Skip to main content

नयाँ तृष्णा

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत फेस गर्ने

Advertisement

असार २३,मकवानपुर । 

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत फेस गर्ने भएका छन् ।

माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलको आइतबार काठमाडौंमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

माओवादी केन्द्र बागमती प्रदेश कमिटीका अध्यक्ष एवं प्रदेश सांसद सरल सहयात्रीले विश्वासको मत फेस गरेर जाने निर्णय भएको जानकारी दिए ।

उनले प्रदेशमा एमालेका मन्त्रीहरूले राजीनामा दिएपछि बाँकी सत्तासाझेदार दलहरूसँग छलफल गरेर थप निर्णय लिने बताए । नेता सरलले मुख्यमन्त्रीले विश्वासको मत कहिले लिने भन्ने कुराको टुंगो भने नलागेको बताए ।

केन्द्रमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिएपछि मात्रै प्रदेशमा विश्वासको मत लिने उनको भनाइ छ ।

मुख्यमन्त्री जम्कट्टेल काठमाडौंमा रहेकाले राजीनामा दिन रोकिएका एमालेका मन्त्रीहरूले मुख्यमन्त्री जम्कट्टेल हेटौँडामा आएसँगै राजीनामा र सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

भारतबाट उद्धार भएका चार नेपाली बालबालिका परिवारसँग पुनर्मिलन

भारतबाट उद्धार भएका चार नेपाली बालबालिका परिवारसँग पुनर्मिलन

  काँकरभिट्टा । भारतका विभिन्न संरक्षण गृहमा रहेका चार जना नेपाली बालबालिकालाई सुरक्षित रूपमा स्वदेश फिर्ता ल्याई परिवारसँ...
महोत्तरीमा विद्यालय बस दुर्घटना, ५ बालबालिकासहित ६ जना घाइते

महोत्तरीमा विद्यालय बस दुर्घटना, ५ बालबालिकासहित ६ जना घाइते

  महोत्तरीको गौशाला नगरपालिका– ९, डुमरवानास्थित भित्री सडकखण्डमा मंगलबार बिहान स्कुलबस दुर्घटना हुँदा चालकसहित ६ जना घाइते...
विराटनगरमा शेरधनले बोलाए मुख्यमन्त्रीसहित प्रदेश सांसदहरूलाई छलफलमा

विराटनगरमा शेरधनले बोलाए मुख्यमन्त्रीसहित प्रदेश सांसदहरूलाई छलफलमा

विराटनगर । नेकपा एमालेका कोशी प्रदेश इन्चार्ज शेरधन राईले प्रदेशका सांसदहरुलाई छलफलमा बोलाएका छन्। ...
सिन्धुली कार दुर्घटना : चालकसहित ३ जना सुनकोशी नदीमा बेपत्ता

सिन्धुली कार दुर्घटना : चालकसहित ३ जना सुनकोशी नदीमा बेपत्ता

  काठमाडौं । सिन्धुलीस्थित मध्यपहाडी राजमार्गबाट सुकोशी नदीमा कार खस्दा तीन जना बेपत्ता भएका छन् । बेपत्ता हुनेहरूमा नाम नख...