नयाँ तृष्णा

‘बोक्सीको घर’को ५१ दिनको ‘सेलिब्रेसन’ अस्ट्रेलियामा

Advertisement

काठमाडौं ।  केकी अधिकारीको निर्माण रहेको फिल्म ‘बोक्सीको घर’ले आइतबार रञ्जना सिनेप्लेक्समा ५१ दिन मनायो ।

यसअवधिमा फिल्मले घरेलु बजारमा १० करोडभन्दा बढीको व्यापार गरेको निर्माण पक्षको दाबी छ । फिल्ममा मुख्य कलाकारसमेत रहेकी केकीले ५१ दिनको खुसीयाली अस्ट्रेलियामा मनाएकी छन् ।

फिल्म प्रदर्शनको क्रममा विदेशमा रहेकी केकीले उतै नेपाली दर्शकसँग खुसी साटेकी हुन् । एडिलेडको एक हलमा आइतबार आयोजित कार्यक्रममा उनले केक काटेकी थिइन् ।

उनको यो फिल्म अहिले अस्ट्रेलियामा प्रदर्शनरत छ । यो फिल्म गत वैशाख १४ गते प्रदर्शनमा आएको थियो ।

यसको मुख्य भूमिकामा केकीसहित स्वेच्छा राउत र बालकलाकार सुपला भट्टराई छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

नयाँ वर्ष २०८३ को अवसरमा जागृत बाल उद्धार केन्द्रद्वारा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

नयाँ वर्ष २०८३ को अवसरमा जागृत बाल उद्धार केन्द्रद्वारा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

मेचीनगर ।  झापाको मेचीनगर नगरपालिका वडा नं. ७ स्थित काँकरभिट्टामा रहेको जागृत बाल उद्धार केन्द्रले नयाँ वर्ष २०८३ ...
प्रधानमन्त्री शाहको सम्पत्ति विवरण सार्वजनिक: बैंकमा १ करोड ४६ लाख

प्रधानमन्त्री शाहको सम्पत्ति विवरण सार्वजनिक: बैंकमा १ करोड ४६ लाख

२९ चैत्र २०८२, आईतवार, काठमाडौँ। प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति विवरण सार्वजनिक भएको छ । आइतबार सार्वजनिक सम्पत्ति विवरणअ...
जलथललाई हराउँदै आदर्श युवा क्लब क्वाटरफाइनलमा

जलथललाई हराउँदै आदर्श युवा क्लब क्वाटरफाइनलमा

झापा । आदर्श युवा क्लब बुधबारे नकलबन्दामा जारी तेस्रो जिल्ला स्तरीय नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । आइ...
गृहमन्त्री सुधन गुरुङको ४ करोड ३१ लाखको शेयर, कहाँ कति ?

गृहमन्त्री सुधन गुरुङको ४ करोड ३१ लाखको शेयर, कहाँ कति ?

२९ चैत, काठमाडौं । गृहमन्त्री सुधन गुरुङको शेयर मार्केटमा ४ करोड ३१ लाख बढी लगानी देखिएको छ । आइतबार साँझ प्रधानमन्त्री तथा मन्त्...