Skip to main content

नयाँ तृष्णा

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत फेस गर्ने

[adsforwp id="2511"]

असार २३,मकवानपुर । 

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत फेस गर्ने भएका छन् ।

माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलको आइतबार काठमाडौंमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

माओवादी केन्द्र बागमती प्रदेश कमिटीका अध्यक्ष एवं प्रदेश सांसद सरल सहयात्रीले विश्वासको मत फेस गरेर जाने निर्णय भएको जानकारी दिए ।

उनले प्रदेशमा एमालेका मन्त्रीहरूले राजीनामा दिएपछि बाँकी सत्तासाझेदार दलहरूसँग छलफल गरेर थप निर्णय लिने बताए । नेता सरलले मुख्यमन्त्रीले विश्वासको मत कहिले लिने भन्ने कुराको टुंगो भने नलागेको बताए ।

केन्द्रमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिएपछि मात्रै प्रदेशमा विश्वासको मत लिने उनको भनाइ छ ।

मुख्यमन्त्री जम्कट्टेल काठमाडौंमा रहेकाले राजीनामा दिन रोकिएका एमालेका मन्त्रीहरूले मुख्यमन्त्री जम्कट्टेल हेटौँडामा आएसँगै राजीनामा र सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काँकरभिट्टामा कात्तिक १७ गते श्रम संस्कृति पार्टीको जनसभा, अध्यक्ष हर्क साम्पाङ सहभागी हुने

काँकरभिट्टामा कात्तिक १७ गते श्रम संस्कृति पार्टीको जनसभा, अध्यक्ष हर्क साम्पाङ सहभागी हुने

झापा, काँकरभिट्टा। श्रम संस्कृति पार्टीले आगामी कात्तिक १७ गते झापाको पूर्वी प्रवेशद्वार काँकरभिट्टामा जनसभा तथा विशेष कार्यक...
लुला चौथो कार्यकालका लागि ब्राजिलको राष्ट्रपतिमा निर्वाचित

लुला चौथो कार्यकालका लागि ब्राजिलको राष्ट्रपतिमा निर्वाचित

काठमाडौँ। ब्राजिलका वामपन्थी नेता लुइज इनासियो लुला डा सिल्भा चौथो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित भएका छन्। दोस्रो चरण...
फिलिपिन्समा दुई ट्रेनिङ विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु

फिलिपिन्समा दुई ट्रेनिङ विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु

काठमाडौं । फिलिपिन्समा शुक्रबार तालिमका क्रममा वायुसेनाका दुईवटा विमान एक-आपसमा ठोक्किएका छन्। यस दुर्घटनामा दुवै विमानमा सवार चा...
पाकिस्तानमा २०० वर्ष पुरानो रामलीला मन्दिर भत्काउने प्रयासप्रति विश्व हिन्दु परिषद् नेपालको कडा आपत्ति

पाकिस्तानमा २०० वर्ष पुरानो रामलीला मन्दिर भत्काउने प्रयासप्रति विश्व हिन्दु परिषद् नेपालको कडा आपत्ति

काठमाडौँ, । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तस्थित डेरा इस्माइल खान जिल्लामा रहेको करिब २०० वर्ष पुरानो ऐतिहासिक रामलीला मन्दिर...