Skip to main content

नयाँ तृष्णा

प्रतिपक्षको नाराबाजीले बागमती प्रदेश सभा बैठक स्थगन

Advertisement

असार ६, बागमती प्रदेश सरकारको प्रतिपक्ष दलले बागमती प्रदेशसभा बैठक अवरोध गरेका छन्। बिहीबार बसेको प्रदेश सभा बैठकमा प्रतिपक्षी दलहरुले बजेट पुनः लेखनको माग गर्दै संसद् अवरुद्ध गरेका हुन्।

प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट सन्तुलित नभएको र आय-व्ययको विवरण नै नमिलेको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राप्रपाका सांसदहरूले विरोध गरेका हुन्। उनीहरूले संसद् बैठकमा नाराबाजीसमेत गरेका छन्।

सांसदहरूले ‘बजेट पुनः लेखन गर, बजेट सन्तुलित बजेट गर, बजेटलाई समावेशी गर, बजेटमा आर्थिक अराजकता गर्न पाइँदैन’जस्ता नारा लगाएका थिए।

प्रदेश सभा सभामुख भुवन कुमार पाठकले पटकपटक सांसदहरुलाई आसन ग्रहण गर्न रुलिङ गरे पनि प्रतिपक्षी दलहरुले नाराबाजी गर्न नछाडेपछि प्रदेश सभा बैठक आज दिउँसो ३ बजेसम्मका लागि स्थगन गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

भारतबाट उद्धार भएका चार नेपाली बालबालिका परिवारसँग पुनर्मिलन

भारतबाट उद्धार भएका चार नेपाली बालबालिका परिवारसँग पुनर्मिलन

  काँकरभिट्टा । भारतका विभिन्न संरक्षण गृहमा रहेका चार जना नेपाली बालबालिकालाई सुरक्षित रूपमा स्वदेश फिर्ता ल्याई परिवारसँ...
महोत्तरीमा विद्यालय बस दुर्घटना, ५ बालबालिकासहित ६ जना घाइते

महोत्तरीमा विद्यालय बस दुर्घटना, ५ बालबालिकासहित ६ जना घाइते

  महोत्तरीको गौशाला नगरपालिका– ९, डुमरवानास्थित भित्री सडकखण्डमा मंगलबार बिहान स्कुलबस दुर्घटना हुँदा चालकसहित ६ जना घाइते...
विराटनगरमा शेरधनले बोलाए मुख्यमन्त्रीसहित प्रदेश सांसदहरूलाई छलफलमा

विराटनगरमा शेरधनले बोलाए मुख्यमन्त्रीसहित प्रदेश सांसदहरूलाई छलफलमा

विराटनगर । नेकपा एमालेका कोशी प्रदेश इन्चार्ज शेरधन राईले प्रदेशका सांसदहरुलाई छलफलमा बोलाएका छन्। ...
सिन्धुली कार दुर्घटना : चालकसहित ३ जना सुनकोशी नदीमा बेपत्ता

सिन्धुली कार दुर्घटना : चालकसहित ३ जना सुनकोशी नदीमा बेपत्ता

  काठमाडौं । सिन्धुलीस्थित मध्यपहाडी राजमार्गबाट सुकोशी नदीमा कार खस्दा तीन जना बेपत्ता भएका छन् । बेपत्ता हुनेहरूमा नाम नख...