गर्ने निर्णय गरेको थियो । यस्तै साउदी अरेबियामा नवराज सुवेदी, दक्षिण कोरियामा ज्योति प्याकुरेल, मलेसियामा डिल्लीराज पौडेल, स्पेनमा शर्मिला पराजुली ढकाल, डेनमार्कमा प्रा. डा. रामसुरज यादव र इजरायलमा कान्ता रिजाल राजदूत छन् ।…