नयाँ तृष्णा

‘मायाका रंगहरु’मा पलसँग भिड्दै मनिष

Advertisement

असार ४ , काठमाडौं । केवल तामाङको निर्देशनमा बन्न लागेको फिल्म ‘मायाका रंगहरु’मा कलाकारको ‘लाइनअप’ रोचक बनिरहेको छ । अभिनेता पल शाहको मुख्य भूमिका रहने फिल्ममा सुनिल थापा, पदम तामाङ, बुद्धि तामाङ जस्ता कलाकारहरु भित्रिसकेका छन् ।

यसैक्रममा ‘प्रेमगीत ३’का अभिनेता मनिष राउतको पनि फिल्ममा प्रवेश भएको छ । यसमा उनी भिलेनको भूमिकामा देखिने जनाइएको छ ।

‘प्रेमगीत ३’मा पनि उनी नकारात्मक भूमिकामा देखिएका थिए । यो उनको डेब्यु फिल्म थियो । अस्कर कलेजमा अभिनय सिकेका उनले डेब्यु अगावै दर्जनौं सर्ट फिल्ममा अभिनय गरिसकेका थिए ।

उनले केही म्यूजिक भिडियोमा पनि काम गरेका छन् । उनको केमियो भूमिका रहेको फिल्म ‘खजुरे ब्रो’ गत बैशाखमा आएको थियो । उनी ‘मायाका रंगहरु’लाई लिएर उत्साहित देखिएका छन् ।

त्रिकोणात्मक प्रेमकथामा बन्न लागेको फिल्मको निर्माता आरबी थाङ्देन हुन् भने सह-निर्मातामा जनिश न्यौपाने र दीपेन्द्र चिलवाल छन् ।

पुनम तामाङको प्रस्तुति रहेको फिल्ममा शेखर ज्ञवालीको कथा लेखन छ भने सौरभ लामाको छायांकन, तारा प्रकाश लिम्बु, उर्गेन दोङ, मेचु धिमाल र दीपक शर्माको संगीत तथा रामजी लामिछाने, सुष्मा सोनम र कृष्ण तामाङको कोरियोग्राफी रहनेछ ।

फिल्मीखबर,
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

नेकपा एमालेको जनजागरण सभा बिर्तामोडमा सम्पन्न

नेकपा एमालेको जनजागरण सभा बिर्तामोडमा सम्पन्न

२९ कार्तिक २०८२, शनिबार, झापाको बिर्तामोडमा आयोजित नेकपा एमालेको जनजागरण सभा सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रममा नेकपा एमाल...
अलपत्रबाट आशातर्फ : मेचीनगरको ‘बहुआयामिक सांस्कृतिक संग्रहालय’ अब सञ्चालनको तयारीमा

अलपत्रबाट आशातर्फ : मेचीनगरको ‘बहुआयामिक सांस्कृतिक संग्रहालय’ अब सञ्चालनको तयारीमा

  २८ कार्तिक २०८२, शुक्रबार, वर्षौंसम्म अलपत्र पर्दै आएको ‘पूर्वको पहिलो बहुआयामिक सांस्कृतिक संग्रहालय’ सञ्चालनमा ल्या...
“Inter-Church 5A Futsal Tournament” Concludes Successfully in Birtamod

“Inter-Church 5A Futsal Tournament” Concludes Successfully in Birtamod

Organized by Shalom Events Nepal | Powered by SDA Church Nepal | Main Sponsor: United Citizens Party, Kathmandu Birtamod, Jhapa —...
बिर्तामोडमा फुटसल प्रतियोगिता सम्पन्न

बिर्तामोडमा फुटसल प्रतियोगिता सम्पन्न

२४ कार्तिक २०८२, सोमबार, झापा, बिर्तामोड । झापाको बिर्तामोडमा ईसाई मण्डलीहरूले आयोजना गरेको फुटसल टुर्नामेन्ट सफलतापूर्व...